यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बंधक
भजनसंग्रह 73 : 1 – 28
1 आसापको भजन [1] साँच्चै नै इस्राएलको निम्ति परमेश्वर भला हुनुहुन्छ, तिनीहरूका निम्ति जसको हृदय शुद्ध छ।
2 तर मेरा खुट्टा प्राय: चिप्लन लागेका थिए। मैले मेरो टेक्ने आधार हराउन लागेको थिएँ।
3 किनकि दुष्टहरूको उन्नति देखेर ती अहङ्कारीहरूको म डाह गर्दथें।
4 तिनीहरूलाई कठिनाइ छैन, तिनीहरूका शरीर स्वस्थ र बलिया छन्।
5 अरू मानिसहरूझैँ तिनीहरू कष्टमा हुँदैनन्, तिनीहरूमाथि मानव खराबी आइलाग्दैनन्।
6 यसकारण अहङ्कार तिनीहरूको सिक्री हुन्छ, र तिनीहरू हिंसाको वस्त्र लाउँछन्।
7 तिनीहरूका निष्ठुर हृदयबाट दुष्टता निस्कन्छ, तिनीहरूका मनको दुष्ट अहङ्कारको सीमा छैन।
8 तिनीहरू ठट्टा गर्छन्, अनि डाहका कुरा गर्छन्, र आफ्नो अहङ्कारमा अत्याचार गर्ने धम्की दिन्छन्।
9 तिनीहरूका मुखले स्वर्गकै दाबी गर्छन्, र तिनीहरूका जिब्राले पृथ्वीलाई अधिकार गर्छन्।
10 यसकारण तिनीहरूका मानिसहरू तिनीहरूतर्फ फर्कन्छन्, र प्रशस्त पानी पिउँछन्।
11 तिनीहरू भन्छन्, “परमेश्वरले कसरी जान्नुहुन्छ र? के सर्वोच्चमा ज्ञान छ र?”
12 हेर, दुष्टहरू यस्ता छन्। सधैँ निश्चिन्त, तिनीहरू धन बढ़ाउँछन्।
13 निश्चय मैले व्यर्थमा आफ्नो हृदय शुद्ध राखेको छु, र निर्दोषतामा आफ्नो हात धोएको छु।
14 दिनभरि मैले आपत्ति भोगेको छु, र प्रत्येक बिहान मैले दण्ड भोग्नुपरेको छ।
15 यदि “म यसै भन्नेछु” भनी मैले भनेको भए त, मैले तपाईंका सन्तानलाई विश्वासघात गर्नेथिएँ।
16 जब मैले यी सबै बुझ्ने कोसिस गरें, यो मेरो निम्ति अति गह्रौँ भयो,
17 जबसम्म म परमेश्वरको पवित्रस्थानमा पसिनँ। तब मात्र मैले तिनीहरूको अन्तिम अवस्था बुझें।
18 निश्चय तपाईंले तिनीहरूलाई चिप्ला ठाउँहरूमा राख्नुहुन्छ, तपाईंले तिनीहरूलाई सर्वनाशमा फालिदिनुहुन्छ।
19 तिनीहरू कति अचानक नष्ट हुन्छन्, त्रासले तिनीहरू पूर्णत: बगाइए!
20 तिनीहरू बिहान बिउँझँदा सपनाजस्तै टलिजान्छन्। हे परमप्रभु, तपाईं बिउँझँदा तिनीहरूलाई कल्पनाझैँ तुच्छ ठान्नुहुन्छ।
21 जब मेरो हृदय दु:खित भएको थियो, र मेरो मुटुमा तीतोपन थियो,
22 म यस्तो बेवकूफ र अबोध थिएँ, तपाईंको सामु म पशुतुल्य थिएँ।
23 तैपनि म निरन्तर तपाईंसँगै छु, तपाईंले मेरो दाहिने हात थाम्नुभएको छ।
24 आफ्नै सल्लाहमा तपाईंले मलाई डोर्याउनुहुन्छ, र पछि मलाई महिमामा लानुहुनेछ।
25 स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? र पृथ्वीमा पनि मैले चाहना गर्ने तपाईंबाहेक अरू केही छैन।
26 मेरो तन र मन दुवै विफल होलान्, तर परमेश्वर सदासर्वदाको निम्ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्छ।
27 तपाईंबाट टाढ़ा रहनेहरू नष्ट हुनेछन्, तपाईंलाई विश्वासघात गर्ने सबैलाई तपाईं विनाश गर्नुहुन्छ।
28 तर मेरो लागि भने परमेश्वरको नजिक रहनु असल छ। मैले परमप्रभु परमेश्वरलाई मेरो शरणस्थान बनाएको छु, म तपाईंका सबै कार्यहरूको वर्णन गर्नेछु।
१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।
फिलिप्पी 4 : 19
19 मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।
हितोपदेश 28 : 22
22 कन्जुस मानिस धनी हुने लालसा गर्छ, र दरिद्रताले त्यसलाई प्रतीक्षा गरिराखेको छ भन्ने त्यसलाई थाहै हुँदैन।
Leave a Reply