यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रतिस्पर्धा
फिलिप्पी 2 : 3 – 4
3 स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।
4 तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
१ कोरिन्थी 9 : 24
24 के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड।
कलस्सी 3 : 23
23 तिमीहरू जे गर्छौ दिलोज्यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्तै,
२ तिमोथी 2 : 5
5 प्रतियोगितामा नियमबमोजिम भाग नलिएसम्म कुनै खेलाडीले पनि इनाम पाउन सक्दैन।
कलस्सी 3 : 17
17 कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।
गलाती 6 : 4
4 प्रत्येकले आफ्नै कामको जाँच गरोस्, तब मात्र त्यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ।
फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।
१ कोरिन्थी 10 : 31
31 यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर।
१ कोरिन्थी 9 : 25
25 खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।
भजनसंग्रह 108 : 13
13 परमेश्वरद्वारा हामी विजय प्राप्त गर्नेछौं, र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।
उपदेशक 2 : 22 – 26
22 सूर्यमुनि आफैले गरेका सबै मेहनत र चिन्तासहितको परिश्रमबाट मानिसले के पाउँछ र?
23 त्यसका सबै दिनका काम पीर र दु:ख हुन्। राती पनि त्यसको मनले विश्राम पाउँदैन। त्यो पनि व्यर्थै हो।
24 मानिसले खानु, पिउनु र आफ्नो काममा सन्तुष्ट रहनुभन्दा अरू अझ बढ़ी केही गर्न सक्दैन। यो पनि परमेश्वरको हातबाट आएको म देख्छु।
25 किनभने उहाँविना कसले खान वा सुख प्राप्त गर्न सक्छ र?
26 जुन मानिसले परमेश्वरलाई खुशी तुल्याउँछ त्यसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ। तर पापीलाई चाहिँ उहाँले परमेश्वरलाई खुशी तुल्याउने व्यक्तिको निम्ति धन-सम्पत्ति जम्मा गर्ने र थुपार्ने काम दिनुहुन्छ। यो पनि व्यर्थ, र बतासलाई खेदेको जस्तो मात्र हो।
फिलिप्पी 2 : 3
3 स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।
याकूब 4 : 6
6 तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्छ? यसैकारण पवित्र-धर्मशास्त्र यसो भन्दछ, “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”
यूहन्ना 15 : 13
13 आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।
लूका 16 : 15
15 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसहरूका सामुन्ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर परमेश्वरले तिमीहरूका हृदय जान्नुहुन्छ, किनकि मानिसहरूका बीचमा जे उच्च गनिएको छ, परमेश्वरको दृष्टिमा त्यो तुच्छ ठहरिन्छ।
लूका 1 : 37
37 किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।”
गलाती 6 : 14
14 हाम्रा प्रभु येशू ख्रीष्टको क्रूस बाहेक अरू कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा मचाहिँ संसारको लेखि, र संसार मेरो लेखि क्रूसमा झुण्ड्याइएको छ।
प्रेरित 20 : 24
24 तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिनँ। यति मात्र चाहन्छु, कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ।
मत्ती 19 : 30
30 तर धेरै जो पहिला छन् पछि पर्नेछन्, र पछि हुनेहरूचाहिँ पहिला हुनेछन्।”
मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।
Leave a Reply