प्रभुको पर्खाइमा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रभुको पर्खाइमा

भजनसंग्रह 27 : 14
14 परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्‌, र परमप्रभुकै प्रतीक्षा गर।

भजनसंग्रह 37 : 7 – 9
7 परमप्रभुको सामुन्‍ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्‍ना कुमार्गमा फलिफाप हुँदा र त्‍यसले खराब युक्तिहरू कार्यान्‍वयन गर्दा तिमी झर्को नमान।
8 रिसाउन छोड र क्रोधलाई त्‍याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्‍काउँछ।
9 किनकि कुकर्मीहरू बहिष्‍कृत हुनेछन्‌, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले देश अधिकार गर्नेछन्‌।

यशैया 40 : 31
31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।

भजनसंग्रह 130 : 5
5 म परमप्रभुको प्रतीक्षा गर्छु, मेरो प्राणले प्रतीक्षा गर्छ, अनि उहाँको वचनमा म आशा राख्‍तछु,

भजनसंग्रह 37 : 34
34 परमप्रभुको प्रतीक्षा गर र उहाँकै मार्गमा हिँड़। प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्‍नुहुनेछ। दुष्‍टको विनाश तिम्रै आँखाले देख्‍नेछ।

गलाती 2 : 20
20 म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्‍त जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्‍छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्‍यो परमेश्‍वरका पुत्रमा विश्‍वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्‍ति आफूलाई अर्पण गर्नुभयो।

भजनसंग्रह 25 : 4 – 5
4 हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, तपाईंको बाटोमा हिँड्‌न मलाई सिकाउनुहोस्‌।
5 तपाईंको सत्‍यतामा मलाई डोर्‍याउनुहोस्‌, र मलाई सिकाउनुहोस्‌, किनकि तपाईं नै मेरा उद्धारका परमेश्‍वर हुनुहुन्‍छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ।

हबकूक 2 : 3
3 किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्‍यसले अन्‍तको विषयमा बताउँछ र त्‍यो झूटो ठहरिनेछैन। त्‍यो पूरा हुन ढिलो भए तापनि त्‍यसको प्रतीक्षा गर्दैबस्, किनभने त्‍यो निश्‍चय नै पूरा हुनेछ, त्‍यसले ढिलो गर्नेछैन।

१ यूहन्‍ना 3 : 2
2 प्रिय हो, अहिले हामी परमेश्‍वरका सन्‍तान हौं, र हामी के होऔंला, सो अहिलेसम्‍म प्रकट भएको छैन। यति जान्‍दछौं, कि जब उहाँ प्रकट हुनुहुन्‍छ, तब हामी उहाँजस्‍तै हुनेछौं। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी उहाँलाई त्‍यस्‍तै देख्‍नेछौं।

तीतस 2 : 13
13 र हाम्रो धन्‍यको आशा— हाम्रा महान्‌ परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं।

रोमी 10 : 13
13 किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”

भजनसंग्रह 37 : 9
9 किनकि कुकर्मीहरू बहिष्‍कृत हुनेछन्‌, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले देश अधिकार गर्नेछन्‌।

यशैया 8 : 17
17 याकूबको घरानादेखि आफ्‍नो मुख लुकाउनुहुने परमप्रभुको म प्रतीक्षा गर्नेछु, र उहाँमा नै म मेरो भरोसा राख्‍नेछु।

याकूब 1 : 1 – 27
1 परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकूबबाट: ठाउँ-ठाउँमा छरपष्‍ट भएका बाह्र कुललाई, अभिवादन।
2 मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ।
3 किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ।
4 धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ।
5 तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ।
6 तर त्‍यसले कत्ति पनि शङ्का नगरी विश्‍वाससाथ मागोस्‌। शङ्का गर्नेचाहिँ बतासले उचाल्‍दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ।
7 त्‍यस्‍तो मानिसले यो नसम्‍झोस्, कि उसले प्रभुबाट केही पाउनेछ।
8 किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्‍थिर हुन्‍छ।
9 दीन अवस्‍थाको भाइले आफ्‍नो उच्‍च अवस्‍थामा गर्व गरोस्,
10 र धनीले चाहिँ आफ्‍नो दीन अवस्‍थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्‍तै ओइलिजानेछ।
11 किनभने डढ़ाउने गर्मीसँग सूर्य उदाउँछ, र घाँसलाई ओइलाइदिन्‍छ। फूल झर्छ र त्‍यसको शोभा नष्‍ट हुन्‍छ। त्‍यसरी नै धनी मानिस पनि आफ्‍नै कामधन्‍धामा नष्‍ट भएर जान्‍छ।
12 त्‍यो मानिस धन्‍यको हो, जो आपत्‌-विपत्‌मा स्‍थिर रहन्‍छ, किनकि जाँचको सामना गरिसकेपछि त्‍यसले जीवनको त्‍यो मुकुट पाउनेछ, जो परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
13 परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्‍वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।
14 तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ।
15 तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ।
16 मेरा प्‍यारा भाइ हो, धोकामा नपर।
17 हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्‍तो उहाँमा कुनै हेरफेर हुँदैन।
18 उहाँले आफ्‍नै इच्‍छाले सत्‍यको वचनद्वारा हामीलाई जन्‍म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्‍टिको एक अगौटे फलजस्‍तो बन्‍न सकौं।
19 मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्‍येक मानिस सुन्‍नमा छिटो, बोल्‍नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।
20 किनकि मानिसको रीसले परमेश्‍वरको धार्मिकता ल्‍याउँदैन।
21 यसैकारण सबै फोहोर कुरा र समस्‍त दुष्‍टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्‍छ।
22 तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ।
23 कुनै मानिसले वचन सुन्‍छ तर पालन गर्दैन भने, त्‍यो एउटा यस्‍तो मानिसजस्‍तो हुन्‍छ, जसले आफ्‍नो अनुहार ऐनामा हेर्छ,
24 किनकि त्‍यसले आफैलाई हेर्छ र गइहाल्‍छ, र त्‍यो आफै कस्‍तो थियो, त्‍यो तुरुन्‍तै बिर्सिहाल्‍छ।
25 तर त्‍यो मानिस जसले स्‍वतन्‍त्रता दिने शुद्ध व्‍यवस्‍थालाई हेर्दछ र त्‍यसैमा लागिरहन्‍छ, अनि सुनेर बिर्सिहाल्‍ने होइन तर काम गर्ने पनि हुन्‍छ, त्‍यसले चाहिँ आफूले गरेको काममा आशिष्‌ पाउनेछ।
26 यदि कोही मानिसले आफूलाई धर्मी सम्‍झन्‍छ, र आफ्‍नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्‍नो हृदयलाई धोका दिन्‍छ भनेता त्‍यस मानिसको धर्म व्‍यर्थ हुन्‍छ।
27 परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।

हिब्रू 12 : 1
1 यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाएर हाम्रा सामुन्‍ने राखिदिएको दौड धैर्यसाथ दौडौं।

प्रेरित 22 : 16
16 त अब किन पर्खनुहुन्‍छ? उठ्‌नुहोस्, र बप्‍तिस्‍मा लिनुहोस्, अनि उहाँको नाउँको पुकार गरेर आफ्‍ना पाप धुनुहोस्‌।’

भजनसंग्रह 40 : 1
1 सङ्गीत-निर्देशकका निम्‍ति दाऊदको भजन [1] मैले धैर्यसाथ परमप्रभुको प्रतीक्षा गरें, उहाँले ममाथि दृष्‍टि गर्नुभयो र मेरो पुकारा सुन्‍नुभयो।

हिब्रू 11 : 7
7 विश्‍वासद्वारा नोआले त्‍यति बेलासम्‍म अदेख रहेका घटनाका बारेमा परमेश्‍वरबाट चेताउनी पाएर भक्तिसाथ आफ्‍नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्‍वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए।

भजनसंग्रह 25 : 5 – 9
5 तपाईंको सत्‍यतामा मलाई डोर्‍याउनुहोस्‌, र मलाई सिकाउनुहोस्‌, किनकि तपाईं नै मेरा उद्धारका परमेश्‍वर हुनुहुन्‍छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ।
6 हे परमप्रभु, तपाईंको महान्‌ करुणा र प्रेमको सम्‍झना गर्नुहोस्‌, किनकि ती प्राचीनकालदेखि नै भएका छन्‌।
7 मेरो जवानीका पापहरू र मेरा अपराधहरू स्‍मरण नगर्नुहोस्‌, हे परमप्रभु, आफ्‍नो प्रेमअनुसार मेरो सम्‍झना गर्नुहोस्‌, किनकि तपाईं असल हुनुहुन्‍छ।
8 परमप्रभु भला र सच्‍चा हुनुहुन्‍छ, यसैकारण उहाँले पापीहरूलाई आफ्‍नो बाटो सिकाउनुहुन्‍छ।
9 उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्‍याउनुहुन्‍छ, र तिनीहरूलाई आफ्‍नो मार्ग सिकाउनुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *