फिर्ता लड्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फिर्ता लड्दै

उपदेशक 3 : 8
8 प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, र मेलमिलाप गर्ने एउटा समय।

हितोपदेश 21 : 15
15 जब न्‍याय हुन्‍छ, धर्मीहरू हर्षित हुन्‍छन्, तर कुकर्मीहरू भने त्रासित हुन्‍छन्‌।

भजनसंग्रह 144 : 1
1 दाऊदको भजन [1] मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्‌, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्‍छ।

फिलिप्पी 3 : 2
2 कुकुरहरूदेखि होशियार बस, खराब काम गर्नेहरूदेखि होशियार बस, अङ्ग-कटाइ गर्नेहरूदेखि होशियार बस।

१ यूहन्‍ना 1 : 9
9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।

१ थेसलोनिकी 5 : 22
22 सबै किसिमका खराबीबाट अलग बस।

याकूब 2 : 19
19 तिमीहरू विश्‍वास गर्दछौ कि परमेश्‍वर एउटै हुनुहुन्‍छ। त्‍यो असल हो। भूतात्‍माहरू पनि विश्‍वास गर्छन्‌ र थरथर काम्‍छन्‌।

मत्ती 5 : 22
22 तर म तिमीहरूलाई भन्‍दछु, जो कोही आफ्‍नो भाइसँग क्रोध गर्दछ त्‍यो दण्‍डको योग्‍य हुनेछ, र जसले आफ्‍नो भाइको अपमान गर्दछ, त्‍यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्‍नो भाइलाई ‘तँ मूर्ख’ भन्‍छ, त्‍यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ।

रोमी 13 : 4
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।

यूहन्‍ना 16 : 33
33 मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्‍ति होस्‌। संसारमा तिमीहरूलाई सङ्कष्‍ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।”

रोमी 10 : 13
13 किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”

प्रकाश 19 : 11 – 21
11 मैले स्‍वर्ग उघ्रेको देखें र त्‍यहाँ एउटा सेतो घोडा थियो। त्‍यसमाथि सवार हुनुहुने “विश्‍वासयोग्‍य” र “सत्‍य” कहलाइनुहुन्‍छ। धार्मिकतामा उहाँले इन्‍साफ र युद्ध गर्नुहुन्‍छ।
12 उहाँका आँखा आगोका ज्‍वालाजस्‍ता थिए, र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन।
13 उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्‍वरको वचन” थियो।
14 स्‍वर्गका सेनाहरू सेता र स्‍वच्‍छ मलमलका वस्‍त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे।
15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्‍कन्‍छ, र उहाँले फलामको डन्‍डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमेश्‍वरका क्रोधको दाख-कुण्‍ड उहाँले कुल्‍चनुहुन्‍छ।
16 उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ।
17 तब मैले एउटा स्‍वर्गदूत सूर्यमा उभिरहेका देखें। तिनले मध्‍य आकाशमा उड्‌ने सबै पक्षीहरूलाई चर्को सोरले यसो भने, “आओ, परमेश्‍वरको ठूलो भोजमा भेला होओ।
18 तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू र तीमाथि सवार हुनेहरू, फुक्‍का र कमारा-कमारीहरू, ठूला र साना सबैको मासु खानेछौ।”
19 अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरुद्धमा युद्ध गर्न त्‍यो पशु र पृथ्‍वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखें।
20 तब त्‍यो पशु र त्‍यसको उपस्‍थितिमा अचम्‍म काम गर्ने झूटो अगमवक्ता दुवै पक्राउ परे। यी अचम्‍मका कामहरूद्वारा त्‍यस झूटो अगमवक्ताले त्‍यस पशुको छाप लिने र त्‍यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्‍धकको अग्‍नि-कुण्‍डमा जिउँदै फालिए।
21 बाँकी रहेकाहरूचाहिँ घोडामाथि सवार हुनुहुनेको मुखबाट निस्‍केको तरवारद्वारा मारिए, र सबै पक्षीहरूले तिनका मासु अघाउञ्‍जेल खाए।

२ कोरिन्थी 5 : 14
14 ख्रीष्‍टको प्रेमले हामीलाई बाध्‍य गराउँछ, किनभने हामीलाई यो निश्‍चय छ, कि सबैका निम्‍ति एक जना मर्नुभएको हुनाले सबै मरे।

याकूब 4 : 1 – 2
1 तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्‍याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन्‌ र?
2 तिमीहरू इच्‍छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्‍या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्‍दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्‍वरसँग माग्‍दैनौ।

१ तिमोथी 2 : 1 – 2
1 सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्‍ति नम्र-निवेदन, प्रार्थना र मध्‍यस्‍थ-बिन्‍ती र धन्‍यवाद चढ़ाइऊन्,
2 राजाहरू र सबै उच्‍च पदमा भएकाहरूका निम्‍ति पनि, ताकि हामी निर्धक्‍क र शान्‍तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *