फावडा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फावडा

प्रस्‍थान 27 : 3
3 त्‍यसका खरानी उठाउनका निम्‍ति भाँड़ाहरू, र बेल्‍चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्‍ने पात्रहरू बनाउनू— त्‍यसका सबै पात्रहरू काँसाका होऊन्‌।

प्रस्‍थान 38 : 3
3 तिनले वेदीका सबै पात्रहरू— भाँड़ाहरू, बेल्‍चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्‍ने पात्रहरू— काँसाका बनाए।

गन्ती 4 : 14
14 त्‍यसमाथि तिनीहरूले वेदीको सेवा गर्दा प्रयोग गर्ने सबै भाँड़ाहरू, अर्थात्‌ आगो राख्‍ने पात्रहरू, मासु उठाउने काँटाहरू, बेल्‍चाहरू, छर्कने बाटाहरू र वेदीका सबै भाँड़ाकुँड़ाहरू राखिदेऊन्, र त्‍यसमाथि तिनीहरूले सीलको छाला ओछ्याएर त्‍यसका डन्‍डीहरू आफ्‍ना स्‍थानमा राखून्‌।

१ राजाहरू 7 : 40
40 तिनले बाटा र बेल्‍चाहरू र अरू विशेष छर्कने बाटाहरू बनाए। यसरी हुरामले परमप्रभुको मन्‍दिरमा सोलोमन राजाको लागि आफ्‍नो जिम्‍मामा लिएका सबै काम सिद्ध्याए:

यर्मिया 52 : 18
18 उनीहरूले भाँड़ाहरू, बेल्‍चाहरू, सलेदाका चिम्‍टाहरू, छर्कने बाटाहरू, सिट्ठी काट्‌ने कैँची, पानीको बाटा कचौराहरू र मन्‍दिरको सेवामा चलाइने सबै काँसाका सरसामानहरू लगे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *