यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रेमको लागि समय
उपदेशक 3 : 1 – 8
1 सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ:
2 जन्मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्ने एउटा समय छ, र उखेल्ने एउटा समय।
3 मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय। भत्काउने एउटा समय छ, र बनाउने एउटा समय।
4 रुने एउटा समय छ, र हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय।
5 ढुङ्गा छर्ने एउटा समय छ, र ती बटुल्ने एउटा समय। अँगाल्ने एउटा समय छ, र अलग रहने एउटा समय।
6 खोज्ने एउटा समय छ, र छोड़िदिने एउटा समय। राख्ने एउटा समय छ, र फाल्ने एउटा समय।
7 च्यात्ने एउटा समय छ, र मरम्मत गर्ने एउटा समय। चूप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय।
8 प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, र मेलमिलाप गर्ने एउटा समय।
१ यूहन्ना 4 : 8
8 प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ।
यूहन्ना 10 : 11
11 म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ।
यूहन्ना 14 : 6
6 येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
उपदेशक 3 : 14
14 मलाई थाहा छ कि परमेश्वरले जे गर्नुहुन्छ त्यो सधैँभरि नै रहिरहन्छ। त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून् भनी परमेश्वर यसो गर्नुहुन्छ।
उपदेशक 1 : 13
13 आकाशमुनि जे-जे गरिन्छन् ती सबै ज्ञानद्वारा अध्ययन र अनुसन्धान गर्न मैले आफ्नो मनमा निश्चय गरें। कति ठूलो अभिभारा परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको छ!
एफिसी 5 : 11
11 अन्धकारका निष्फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।
यर्मिया 12 : 1 – 17
1 हे परमप्रभु, तपाईं सधैँ धर्मी हुनुहुन्छ, जब म तपाईंको अगि मुद्दा पेश गर्छु। तापनि तपाईंका न्यायको विषयमा म तपाईंसित कुरा गर्न चाहन्छु। दुष्टहरूको चाल किन सफल हुन्छ? अविश्वासीहरू किन आरामसित बस्छन्?
2 तपाईंले तिनीहरूलाई रोप्नुभएको छ, र तिनीहरूले जरा हालेका छन्। तिनीहरू बढ्छन्, र फल फलाउँछन्। तिनीहरूका मुखमा तपाईंको नाउँ त छ, तर तिनीहरूका हृदयबाट चाहिँ तपाईं टाढ़ा हुनुहुन्छ।
3 तापनि हे परमप्रभु, तपाईं मलाई जान्नुहुन्छ, तपाईं मलाई देख्नुहुन्छ, र तपाईंसम्बन्धी मेरा विचारहरूलाई जाँच्नुहुन्छ। मार्नलाई लैजाने भेड़ाहरूलाई झैँ तिनीहरूलाई तान्दै लानुहोस्, र मारिने दिनको लागि ती अलग राख्नुहोस्!
4 देशमा कहिलेसम्म खड़ेरी परिरहने? र मैदानका घाँस कहिलेसम्म ओइलाइरहने? त्यहाँ बस्नेहरू दुष्ट भएका हुनाले, त्यहाँका पशुपक्षीहरू सबै नष्ट भएका छन्। त्यसबाहेक “हामीमाथि के हुँदैछ उहाँले देख्नुहुन्न” भनी मानिसहरू भनिरहेछन्।
5 “यदि तँ मानिसहरूसित दगुरिस् र तिनीहरूले तँलाई थकाए भने, घोड़ाहरूसित तँ कसरी दगुर्न सक्छस् र? यदि सुरक्षित स्थानमा नै तँ लोटिस् भने, यर्दननेरका झाड़ीहरूमा तँ के गर्छस्?
6 तेरा दाजुभाइहरू, तेरा आफ्नै परिवारले नै तँसित विश्वासघात गरेका छन्। तिनीहरू तेरो विरुद्धमा जोडसित कराउँदैआएका छन्। तिनीहरूले तँसित मीठा कुरा गरे तापनि तैंले तिनीहरूमाथि भरोसा नगर्।
7 “म मेरो घर छोड़िदिनेछु, मेरो उत्तराधिकार म फ्याँकिदिनेछु। मैले मन पराएकालाई म त्यसका शत्रुहरूका हातमा दिनेछु।
8 मेरो उत्तराधिकार मेरो लेखि वनको सिंहजस्तै भएको छ। त्यो मतिरै फर्केर गर्जन्छ। यसैकारण म त्यसलाई घृणा गर्दछु।
9 के मेरो उत्तराधिकार मेरो निम्ति एउटा छिरबिरे शिकारी पक्षी जस्तै भएको छैन, जसलाई अरू शिकारी पक्षीहरूले घेरेर आक्रमण गरून्? जा, गएर सबै वन-पशुहरूलाई जम्मा गर्। त्यसलाई खान तिनीहरूलाई ले।
10 धेरै गोठालाहरूले मेरो दाखबारीलाई नष्ट पार्नेछन्। तिनीहरूले मेरो बारीलाई कुल्चीमिल्ची गर्नेछन्। तिनीहरूले मेरो सुन्दर बारीलाई उजाड़-भूमिझैँ उजाड़ बनाइदिनेछन्।
11 त्यो उजाड़ तुल्याइनेछ, मेरो सामुन्ने सुक्खा र निर्जन पारिनेछ। सारा देश उजाड़ पारिनेछ, किनकि कसैले त्यसको वास्ता गर्दैन।
12 मरुभूमिका सबै रूखा डाँड़ाहरूमा नाश गर्नेहरूको धुइरो लाग्नेछ, किनकि परमप्रभुको तरवारले देशको एक छेउदेखि अर्को छेउसम्म नाश गर्नेछ। कोही पनि सुरक्षित रहनेछैन।
13 तिनीहरूले गहूँ छर्नेछन्, तर काँढ़ा पो कटनी गर्नेछन्। तिनीहरूले कष्ट गरेर काम गर्नेछन्, तर केही लाभ हुनेछैन। यसैले आफ्ना कटनीको लाज तिमीहरू सह, कारण परमप्रभुको भयानक रीस तिमीहरूमाथि परेको छ।”
14 परमप्रभु यसो भन्नुहुन्छ: “मेरा सबै दुष्ट छिमेकीहरू, जसले मैले मेरा प्रजा इस्राएललाई दिएको पैतृक-सम्पत्ति जफत गरेका छन्, ‘म उनीहरूलाई उनीहरूका देशहरूबाट उखेल्नेछु, र यहूदाको घरानालाई उनीहरूका बीचबाट उखेल्नेछु।
15 तर उनीहरूलाई उखेलेपछि म फेरि उनीहरूलाई टिठ्याउनेछु, र उनीहरू हरेकलाई आ-आफ्नै पैतृकसम्पत्ति र आ-आफ्नै देशमा फेरि ल्याउनेछु।
16 अनि उनीहरूले पहिले मेरो प्रजालाई बाल देवताको नाउँमा शपथ हाल्न सिकाएझैँ, यदि उनीहरूले ‘जीवित परमप्रभुको नाउँमा’ भन्दै मेरो नाउँमा शपथ खाएर मेरो प्रजाको चाल राम्ररी सिके भने, उनीहरू मेरा प्रजाको बीचमा स्थापित हुनेछन्।
17 तर यदि कुनै पनि जातिले सुनेन भनेता म त्यसलाई बिलकुलै उखेलेर नाश गर्नेछु,” परमप्रभु भन्नुहुन्छ।
लूका 15 : 11 – 32
11 उहाँले भन्नुभयो, “कुनै मानिसका दुई छोरा थिए।
12 कान्छोचाहिँले बाबुलाई भन्यो, ‘पिताज्यू, मेरो भागमा पर्ने धन-सम्पत्तिको हिस्सा मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँड़िदिए।
13 “धेरै दिन बित्दा नबित्दै सबै धन-सम्पत्ति बटुलेर कान्छो छोरो टाढ़ा देशमा गयो, र त्यहाँ भोग-विलासमा आफ्नो सम्पत्ति उड़ायो।
14 त्यसले सबै रुपियाँपैसा खर्च गरिसकेको थियो। त्यसै बेला त्यस देशमा ठूलो अनिकाल पर्यो, र त्यसलाई अभाव हुन थाल्यो।
15 त्यो गयो, र त्यस देशको एक जना नागरिककहाँ त्यसले काम माग्यो। उसले त्यसलाई आफ्नो खेतमा सुँगुरहरू चराउन पठायो।
16 सुँगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो, अनि कसैले त्यसलाई केही दिँदैनथियो।
17 “जब त्यसको चेत खुल्यो, त्यसले भन्यो, ‘मेरा बाबुका धेरै ज्यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर मचाहिँ भोकले मरिरहेछु।
18 म उठेर आफ्ना बाबुकहाँ जानेछु, र उहाँलाई भन्नेछु, “बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु।
19 अब उप्रान्त म तपाईंको छोरो भनिने योग्यको छैनँ। मलाई तपाईंका ज्यालादारी चाकरहरूमध्ये एउटासरह तुल्याउनुहोस्’।”
20 तब त्यो उठेर आफ्ना बाबुकहाँ गयो। “तर त्यो धेरै टाढ़ा छँदा त्यसका बाबुले त्यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे।
21 “छोराले तिनलाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु। म फेरि तपाईंको छोरो भनिने योग्यको छैनँ।’
22 “तर बाबुचाहिँले आफ्ना कमाराहरूलाई भने, ‘झट्टै सबैभन्दा असल वस्त्र ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी, र खुट्टामा जुत्ता लगाइदेओ,
23 र पुस्टाइराखेको पशु मार, र हामी खाएर आनन्द मनाऔं।
24 किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ।’ तब तिनीहरू आनन्द मनाउन लागे।
25 “त्यस बेला तिनको जेठो छोरो खेतमा थियो, र त्यो घरको नजिक आइपुग्दा त्यसले नाचगानको आवाज सुन्यो।
26 त्यसले चाकरहरूमध्ये एउटालाई आफूकहाँ बोलाएर ‘यो के भइरहेछ?’ भनेर सोध्यो।
27 उसले त्यसलाई भन्यो, ‘तपाईंका भाइ आइपुगे, र तपाईंका पिताले पालिराखेको मोटो पशु मार्नुभयो। किनकि उहाँले तिनलाई सकुशल र स्वस्थ फर्किआएका भेट्टाउनुभयो।’
28 “तर त्यो रिसायो, र भित्र जान मानेन, र त्यसको बाबुले बाहिर गएर त्यसलाई मनाउन लागे।
29 तर त्यसले बाबुलाई भन्यो, ‘हेर्नुहोस्, यतिका वर्ष मैले तपाईंको सेवा गरिरहेछु, अनि तपाईंको आज्ञा कहिल्यै उल्लङ्घन गरिनँ, तापनि मैले आफ्ना साथीहरूसँग आनन्द मनाउन तपाईंले मलाई एउटा पाठो पनि कहिल्यै दिनुभएन।
30 तर तपाईंको सम्पत्ति वेश्याहरूसँग उड़ाउने यो तपाईंको छोरो आउँदाचाहिँ तपाईंले पालिराखेको मोटो पशु त्यसको निम्ति मार्नुभयो।’
31 “तब तिनले त्यसलाई भने, ‘छोरा, तँ त मसँग सधैँभरि छँदैछस्, अनि मेरो सबै सम्पत्ति तेरै हो।
32 तर हामीले आनन्द मनाउनु र खुसी हुनु उचित थियो, किनकि यो तेरो भाइ मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ’।”
Leave a Reply