यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फीनहास
प्रस्थान 6 : 25
25 हारूनका छोरा एलाजारले पतीएलकी छोरीहरूमध्ये एउटीलाई विवाह गरे, र तिनले उनीबाट पीनहासलाई जन्माइन्। लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्।
१ इतिहास 6 : 4
4 एलाजार पीनहासका पिता थिए, पीनहास अबीशूका पिता थिए,
१ इतिहास 6 : 50
50 हारूनका सन्तान यी नै हुन्: आफ्ना छोरा एलाजार, तिनका छोरा पीनहास, तिनका छोरा अबीशू,
गन्ती 25 : 15
15 त्यो मारिने मिद्यानी आइमाईको नाउँचाहिँ कोजबी थियो, जो मिद्यानको एक घरानाका मुखिया सूरकी छोरी थिई।
भजनसंग्रह 106 : 30
30 तर पीनहास उठेर मध्यस्थता गरे, र यसैले रूढ़ी थामियो।
१ इतिहास 9 : 20
20 उहिलेका समयमा एलाजारका छोरा पीनहास तिनीहरूका हेर-विचार गर्ने मुख्य कर्मचारी थिए, अनि परमप्रभु तिनीसँग हुनुहुन्थ्यो।
गन्ती 31 : 6
6 मोशाले हरेक कुलबाट एक-एक हजारलाई युद्धमा पठाए, अनि तिनीहरूका साथमा एलाजार पूजाहारीका छोरा पीनहासलाई पनि पवित्रस्थानका पात्रहरू र रण-ध्वनिका तुरहीहरूको जिम्मा लाएर पठाए।
यहोशू 22 : 32
32 तब एलाजार पूजाहारीका छोरा पीनहास र ती कुलनायकहरू गिलाद देशका रूबेनी र गादीहरूबाट कनान देशमा इस्राएलीहरूकहाँ फर्के, र तिनीहरूलाई सारा वृत्तान्त सुनाए।
यहोशू 24 : 33
33 अनि हारूनका छोरा एलाजार पनि मरे, र तिनका छोरा पीनहासलाई एफ्राइमको पहाड़ी देशमा दिइएको गिबामा तिनीहरूले तिनलाई गाड़े।
न्यायकर्ताहरू 20 : 28
28 र हारूनका छोरा एलाजारका छोरा पीनहासले त्यसको सामु सेवा गर्दथे। अनि इस्राएलीहरूले परमप्रभुसँग सोधे, “के हामी हाम्रा भाइ बेन्यामीनको विरुद्धमा लड़ाइँ गर्नलाई फेरि जाऔं कि नजाऔं?” परमप्रभुले जवाफ दिनुभयो, “त्यसलाई आक्रमण गर। भोलि म त्यसलाई तिमीहरूका हातमा सुम्पिदिनेछु।”
Leave a Reply