फलहीनता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फलहीनता

यशैया 5 : 2
2 तिनले त्‍यो खने र त्‍यसका ढुङ्गाहरू टिपेर फ्‍याँके, र त्‍यसमा तिनले सबैभन्‍दा असल दाख रोपे। त्‍यसको माझमा तिनले एउटा मचान बनाए र त्‍यहाँ तिनले एउटा कोल पनि खोपे। तब असल दाख फल्‍छ कि भनेर तिनले आशा गर्न लागे, तर त्‍यसमा खराब दाख पो फल्‍यो।

मत्ती 3 : 10
10 अहिले नै रूखको फेदमा बन्‍चरो परिसकेको छ। यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिन्‍छ, र आगोमा फालिन्‍छ।

लूका 3 : 9
9 अहिले बन्‍चरो रूखहरूको जरामा परिसकेको छ, यसकारण असल फल नदिने हरेक रूख ढालिनेछ, र आगोमा फालिनेछ।”

मत्ती 7 : 19
19 असल फल नफलाउने हरेक रूख काटी ढालिन्‍छ, र आगोमा फालिन्‍छ।

मत्ती 13 : 7
7 अरूहरूचाहिँ काँढ़ाहरूका बीचमा परे, तर काँढ़ाहरू बढ़ेर आए र तिनलाई निसासिदिए।

मत्ती 21 : 20
20 यो देखेर चेलाहरूले अचम्‍म मानेर भने, “यो अञ्‍जीरको बोट कसरी तुरुन्‍तै ओइलाइहाल्‍यो?”

मर्कूस 11 : 13
13 अनि टाढ़ामा पातले भरिएको एउटा अञ्‍जीरको रूख देखेर कतै त्‍यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो, तर त्‍यहाँ पुग्‍नुभएपछि उहाँले रूखमा पातबाहेक केही पाउनुभएन, किनकि त्‍यस बेला अञ्‍जीरको फल फल्‍ने समय भएको थिएन।

लूका 13 : 9
9 र त्‍यसपछि फल फल्‍यो भने बेसै भयो, फलेन भने तपाईंले त्‍यसलाई ढालिदिनोस्‌’।”

यूहन्‍ना 15 : 2
2 ममा हुने प्रत्‍येक हाँगा जसले फल फलाउँदैन उहाँले त्‍यसलाई छाँट्‌नुहुन्‍छ र फल फलाउने हरेक हाँगालाई झन्‌ बढ़ी फल फलोस्‌ भनी उहाँले छिँवल्‍नुहुन्‍छ।

यूहन्‍ना 15 : 4
4 ममा रहो, र म तिमीहरूमा रहन्‍छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्‍यो आफैले फल फलाउन सक्‍दैन, त्‍यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्‍दैनौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *