फलाम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फलाम

उत्‍पत्ति 4 : 22
22 सिल्‍लाले तूबल-कयिनलाई जन्‍माइन्‌। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्‌।

व्यवस्था 8 : 9
9 त्‍यस देशमा तिमीहरूलाई अन्‍नको अभाव हुनेछैन। त्‍यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्‍यस देशमा ढुङ्गाहरू फलामका छन्, र त्‍यहाँका पहाड़बाट तिमीहरूले तामा निकाल्‍नेछौ।

अय्‍यूब 28 : 2
2 जमिनबाट फलाम निकाल्‍ने स्‍थानहरू छन्‌ र काँचो धातु गलाएर तामा निकालिन्‍छ।

इजकिएल 22 : 20
20 आगो हुरुरुरु पारेर गलाउनलाई जसरी मानिसहरू चाँदी, तामा, फलाम, सीसा र जस्‍ता भट्टीमा जम्‍मा गर्दछन्, त्‍यसरी नै म पनि मेरो रीस र मेरो क्रोधमा तिमीहरूलाई जम्‍मा गर्नेछु, र तिमीहरूलाई त्‍यहाँ सहरभित्रै हालेर गाल्‍नेछु।

१ इतिहास 22 : 3
3 तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्‍ति धेरै फलाम दिए, र काँसा जोखी नसक्‍ने गरी पनि दिए।

१ इतिहास 29 : 2
2 मेरा सबै बलले भ्‍याएसम्‍म मैले मेरा परमेश्‍वरका मन्‍दिरको लागि सुनका कामको निम्‍ति सुन, चाँदीका कामको निम्‍ति चाँदी, काँसाको निम्‍ति काँसा, फलामको निम्‍ति फलाम, काठको निम्‍ति काठ, र मणिघरको निम्‍ति आनिक्‍स, फिरोजा, विभिन्‍न रङ्गका पत्‍थरहरू, र सबै किसिमका दामी-दामी ढुङ्गाहरू प्रशस्‍त गरी तयार पारिराखेको छु।

१ इतिहास 29 : 7
7 राजीखुशीसित परमप्रभुको मन्‍दिरका कामको निम्‍ति एक सय सत्तरी टन र असी किलोग्राम सुन, तीन सय चालीस टन चाँदी, छ सय टन काँसो र साढ़े तीन हजार टन फलाम दिए।

२ राजाहरू 6 : 6
6 ती परमेश्‍वरका जनले सोधे, “त्‍यो कहाँ खस्‍यो?” जब उनले तिनलाई यो ठाउँ देखाइदिए, तब एलीशाले एउटा लट्ठी काटेर त्‍यहाँ हालिदिए, र त्‍यो बन्‍चरो माथि उत्रँदै निस्‍क्‍यो।

२ इतिहास 18 : 10
10 केनानका छोरा सिदकियाहले चाहिँ फलामका सीङहरू बनाएका थिए, र तिनले यसो भनेर घोषणा गरे, “परमप्रभु यही भन्‍नुहुन्‍छ: ‘यी सीङहरूद्वारा तपाईंहरूले अरामीहरूलाई जबसम्‍म उनीहरू नष्‍ट हुँदैनन्‌ तबसम्‍म हान्‍नुहुनेछ’।”

उपदेशक 10 : 10
10 बन्‍चरो बोधो छ र त्‍यो उध्‍याएको छैन भने ज्‍यादै बल प्रयोग गर्नुपर्छ, तर सीपले सफलता ल्‍याउँछ।

यशैया 10 : 34
34 उहाँले वनका झाड़ीहरूलाई बन्‍चरोले काट्‌नुहुनेछ, र पराक्रमी जनको सामुन्‍ने लेबनान ढल्‍नेछ।

व्यवस्था 3 : 11
11 (रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित थिए। उनको पलङ्ग फलामको थियो। यो पलङ्ग अझसम्‍म अम्‍मोनीहरूको सहर रब्‍बामा छ। हातको नापअनुसार यो नौ हात लामो र चार हात चौड़ा थियो।)

प्रकाश 9 : 9
9 अनि तिनीहरूका छातीका कवच फलामका थिए, र तिनीहरूका पखेटाको आवाज लड़ाइँमा दगुर्ने धेरै रथ र घोडाहरूको आवाजजस्‍तै थियो।

यहोशू 17 : 16
16 योसेफका सन्‍तानले भने, “पहाड़ी देशमा हामी अटाउँदैनौं। अनि बेथ-शान र त्‍यसका बस्‍तीहरूमा बस्‍नेहरूसँग र यिजरेलको बेँसीमा बस्‍ने सबै कनानीहरूसँग फलामका रथहरू छन्‌।”

यहोशू 17 : 18
18 तर पहाड़ी देशको जङ्गल पनि तिमीहरूकै हुन्‍छ। त्‍यसका रूखहरू फाँड़, र त्‍यहाँ आसपासका जमिन पनि तिमीहरूकै हुनेछ। ती कनानीहरूसँग फलामका रथहरू छन्‌ र तिनीहरू सामर्थी छन्‌ तापनि तिमीहरूले तिनीहरूलाई धपाउन सक्‍नेछौ।”

न्यायकर्ताहरू 1 : 19
19 परमप्रभु यहूदासँग हुनुहुन्‍थ्‍यो, र तिनीहरूले पहाड़ी देशमाथि अधिकार गरे। तर बेँसीका बासिन्‍दाहरूलाई तिनीहरूले धपाउन सकेनन्, किनभने उनीहरूका फलामका रथहरू थिए।

न्यायकर्ताहरू 4 : 3
3 इस्राएलीहरूले सहायताको निम्‍ति परमप्रभुलाई पुकारे, किनभने सीसराका फलामका नौ सय रथहरू थिए, र उनले इस्राएलीहरूलाई बीस वर्षसम्‍म क्रूरतापूर्वक सताए।

भजनसंग्रह 105 : 18
18 तिनको खुट्टामा तिनीहरूले नेल ठोकेर दु:ख दिए, र तिनको गलामा फलामको जन्‍जीर लगाइदिए,

भजनसंग्रह 107 : 10
10 कोही-कोही घोर अन्‍धकारमा बसे, कैदीहरू जो फलामका साङ्‌लाले बाँधिएर पीडामा थिए,

भजनसंग्रह 107 : 16
16 किनभने उहाँले काँसाका मूल ढोकाहरू तोडिदिनुहुन्‍छ, र फलामे आग्‍लाहरू छिनालिदिनुहुन्‍छ।

भजनसंग्रह 149 : 8
8 तिनीहरूका राजालाई साङ्‌लाले, र तिनीहरूका भारदारहरूलाई फलामे सिक्रीले बाँध्‍न सकून्‌,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *