फर्केर हेर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फर्केर हेर्दै

फिलिप्पी 3 : 13
13 भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्‍दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्‍कँदै

लूका 9 : 62
62 तर येशूले त्‍यसलाई भन्‍नुभयो, “आफ्‍नो हात हलोमा लगाएर पछिल्‍तिर हेर्ने कोही पनि परमेश्‍वरका राज्‍यको योग्‍यको हुँदैन।”

उत्‍पत्ति 19 : 26
26 तर लोतकी पत्‍नीले पछाड़ि फर्केर हेरिन्, र तिनी नूनको थाम भइहालिन्‌।

याकूब 1 : 23 – 25
23 कुनै मानिसले वचन सुन्‍छ तर पालन गर्दैन भने, त्‍यो एउटा यस्‍तो मानिसजस्‍तो हुन्‍छ, जसले आफ्‍नो अनुहार ऐनामा हेर्छ,
24 किनकि त्‍यसले आफैलाई हेर्छ र गइहाल्‍छ, र त्‍यो आफै कस्‍तो थियो, त्‍यो तुरुन्‍तै बिर्सिहाल्‍छ।
25 तर त्‍यो मानिस जसले स्‍वतन्‍त्रता दिने शुद्ध व्‍यवस्‍थालाई हेर्दछ र त्‍यसैमा लागिरहन्‍छ, अनि सुनेर बिर्सिहाल्‍ने होइन तर काम गर्ने पनि हुन्‍छ, त्‍यसले चाहिँ आफूले गरेको काममा आशिष्‌ पाउनेछ।

लूका 9 : 59 – 61
59 उहाँले अर्कोलाई भन्‍नुभयो, “मेरो पछि लाग।” तर त्‍यसले भन्‍यो, “पहिले मेरा बाबुलाई गाड्‌न जान दिनुहोस्‌।”
60 उहाँले त्‍यसलाई भन्‍नुभयो, “मुर्दाहरूलाई आफ्‍नै मुर्दा गाड्‌न देओ, तर तिमी गएर परमेश्‍वरका राज्‍यको सुसमाचार प्रचार गर।”
61 अर्काले पनि भन्‍यो, “प्रभु, म तपाईंको पछि लाग्‍नेछु, तर पहिले आफ्‍नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्‌।”

२ पत्रुस 2 : 21 – 22
21 किनभने तिनीहरूलाई दिइएको पवित्र आज्ञा जानिकन पनि पछि हट्‌नुभन्‍दा त बरु तिनीहरूलाई धार्मिकताको मार्ग कहिल्‍यै थाहै नभएको भए असल हुनेथियो।
22 यी सत्‍य उखानअनुसार नै तिनीहरूलाई यसो भएको छ, “कुकुर आफ्‍नै बान्‍तामा फर्किआउँछ,” “र नुहाइदिएको सुँगुर हिलैमा लड़ीबड़ी खेल्‍छ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *