प्रभुको डर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रभुको डर

हितोपदेश 8 : 13
13 परमेश्‍वरको भय मान्‍नु दुष्‍टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्‌काउने कुराहरू म घृणा गर्छु।

हितोपदेश 1 : 7
7 परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले [1] बुद्धि र अनुशासनलाई तुच्‍छ ठान्‍दछ।

मत्ती 10 : 28
28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्‍मालाई मार्न सक्‍दैनन्‌। बरु आत्‍मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्‍नेसँग डराओ।

उपदेशक 12 : 13
13 अब सबै कुरा सुनिएका छन्‌— कुराको निष्‍कर्ष यही हो। परमेश्‍वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्‍य यही नै हो।

भजनसंग्रह 33 : 8
8 सारा पृथ्‍वीले परमप्रभुको भय मानोस्‌ संसारका सारा निवासीहरूले उहाँको भक्ति गरून्‌।

हितोपदेश 14 : 26
26 जसले परमप्रभुको भय मान्‍छ, त्‍यसको सुरक्षित किल्‍ला हुन्‍छ, र त्‍यसका छोराछोरीका निम्‍ति यो एक शरणस्‍थान हुनेछ।

अय्‍यूब 28 : 28
28 अनि उहाँले मानिसलाई भन्‍नुभयो, परमेश्‍वरको डर नै बुद्धि हो र दुष्‍टताबाट अलग रहनु समझशक्ति हो।”

हितोपदेश 14 : 27
27 परमप्रभुको भय जीवनको मूल हो, जसद्वारा मानिस मृत्‍युको पासोहरूबाट उम्‍कन्‍छ।

भजनसंग्रह 25 : 14
14 परमप्रभुको भय मान्‍नेहरूसँग उहाँको घनिष्‍ठता हुन्‍छ, र उहाँले तिनीहरूलाई आफ्‍नो करार बताइदिनुहुन्‍छ।

लूका 1 : 50
50 उहाँको भय मान्‍नेहरूमाथि उहाँको कृपा पुस्‍तादेखि पुस्‍तासम्‍म रहनेछ।

हितोपदेश 3 : 7
7 आफ्‍नै नजरमा बुद्धिमान्‌ नहोऊ, परमप्रभुको भय मान्‌ र दुष्‍कर्मलाई त्‍याग्‌।

१ यूहन्‍ना 4 : 18
18 प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्‍बन्‍ध त दण्‍डसँग हुन्‍छ, अनि जो डराउँछ प्रेममा त्‍यो सिद्ध भएको हुँदैन।

व्यवस्था 10 : 12
12 यसैकारण अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुरा यी नै हुन्‌: तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको डर मान, उहाँका सबै मार्गमा हिँड़, उहाँलाई प्रेम गर, आफ्‍नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरको सेवा गर,

भजनसंग्रह 111 : 10
10 परमप्रभुको भय बुद्धिको सुरु हो, उहाँका आदेशहरू पालन गर्नेहरूको समझशक्ति ठीक हुन्‍छ, उहाँको प्रशंसा सधैँभरि रहिरहन्‍छ।

भजनसंग्रह 86 : 11
11 हे परमप्रभु, मलाई तपाईंका मार्गको शिक्षा दिनुहोस्‌, र म तपाईंको सत्‍यतामा हिँड्‌नेछु। मलाई एकाग्र हृदय दिनुहोस्‌, र म तपाईंका नाउँको भय मानूँ।

यशैया 41 : 10
10 यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्‍नेछु।

भजनसंग्रह 19 : 9
9 परमप्रभुको भय स्‍वच्‍छ छ, अनन्‍तकालसम्‍मै स्‍थिर रहने। परमप्रभुका विधिहरू सच्‍चा छन्‌, ती सर्वथा धर्ममय छन्‌।

हिब्रू 10 : 26 – 31
26 किनकि यदि सत्‍यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्‍यौं भने पापको निम्‍ति अब उसो अरू कुनै बलिदान रहँदैन,
27 तर इन्‍साफको डरलाग्‍दो प्रतीक्षा र विरोधीहरूलाई भस्‍म गर्ने क्रोधको अग्‍नि मात्र रहनेछ।
28 मोशाको व्‍यवस्‍थालाई उल्‍लङ्घन गर्ने मानिस दुई वा तीन साक्षीहरूका गवाहीमा दयाविना मर्नुपर्छ।
29 तिमीहरू आफै विचार गर: परमेश्‍वरका पुत्रलाई खुट्टामुनि कुल्‍चने, आफूलाई पवित्र तुल्‍याएको करारको रगतलाई अपवित्र बनाउने र अनुग्रहका आत्‍मालाई अपमान गर्नेचाहिँ झन्‌ कति बढ़ी कड़ा दण्‍डको योग्‍य ठहरिनेछ।
30 किनकि “प्रतिशोध लिने काम मेरो हो, प्रतिफल म दिनेछु” भन्‍नुहुनेलाई हामी चिन्‍छौं। यसो पनि भनिएको छ, “परमप्रभुले आफ्‍ना मानिसहरूको इन्‍साफ गर्नुहुनेछ।”
31 जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्‍दो कुरो हो।

प्रेरित 10 : 35
35 तर हरेक जातिमा जो उहासँग डराउँछ, र उचित काम गर्छ, त्‍यो उहाँको सामुन्‍ने ग्रहणयोग्‍य हुन्‍छ।

फिलिप्पी 2 : 12 – 13
12 यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्‍थितिमा मात्र गरेजस्‍तो होइन, तर अब झन्‌ बढ़ी मेरो अनुपस्‍थितिमा डर र कम्‍पसाथ तिमीहरूको आफ्‍नो मुक्तिको काम पूरा गर्न परिश्रम गर।
13 किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्‍छा गर्ने र काम गर्ने दुवै तुल्‍याउनलाई परमेश्‍वर तिमीहरूमा काम गर्नुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *