फोर्ट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फोर्ट

व्यवस्था 20 : 20
20 तर फल दिने रूख होइन रहेछ भनेर थाहा पाएपछि मात्र तिमीहरूले ती रूख ढाल्‍न सक्‍छौ। तिमीहरूसित युद्ध गर्ने सहर परास्‍त नभएसम्‍म घेरा हाल्‍ने काममा ती प्रयोग गर्न सक्‍छौ।

२ राजाहरू 25 : 1
1 यसैले सिदकियाहका शासनको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्‍नो सबै सेनाको साथ यरूशलेमको विरुद्धमा अगि बढ़े, र त्‍यसको वरिपरि घेरा-मचान खड़ा गरे।

इजकिएल 4 : 2
2 तब त्‍यसका चारैतिर घेरा हाल्‌। त्‍यसको विरुद्धमा घेरा-मचान बना, र त्‍यसको सामुन्‍ने छाउनी लगा, र वरिपरि त्‍यसलाई भत्‍काउने मूढ़ाहरू राख्‌।

इजकिएल 17 : 17
17 फारोको शक्तिशाली सेना र ठूलो दलले लड़ाइँमा त्‍यसलाई सहायता गर्न सक्‍नेछैन, जब धेरै मानिसहरूलाई नाश गर्न भनी ठूला-ठूला घेरा-मचान तयार गरिन्‍छन्‌ र घेरा हाल्‍नलाई पर्खालहरू बनाइन्‍छन्‌।

इजकिएल 26 : 8
8 त्‍यसले देशका बस्‍ती-बस्‍तीमा बस्‍ने मानिसहरूलाई तरवारले मार्नेछ। त्‍यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, तेरा पर्खालहरूमा आड़ लाग्‍ने किल्‍ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ।

२ इतिहास 26 : 15
15 धरहरा र बुर्जाहरूमा प्रयोग गर्न कारीगरहरूले बनाएका काँड़हरू र ठूला-ठूला ढुङ्गा हान्‍ने यन्‍त्रहरू यरूशलेममा तिनले तयार पारे। तिनलाई यस्‍तो आश्‍चर्यको सामान मिलेको कारण तिनको ख्‍याति चारैतिर फैलिएको थियो। यसले गर्दा तिनी ज्‍यादै शक्तिशाली भए।

२ इतिहास 26 : 10
10 तिनले उजाड़-स्‍थानमा अरू धरहराहरू बनाए, र तिनले पहाड़ र बेँसी दुवैमा तिनका गाईबस्‍तुका धेरै बथान भएको कारण धेरै कूवाहरू खने। पहाड़ र मधेसमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनभने तिनी खेतीपातीमा ध्‍यान दिन्‍थे।

यशैया 5 : 2
2 तिनले त्‍यो खने र त्‍यसका ढुङ्गाहरू टिपेर फ्‍याँके, र त्‍यसमा तिनले सबैभन्‍दा असल दाख रोपे। त्‍यसको माझमा तिनले एउटा मचान बनाए र त्‍यहाँ तिनले एउटा कोल पनि खोपे। तब असल दाख फल्‍छ कि भनेर तिनले आशा गर्न लागे, तर त्‍यसमा खराब दाख पो फल्‍यो।

मत्ती 21 : 33
33 “अर्को दृष्‍टान्‍त सुन। कोही एक जना गृहस्‍थी थिए, जसले एउटा दाखबारी लगाए, र त्‍यसको वरिपरि बार लगाएर त्‍यहाँ दाख पेल्‍ने एउटा कोल राखे, र एउटा मचान बनाए। तब मोहीहरूलाई त्‍यसको ठेक्‍का दिई उनी परदेश लागे।

मर्कूस 12 : 1
1 उहाँले तिनीहरूलाई दृष्‍टान्‍तहरूमा भन्‍न लाग्‍नुभयो: “एक जना मानिसले दाखबारी लगाएर त्‍यसको वरिपरि बार लगाए, र कोलको निम्‍ति एउटा खाल्‍डो खने। अनि एउटा मचान बनाएर तिनले दाखबारी मोहीहरूलाई कमाउन दिए, र आफूचाहिँ परदेश लागे।

लूका 20 : 9
9 उहाँले मानिसहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो: “एक जना मानिसले दाखबारी लगाए, र मोहीहरूलाई दिएर धेरै दिनका निम्‍ति परदेश गए।

न्यायकर्ताहरू 6 : 2
2 मिद्यानीहरूको शक्ति यति अत्‍याचारी थियो कि इस्राएलीहरूलाई पहाड़का ओड़ार, गुफा र सुरक्षित ठाउँहरूमा गएर बस्‍न करै लाग्‍यो।

१ शमूएल 23 : 29
29 त्‍यहाँबाट दाऊद उक्‍लेर एन-गदीका गढ़ीहरूमा बस्‍न लागे।

यशैया 33 : 16
16 त्‍यही मानिस उच्‍चमा बस्‍नेछ, जसको शरणस्‍थान पहाड़को किल्‍ला हुनेछ। त्‍यसको भोजन त्‍यसलाई दिइनेछ र त्‍यसलाई पानीले धोका दिनेछैन।

२ शमूएल 22 : 3
3 मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्‍छ, जसमा म शरण लिन्‍छु। उहाँ मेरो ढाल, मेरा शक्तिशाली उद्धारक, मेरो गढ़, मेरो शरणस्‍थान र मेरा उद्धारकर्ता हुनुहुन्‍छ। तपाईं मलाई हिंसात्‍मक मान्‍छेबाट बचाउनुहुन्‍छ।

२ शमूएल 22 : 47
47 “परमप्रभु जीवित हुनुहुन्‍छ! मेरो चट्टानको स्‍तुति-प्रशंसा होस्‌! परमेश्‍वर मेरा चट्टान, मेरा उद्धारक उच्‍च होऊन्‌।

भजनसंग्रह 18 : 2
2 परमप्रभु मेरो चट्टान, मेरो किल्‍ला र मेरा उद्धारक हुनुहुन्‍छ। मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्‍छ, जसमा म शरण लिन्‍छु। उहाँ मेरो ढाल, र मेरा शक्तिशाली उद्धारक हुनुहुन्‍छ, मेरो गढ़।

भजनसंग्रह 31 : 3
3 मेरो चट्टान र गढ़ तपाईं नै हुनुहुन्‍छ, यसैकारण तपाईंकै नाउँको खातिर मलाई डोर्‍याउनुहोस्‌।

भजनसंग्रह 71 : 3
3 मेरो निम्‍ति आश्रयको चट्टान बन्‍नुहोस्‌, जहाँ म सधैँ जान सक्‍छु। मलाई बचाउन आज्ञा दिनुहोस्‌, किनकि तपाईं मेरो चट्टान र मेरो किल्‍ला हुनुहुन्‍छ।

भजनसंग्रह 91 : 2
2 परमप्रभुको बारेमा म भन्‍नेछु, “उहाँ मेरो शरणस्‍थान र किल्‍ला हुनुहुन्‍छ, मेरा परमेश्‍वर, जसमाथि म भरोसा राख्‍तछु।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *