यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रतीक्षा गर्दै
विलाप 3 : 25
25 परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ।
भजनसंग्रह 27 : 14
14 परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्, र परमप्रभुकै प्रतीक्षा गर।
भजनसंग्रह 39 : 7
7 अब हे परमप्रभु, म केको निम्ति प्रतीक्षा गर्दछु? मेरो आशा त तपाईंमा नै छ।
हबकूक 2 : 3
3 किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्यसले अन्तको विषयमा बताउँछ र त्यो झूटो ठहरिनेछैन। त्यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दैबस्, किनभने त्यो निश्चय नै पूरा हुनेछ, त्यसले ढिलो गर्नेछैन।
भजनसंग्रह 37 : 7
7 परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्ना कुमार्गमा फलिफाप हुँदा र त्यसले खराब युक्तिहरू कार्यान्वयन गर्दा तिमी झर्को नमान।
मीका 7 : 7
7 तर मचाहिँ आशामा परमप्रभुको बाटो हेरिरहन्छु। मलाई बचाउनुहुने परमेश्वरको प्रतीक्षा गर्छु। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ।
यशैया 40 : 31
31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्नेछन्, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्च्छा पर्नेछैनन्।
भजनसंग्रह 62 : 5
5 हे मेरो प्राण, परमेश्वरमा मात्र विश्राम गर। मेरो आशा उहाँबाटै आउँछ।
यशैया 30 : 18
18 तापनि तिमीहरूमाथि अनुग्रह गर्न परमप्रभु इच्छा गर्नुहुन्छ। तिमीहरूमाथि दया देखाउन उहाँ उठ्नुहुन्छ, किनकि परमप्रभु न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँको प्रतीक्षा गर्ने सबै धन्यका हुन्!
भजनसंग्रह 33 : 20
20 हामी आशा लिएर परमप्रभुको बाटो हेर्दछौं, उहाँ नै हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ।
भजनसंग्रह 59 : 9
9 हे मेरा शक्ति, म तपाईंलाई हेर्छु, हे परमेश्वर, तपाईं मेरो किल्ला,
यशैया 33 : 2
2 हे परमप्रभु, हामीमाथि अनुग्रह गर्नुहोस्। हामी तपाईंको चाहना गर्दछौं। बिहानैपिच्छे तपाईं हाम्रा शक्ति र दु:खमा हाम्रो उद्धार हुनुहोस्।
भजनसंग्रह 52 : 9
9 तपाईंले जे गर्नुभएको छ त्यसको निम्ति म सदासर्वदा तपाईंको स्तुति गर्नेछु। म तपाईंको नाउँमाथि भरोसा गर्नेछु, किनकि तपाईंको नाउँ असल छ। तपाईंका भक्तजनहरूको उपस्थितिमा म तपाईंको प्रशंसा गर्नेछु।
भजनसंग्रह 25 : 21
21 ईमानदारी र सोझोपनले मलाई सुरक्षित राखून्, किनकि म तपाईंमा आशा राख्तछु।
भजनसंग्रह 62 : 2
2 उहाँ मात्र मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ, म कहिल्यै डग्नेछैनँ।
याकूब 5 : 7
7 यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्य फसलको आशा राखेर किसानले अगिल्लो र पछिल्लो वर्षा नहोउञ्जेल धैर्य धारण गरेर पर्खिरहन्छ।
यशैया 64 : 4
4 उहाँको बाटो हेर्नेहरूका निम्ति काम गर्नुहुने तपाईंबाहेक अरू कोही परमेश्वर छ भनी कसैले प्राचीनकालदेखि नै कहिल्यै सुनेको छैन, न त कानले सुनेको छ, न आँखाले देखेको छ।
यशैया 49 : 23
23 राजाहरू तेरा धर्म-बुबा र तिनीहरूका रानीहरू तेरा स्याहार गर्ने आमा हुनेछन्। तिनीहरूले भूइँमा घोप्टो परेर तँलाई दण्डवत् गर्नेछन्, र तेरा खुट्टाको सामुको धूलो चाट्नेछन्। तब तैंले जान्नेछस् कि म परमप्रभु हुँ, मेरो आशा गर्नेहरू निराश हुनेछैनन्।”
भजनसंग्रह 145 : 16
16 तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, र सबै प्राणीहरूका मनोरथ सन्तुष्ट पार्नुहुन्छ।
भजनसंग्रह 25 : 5
5 तपाईंको सत्यतामा मलाई डोर्याउनुहोस्, र मलाई सिकाउनुहोस्, किनकि तपाईं नै मेरा उद्धारका परमेश्वर हुनुहुन्छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ।
भजनसंग्रह 145 : 1 – 232
1 दाऊदको भजन [1] हे परमेश्वर मेरा राजा, म तपाईंको नाउँ उच्च पार्दछु, म तपाईंका नाउँको सदासर्वदा प्रशंसा गर्नेछु।
2 प्रतिदिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा म तपाईंका नाउँको स्तुति गर्नेछु,
3 परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको अति योग्य, र उहाँको महानता अगम छ।
4 एक पुस्ताले अर्को पुस्तालाई तपाईंका कार्यको प्रशंसा गर्नेछ, तिनीहरूले तपाईंका शक्तिशाली कार्यहरूको घोषणा गर्नेछन्।
5 तिनीहरूले तपाईंको ऐश्वर्य र तेजस्वी वैभवको वर्णन गर्नेछन्, र म तपाईंका आश्चर्यपूर्ण कार्यहरूमाथि चिन्तन गर्नेछु।
6 मानिसहरूले तपाईंको महान् कामहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्, र म तपाईंका महान् कार्यहरूको घोषणा गर्नेछु।
7 तिनीहरूले तपाईंको प्रचुर भलाइमा आनन्द मनाउनेछन्, र तपाईंका धार्मिकताको जयजयकार गर्नेछन्।
8 परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्छ, क्रोध गर्नमा ढिलो र अति करुणामय हुनुहुन्छ।
9 परमप्रभु सबैमाथि भलो हुनुहुन्छ। र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ।
10 तपाईंले सृष्टि गर्नुभएका सबै थोकले, हे परमप्रभु, तपाईंको प्रशंसा गर्नेछन्, र तपाईंका पवित्रजनहरूले तपाईंको स्तुति गर्नेछन्।
11 तिनीहरूले तपाईंको राज्यका महिमाको चर्चा गर्नेछन् र तपाईंका शक्तिको बखान गर्नेछन्,
12 कि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू थाहा पाऊन्, अनि तपाईंका राज्यको महिमापूर्ण वैभव देखून्।
13 तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंका प्रभुत्व पुस्तौँ-पुस्तौँसम्म रहिरहनेछ। परमप्रभु आफ्ना सबै प्रतिज्ञाहरूमा विश्वसनीय हुनुहुन्छ, र आफूले रचेका सबै थोकप्रति कृपामय हुनुहुन्छ।
14 लड़ेकाहरू सबैलाई परमप्रभुले सहारा दिनुहुन्छ, दबिएकाहरू सबैलाई उठाउनुहुन्छ।
15 सबै प्राणीहरूका आँखाले तपाईंतिर हेर्दछन्, अनि तपाईंले तिनीहरूको भोजन ठीक समयमा दिनुहुन्छ।
16 तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, र सबै प्राणीहरूका मनोरथ सन्तुष्ट पार्नुहुन्छ।
17 परमप्रभु आफ्ना सबै मार्गमा धर्मी हुनुहुन्छ, र आफूले रचेका सबै थोकप्रति कृपालु हुनुहुन्छ।
18 परमप्रभुलाई पुकारा गर्नेहरू सबैका नजिक उहाँ हुनुहुन्छ, सबैका नजिक ज-जसले उहाँलाई सत्यतामा पुकार्दछन्।
19 उहाँको भय मान्नेहरू सबैका मनोरथ उहाँले पूरा गर्नुहुन्छ, उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ, र तिनीहरूलाई बचाउनुहुन्छ।
20 उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले रक्षा गर्नुहुन्छ, तर सबै दुष्टहरूलाई उहाँले नाश गर्नुहुनेछ।
21 मेरो मुखले परमप्रभुको प्रशंसामा बोल्नेछ। प्रत्येक प्राणीले सदासर्वदा उहाँको पवित्र नाउँको प्रशंसा गरून्।
Leave a Reply