यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रार्थना कपडा
१ तिमोथी 6 : 5 – 9
5 र बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्, अनि भक्तिचाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्छन्।
6 सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो।
7 किनकि हामीले न त यस संसारमा केही ल्यायौं न यहाँबाट केही लैजान नै सक्छौं।
8 तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट हुनेछौं।
9 तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्।
२ पत्रुस 2 : 1 – 3
1 जसरी इस्राएलीहरूका माझमा झूटा अगमवक्ताहरू पनि थिए, त्यसरी तिमीहरूका माझमा झूटा शिक्षकहरू खड़ा हुनेछन्। यिनीहरूले गुप्त रूपले विनाशकारी झूटा शिक्षाहरू ल्याउनेछन्, यहाँसम्म कि तिनीहरूलाई उद्धार गर्नुहुने स्वामीलाई पनि तिनीहरूले इन्कार गर्नेछन्, र आफैमाथि चाँड़ै विनाश ल्याउनेछन्।
2 र धेरै जनाले तिनीहरूका विलासी आचरणको अनुसरण गर्नेछन्, र तिनीहरूको कारण सत्यका मार्गको बदनामी हुनेछ।
3 लोभको वशमा परेर तिनीहरूले झूटा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउनेछन्। तिनीहरूका दण्डको कुरा अघिबाटै निर्णय भइसकेको छ, र तिनीहरूका विनाशको कुरा जागै छ।
प्रेरित 8 : 18 – 23
18 अब प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदोरहेछ भन्ने देखेर सिमोनले यसो भन्दै तिनीहरूलाई रुपियाँ दिन ल्यायो,
19 “मलाई पनि यो शक्ति दिनुहोस्, र मैले जोसुकैमाथि हात राखिदिएपछि त्यसले पवित्र आत्मा पाओस्।”
20 तर पत्रुसले भने, “तेरा रुपियाँ तँसँग नष्ट होस्, किनकि परमेश्वरको वरदान रुपियाँले किन्न सकिन्छ भनी तैंले विचार गरिस्।
21 यस विषयमा न त तेरो केही भाग छ न हिस्सा नै छ, किनकि परमेश्वरको सामुन्ने तेरो हृदय ठीक रहेनछ।
22 यसकारण तेरो आफ्नो यस दुष्टताको निम्ति पश्चात्ताप गर् अनि प्रभुमा प्रार्थना चढ़ा, र शायद तेरो हृदयको यस्तो विचार क्षमा होला।
23 किनकि म देख्तछु, तँ तिक्तताले भरिएको छस्, अनि अधर्मको बन्धनमा छस्।”
लूका 8 : 43 – 48
43 बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्त्री, जसलाई कसैले निको पार्न सकेको थिएन,
44 त्यसले पछिल्तिरबाट आएर उहाँको लुगाको एक छेउ छोई, र तुरुन्तै त्यसको रक्तस्राव बन्द भयो।
45 येशूले भन्नुभयो, “मलाई कसले छोयो?” जब सबैले इन्कार गरे, तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, “गुरुज्यू, भीड़ले तपाईंलाई घेरेर ठेल्दैछन्।”
46 तर येशूले भन्नुभयो, “कसैले मलाई छोएकै हो, किनभने शक्ति मबाट निस्केर गएको मैले थाहा पाएँ।”
47 अब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री काम्दै आई र उहाँको सामुन्ने घोप्टो परी, र किन त्यसले उहाँलाई छोई, अनि कसरी तुरुन्तै निको भई, सो सब मानिसहरूका सामु बताइदिई।
48 उहाँले त्यसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसँग जाऊ।”
Leave a Reply