यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् फफूंदी
व्यवस्था 28 : 22
22 क्षयरोग, जरो, सूज, प्रचण्ड ताप, खड़ेरी, साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्याएर तिमीहरू नष्ट नभएसम्म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ।
आमोस 4 : 9
9 “मैले धेरै पल्ट तिमीहरूका बगैँचा र तिमीहरूका दाखबारीमा रोग र ढुसीद्वारा प्रहार गरें। तिमीहरूका नेभारा र भद्राक्षका रूखहरूलाई सलहहरूले सखाप पारे, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्नुहुन्छ।
हाग्गै 2 : 17
17 मैले तिमीहरूकै हातका सारा कामलाई नाशक रोग, ढुसी र असिनाले हानें, तैपनि तिमीहरू मतिर फर्केनौ’ भनी परमप्रभु भन्नुहुन्छ।
Leave a Reply