यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्लास्टिक सर्जरी
१ शमूएल 16 : 7
7 तर परमप्रभुले शमूएललाई भन्नुभयो, “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्। मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ।”
१ पत्रुस 3 : 3 – 4
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्।
4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ।
उत्पत्ति 1 : 27
27 यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
भजनसंग्रह 139 : 14
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु।
हितोपदेश 31 : 30
30 सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
भजनसंग्रह 139 : 13 – 14
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु।
१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर।
लेवीहरू 19 : 28
28 “‘मरेका मानिसका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।
यशैया 45 : 9 – 12
9 “धिक्कार त्यसलाई, जसले आफ्ना सृष्टिकर्तासित झगड़ा गर्छ, त्यो जो जमिनमा भएका खपटाहरूमध्ये एउटा खपटो मात्र हो। के माटोले कुमालेलाई ‘तैंले के बनाइरहेछस्?’ भनी सोध्छ? के तेरो कामले ‘उसको हातै छैन’ भनी भन्छ?
10 धिक्कार त्यसलाई, जसले बुबालाई भन्छ, ‘तपाईंले केलाई जन्माउनुभयो? अथवा आमालाई भन्छ, ‘तपाईंले के जन्माउनुभयो?”
11 “इस्राएलका परमपवित्र र यसका सृष्टिकर्ता परमप्रभु भन्नुहुन्छ: आउने कुराहरूका विषयमा, के तिमीहरू मेरा छोराछोरीहरूका बारेमा प्रश्न सोध्छौ, अथवा मेरा हातका कामका बारेमा तिमीहरू मलाई हुकुम दिन्छौ?
12 पृथ्वी मैले नै बनाएको हुँ, र त्यसमा मानिसहरूलाई मैले सृष्टि गरेको हुँ। मेरै हातले आकाशलाई फिँजाएको हो, र त्यसका सारा तारामण्डललाई मैले नै ठीक गरी मिलाएको छु।
उपदेशक 1 : 2
2 उपदेशक भन्दछन्, “व्यर्थ नै व्यर्थ, पूर्ण रूपमा व्यर्थ, सबै व्यर्थ हुन्।”
यशैया 64 : 8
8 तापनि अब हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटो हौं, र तपाईंचाहिँ कुमाले हुनुहुन्छ। हामी सबै तपाईंकै हातका कार्यहरू हौं।
रोमी 9 : 20 – 21
20 तर मानिस भएर परमेश्वरलाई जवाफ लाग्ने तिमी को हौ? के ढालेर बनाएको वस्तुले आफूलाई बनाउनेलाई “मलाई किन यस्तो बनाएको?” भन्छ र?
21 के एउटै माटोको ढिकाबाट एउटा आदरको भाँड़ो, र अर्कोचाहिँ तुच्छ कामको लागि बनाउने माटोमाथि कुमालेको अधिकार छैन र?
१ तिमोथी 2 : 9
9 यसै गरी म चाहन्छु, कि स्त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन,
यूहन्ना 1 : 3
3 सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
उपदेशक 3 : 11
11 उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्।
Leave a Reply