यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रशंसा नृत्य
भजनसंग्रह 149 : 3
3 नाच्दै तिनीहरूले उहाँका नाउँको प्रशंसा गरून्, खैँजड़ी र वीणासहित तिनीहरूले उहाँको भजन गाऊन्।
यर्मिया 31 : 13
13 तब तरुणीहरू आनन्दले नाच्नेछन्, र जवान र बूढ़ाहरू हर्षित हुनेछन्। म तिनीहरूको शोकलाई हर्षमा परिवर्तन गरिदिनेछु। म तिनीहरूलाई सान्त्वना दिनेछु र तिनीहरूका अफसोसको सट्टामा रमाहट दिनेछु।
भजनसंग्रह 150 : 4
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
२ शमूएल 6 : 14
14 दाऊद सूती कपड़ाको एपोद लगाएर परमप्रभुको सामुन्ने पूरा शक्तिको साथ नाचे।
भजनसंग्रह 150 : 1 – 6
1 हल्लेलूयाह! [1] परमप्रभुलाई उहाँको पवित्रस्थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!
2 उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर! उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर!
3 तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5 झ्यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!
6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्! हल्लेलूयाह!
भजनसंग्रह 30 : 11
11 तपाईंले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईंले मेरो भाङ्ग्राको वस्त्र फुकालिदिएर आनन्द पहिराइदिनुभयो,
उपदेशक 3 : 4
4 रुने एउटा समय छ, र हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय।
भजनसंग्रह 149 : 1 – 9
1 हल्लेलूयाह! परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ, पवित्रजनहरूको समुदायमा उहाँको प्रशंसा गर।
2 आफ्ना सृष्टिकर्तामा इस्राएल रमाओस्, सियोनका मानिसहरू आफ्ना राजामा आनन्दित होऊन्।
3 नाच्दै तिनीहरूले उहाँका नाउँको प्रशंसा गरून्, खैँजड़ी र वीणासहित तिनीहरूले उहाँको भजन गाऊन्।
4 किनकि परमप्रभु आफ्ना प्रजासँग प्रसन्न हुनुहुन्छ, नम्रहरूलाई उद्धारको मुकुट पहिराइदिनुहुन्छ।
5 पवित्रजनहरू यस्तो सम्मानमा उल्लसित होऊन्, अनि आफ्ना ओछ्यानमा पनि तिनीहरू आनन्दले गाऊन्।
6 तिनीहरूका मुखमा परमेश्वरको स्तुति रहोस्, र तिनीहरूका हातमा दुईधारे तरवार रहून्,
7 ताकि जातिहरूका विरुद्धमा तिनीहरूले प्रतिशोध, अनि मानिसहरूलाई दण्ड दिन सकून्,
8 तिनीहरूका राजालाई साङ्लाले, र तिनीहरूका भारदारहरूलाई फलामे सिक्रीले बाँध्न सकून्,
9 अनि उनीहरूका विरुद्धमा लेखिएको न्याय-दण्ड दिन सकून्। उहाँका सबै पवित्रजनहरूको यसैमा गौरव छ। हल्लेलूयाह!
कलस्सी 3 : 17
17 कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।
भजनसंग्रह 150 : 3 – 5
3 तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5 झ्यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!
प्रस्थान 15 : 20
20 तब हारूनकी दिदी, मिरियम अगमवादिनीले हातमा खैँजड़ी लिइन्, र सबै स्त्रीहरू पनि खैँजड़ी लिएर नाच्दै तिनका पछिपछि निस्के।
यर्मिया 31 : 4
4 म फेरि तँलाई निर्माण गर्नेछु, र हे कुमारी इस्राएल, तँ फेरि बनाइनेछस्। तँ फेरि आफ्ना खैँजड़ी लिएर आनन्द मनाउनेहरूका साथ नाचमा तँ निस्कनेछस्।
यूहन्ना 4 : 24
24 परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।”
यूहन्ना 4 : 23
23 तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ।
१ इतिहास 15 : 29
29 जब परमप्रभुका करारको सन्दूक दाऊदको सहरभित्र लगिँदैथियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्, अनि दाऊद राजालाई नाच्दैगरेका र आनन्दित भएका देखिन्, र तिनले आफ्नो मनमा तिनलाई तुच्छ ठानिन्।
मत्ती 6 : 1 – 34
1 “होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।
2 “यसकारण जब तिमीहरू दान दिन्छौ, तब आफ्ना सामु तुरही नबजाओ, जस्तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
3 तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्।
4 तिम्रो दान गुप्तमा होस्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
5 “जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून् भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्।
6 तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
7 र प्रार्थना गर्दा अन्यजातिहरूजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्।
8 यसकारण तिनीहरूजस्ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्नभन्दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्नुहुन्छ।
9 “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्।
10 तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्।
11 हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्।
12 हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
14 किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।
15 तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।
16 “जब तिमीहरू उपवास बस्तछौ, तब ढोंगीहरूजस्ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहड़ा अँध्यारा पार्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
17 तर तिमीचाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ।
18 र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
19 “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्।
20 तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, र चोरले पनि चोर्दैन।
21 किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ।
22 “आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ।
23 तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ!
24 “कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।
25 “यसैकारण म तिमीहरूलाई भन्दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्नो प्राणको निम्ति र ‘के लगाउँला’ भनी आफ्नो शरीरको निम्ति फिक्री नगर।’ के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन?
26 आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्न कटनी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढ़ी मूल्यवान् छैनौ र?
27 तिमीहरूमध्ये कुनचाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घड़ी पनि थप्न सक्छ?
28 “अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्। तिनले न परिश्रम गर्दछन्, न धागो कात्छन्।
29 तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्।
30 आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन् बढ़ी उहाँले पहिराउनुहुनेछैन र?
31 यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।
32 किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन्, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ।
33 तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।
34 यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ।”
प्रस्थान 15 : 20 – 21
20 तब हारूनकी दिदी, मिरियम अगमवादिनीले हातमा खैँजड़ी लिइन्, र सबै स्त्रीहरू पनि खैँजड़ी लिएर नाच्दै तिनका पछिपछि निस्के।
21 मिरियम यसो भन्दै गाउन लागिन्: “परमप्रभुको स्तुति गाओ, किनभने उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”
२ शमूएल 6 : 12 – 16
12 परमप्रभुका सन्दूकको कारण परमप्रभुले ओबेद-एदोमको घराना र तिनका सबै थोकलाई आशिष् दिनुभयो भनी जब दाऊदलाई सुनाइयो, तब तिनी गएर ओबेद-एदोमको घरबाट परमप्रभुको सन्दूक धूमधाम आनन्दको साथ दाऊदको सहरमा ल्याए।
13 परमप्रभुको सन्दूक बोक्ने मानिस छ कदम पुगेपछि तिनले एउटा साँढ़े र एउटा मोटो बाछो बलिदान गरे।
14 दाऊद सूती कपड़ाको एपोद लगाएर परमप्रभुको सामुन्ने पूरा शक्तिको साथ नाचे।
15 तिनी र सबै इस्राएलीहरूले कराउँदै र तुरही बजाउँदै परमप्रभुको सन्दूक ल्याए।
16 जब परमप्रभुको सन्दूक दाऊदको सहरमा प्रवेश गर्दैथियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्, र दाऊद राजालाई परमप्रभुको सामुन्ने उफ्रँदै र नाच्दैगरेका देखिन्, र तिनले मनमनै दाऊदलाई घृणा गरिन्।
यूहन्ना 4 : 21 – 24
21 येशूले तिनलाई भन्नुभयो, “ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँड़ामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ।
22 तिमीहरू जे आराधना गर्दछौ सो जान्दैनौ। हामी जे आराधना गर्दछौं सो जान्दछौं, किनभने मुक्तिचाहिँ यहूदीहरूबाट आउँछ।
23 तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ।
24 परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।”
Leave a Reply