फोकस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फोकस

फिलिप्पी 3 : 12 – 14
12 मैले यी सबै अघिबाटै प्राप्‍त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्‍ति म अघि बढ़िरहेको छु जुन कुराको निम्‍ति ख्रीष्‍टले मलाई पक्रनुभयो!
13 भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्‍दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्‍कँदै
14 ख्रीष्‍ट येशूमा परमेश्‍वरको स्‍वर्गीय बोलावटमा पाइने पुरस्‍कारको निम्‍ति निशानातिर म जोड़सँग अगि बढ्‌दछु।

मत्ती 24 : 13
13 तर आखिरसम्‍म स्‍थिर रहनेचाहिँ बचाइनेछ।

हितोपदेश 16 : 3
3 तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्‍पिदे, र तेरा योजनाहरू सफल हुनेछन्‌।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

रोमी 12 : 21
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।

हिब्रू 12 : 1 – 2
1 यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाएर हाम्रा सामुन्‍ने राखिदिएको दौड धैर्यसाथ दौडौं।
2 हाम्रा विश्‍वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्‍ने राखिदिएका आनन्‍दको निम्‍ति अपमानलाई केहीजस्‍तो नठानी क्रूसको कष्‍ट भोग्‍नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ।

लूका 10 : 41 – 42
41 तर येशूले जवाफ दिएर तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्‍ता गर्छ्यौ, र व्‍याकुल हुन्‍छ्यौ।
42 तर आवश्‍यकता एउटै कुराको छ, त्‍यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन।”

मत्ती 7 : 13 – 14
13 “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो सजिलो हुन्‍छ, र यसबाट भित्र पस्‍नेहरू धेरै हुन्‍छन्‌।
14 किनभने जीवनमा पुर्‍याउने ढोका साँघुरो हुन्‍छ र बाटो कठिन हुन्‍छ, जसले चाहिँ जीवनमा पुर्‍याउँछ, र त्‍यो भेट्टाउने थोरै नै हुन्‍छन्‌।

नहेम्‍याह 6 : 3
3 यसैकारण मैले यस्‍तो जवाफ दिएर समाचार पठाएँ, “अहिले मेरो हातमा ठूलो योजना छ। म त्‍यहाँ आउन सक्‍दिनँ। काम छोड़ी तिमीहरूकहाँ आएर यो काम किन रोकिने?”

रोमी 13 : 11
11 यसबाहेक यो वर्तमान समय कस्‍तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्‍यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्ति अझ नजिक छ।

एफिसी 4 : 29
29 तिमीहरूका मुखबाट कुवाक्‍य ननिस्‍कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्‍ने गर, जसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।

१ कोरिन्थी 13 : 4 – 5
4 प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।

लूका 21 : 36
36 तर आइपर्ने यी सबै कुराहरूबाट उम्‍कन र मानिसको पुत्रको सामुन्‍ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।”

मत्ती 24 : 42
42 “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ।

प्रेरित 3 : 19 – 21
19 यसकारण पश्‍चात्ताप गर्नुहोस्‌ र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्‍थितिबाट आनन्‍दको समय आओस्,
20 र उहाँले तपाईंहरूका निम्‍ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्‍ट, अर्थात्‌ येशूलाई पठाइदिनुहुन्‍छ।
21 परमेश्‍वरले प्राचीन कालदेखि आफ्‍ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्‍नुभएका सबै थोकको पुनर्स्‍थापना हुने समय नआउञ्‍जेल ख्रीष्‍ट स्‍वर्गमा अवश्‍य रहनुपर्छ।

रोमी 15 : 4
4 अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्‍ति लेखिएका थिए, यस उद्देश्‍यले कि पवित्र-शास्‍त्रबाट आउने स्‍थिरता र उत्‍साहद्वारा हामी आशा प्राप्‍त गर्न सकौं।

फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

१ कोरिन्थी 2 : 14
14 जो मानिस आत्‍मिक छैन, त्‍यसले परमेश्‍वरका आत्‍माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्‍यसको निम्‍ति मूर्खता हुन्‍छन्, र त्‍यसले ती बुझ्‍न सक्‍दैन, किनकि ती कुराहरू आत्‍मिक रीतिले मात्र चिन्‍न सकिन्‍छ।

मत्ती 24 : 44
44 यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *