प्रतिभा प्रयोग गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रतिभा प्रयोग गर्दै

१ पत्रुस 4 : 10
10 जसले जस्‍तो वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका भण्‍डारेझैँ ती एक-अर्काको निम्‍ति प्रयोग गर।

रोमी 12 : 6
6 हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्‍वासको परिमाणअनुसार,

१ तिमोथी 4 : 14
14 तिमीसँग भएका वरदानको अवहेलना नगर, जुन वरदान एल्‍डरहरूले तिनीहरूका हात तिमीमाथि राख्‍दा अगमवाणीद्वारा तिमीलाई मिलेको थियो।

१ पत्रुस 4 : 10 – 11
10 जसले जस्‍तो वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका भण्‍डारेझैँ ती एक-अर्काको निम्‍ति प्रयोग गर।
11 यदि कसैले बोल्‍दछ भने, परमेश्‍वरको वचन बोलेजस्‍तै त्‍यसले बोलोस्‌। यदि कसैले सेवा गर्छ भने परमेश्‍वरले दिनुभएको शक्तिद्वारा त्‍यसले त्‍यो गरोस्, यस हेतुले कि सबै कुरामा येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई नै प्रशंसा होस्‌। उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा होस्‌। आमेन।

रोमी 12 : 6 – 8
6 हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्‍वासको परिमाणअनुसार,
7 सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा,
8 अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।

मत्ती 25 : 14 – 30
14 “किनकि योचाहिँ कुनै मानिसजस्‍तो हो, जसले परदेश जाँदा आफ्‍ना नोकरहरूलाई बोलाई आफ्‍नो धन-सम्‍पत्ति तिनीहरूलाई जिम्‍मा दिए।
15 तिनले हरेकलाई तिनीहरूका आ-आफ्‍नो योग्‍यताअनुसार एउटालाई पाँच सुनका सिक्‍का, अर्कोलाई दुई र अर्कोलाई एक दिएर तिनी गइहाले।
16 तब पाँच सुनका सिक्‍का पाउनेले तुरुन्‍तै गएर त्‍यो व्‍यापारमा लगाईकन अरू पाँच सिक्‍का कमायो।
17 त्‍यसरी नै दुई सिक्‍का पाउनेले पनि अरू दुई कमायो।
18 तर एक सिक्‍का पाउनेले चाहिँ गएर भूइँ खनेर आफ्‍ना मालिकको धन लुकाइराख्‍यो।
19 “धेरै दिनपछि ती नोकरहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब मागे।
20 तब पाँच सुनका सिक्‍का पाउने नोकरले अरू पाँच सिक्‍का ल्‍याई अगाडि आएर यसो भन्‍यो, ‘हजूर, तपाईंले मलाई पाँच सिक्‍काको जिम्‍मा दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच सिक्‍का कमाएको छु।’
21 “मालिकले त्‍यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासी नोकर! तँ थोरै कुरामा विश्‍वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्‍मा दिनेछु। तँ आफ्‍ना मालिकको खुसीमा सहभागी हो।’
22 “दुई सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, तपाईंले मलाई दुई सिक्‍का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई सिक्‍का कमाएको छु।’
23 “त्‍यसका मालिकले त्‍यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासी नोकर, तँ थोरै कुरामा विश्‍वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्‍मा दिनेछु। तँ आफ्‍ना मालिकको खुसीमा सहभागी हो।’
24 “एक सुनको सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, नरोपेको जग्‍गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्‍ने तपाईं कठोर मानिस हुनुहुन्‍छ भन्‍ने मलाई थाहा थियो।
25 यसैले मलाई डर लाग्‍यो, र गएर तपाईंको सिक्‍का मैले माटोमुनि लुकाइराखें। हेर्नुहोस्, यो तपाईंको सिक्‍का लिनुहोस्‌।’
26 “त्‍यसका मालिकले त्‍यसलाई जवाफ दिए, ‘ए दुष्‍ट, अल्‍छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्‍छु भनेर तैंले जानेको थिइस्‌ भने,
27 तैंले मेरो धन साहूकहाँ राख्‍नुपर्नेथियो, र आएर मैले मेरो धन ब्‍याजसमेत फिर्ता पाउनेथिएँ।
28 यसकारण त्‍यसबाट यो सिक्‍का खोस, र जससँग दश सिक्‍का छ त्‍यसलाई देओ।
29 किनभने जससँग छ त्‍यसलाई अरू दिइनेछ, र त्‍यससँग प्रशस्‍त हुनेछ। तर जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।
30 त्‍यस बेकम्‍मा नोकरलाई चाहिँ बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।’

कलस्सी 3 : 23 – 25
23 तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,
24 यो जानेर कि तिमीहरू आफ्‍ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्‍टको सेवा गरिरहेका छौ।
25 किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन।

मत्ती 5 : 14 – 16
14 “तिमीहरू संसारका ज्‍योति हौ। डाँड़ामा बसालिएको सहर लुक्‍न सक्‍दैन।
15 मानिसहरूले बत्ती बालेर पाथीले त छोप्‍दैनन्, तर सामदानमा राख्‍दछन्, र घरमा हुने सबैको निम्‍ति त्‍यसले उज्‍यालो दिन्‍छ।
16 यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।

मत्ती 25 : 29
29 किनभने जससँग छ त्‍यसलाई अरू दिइनेछ, र त्‍यससँग प्रशस्‍त हुनेछ। तर जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।

२ तिमोथी 1 : 6
6 त्‍यसैकारण म तिमीलाई याद दिलाउँछु, कि मैले तिमीमाथि हात राखिदिएर तिमीले पाएका परमेश्‍वरको वरदानलाई प्रज्‍वलित राख।

हितोपदेश 18 : 16
16 उपहारले दाताको निम्‍ति बाटो खोलिदिन्‍छ, र त्‍यसलाई महान्‌ व्‍यक्तिको उपस्‍थितिमा पुर्‍याउँछ।

२ कोरिन्थी 8 : 8 – 9
8 मैले यो आज्ञाको रूपमा भनेको होइनँ, तर अरूहरूको जोशसँग तुलना गरेर तिमीहरूको प्रेम पनि साँचो हो भन्‍ने प्रमाणित गर्नलाई मैले यो भनेको हुँ।
9 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूलाई थाहा छ, उहाँ धनी हुनुहुन्‍थ्‍यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरीबीबाट तिमीहरू धनी हुन सक।

१ कोरिन्थी 12 : 1 – 31
1 भाइ हो, अब आत्‍मिक वरदानको विषयमा तिमीहरू अजान रहो भन्‍ने मेरो इच्‍छा छैन।
2 तिमीहरूलाई थाहै छ, कि जब तिमीहरू अन्यजाति थियौ, तब कुनै न कुनै प्रकारले प्रभावित भएर तिमीहरू बोल्‍नै नसक्‍ने मूर्तिहरूतिर बहकिएका थियौ।
3 यसकारण तिमीहरूले यो कुरा बुझेका म चाहन्‍छु, कि परमेश्‍वरका आत्‍माद्वारा बोल्‍ने कसैले “येशू श्रापित होस्‌” भन्‍दैन, अनि पवित्र आत्‍माद्वारा मात्र “येशू नै प्रभु हुनुहुन्‍छ” भन्‍न सक्‍छ।
4 वरदानहरू विभिन्‍न किसिमका छन्, तर पवित्र [1] आत्‍मा एउटै हुनुहुन्‍छ।
5 सेवाहरू धेरै थरीका हुन्‍छन्, तर प्रभु एउटै हुनुहुन्‍छ।
6 कामहरू धेरै किसिमका छन्, तर उनै परमेश्‍वरले हरेकलाई ती काम गर्ने प्रेरणा दिनुहुन्‍छ।
7 सबैका हितको लागि नै पवित्र आत्‍माको काम प्रकट हुन हरेकलाई दिइएको छ।
8 कसैलाई पवित्र आत्‍माद्वारा बुद्धिका कुरा बोल्‍ने, कसैलाई उनै पवित्र आत्‍माअनुसार ज्ञानका कुरा बोल्‍ने,
9 कसैलाई उनै पवित्र आत्‍माद्वारा विश्‍वास गर्ने, कसैलाई उनै एक पवित्र आत्‍माद्वारा रोग निको पार्ने वरदानहरू दिइएका छन्,
10 कसैलाई आश्‍चर्य कामहरू गर्ने, कसैलाई अगमवाणी बोल्‍ने, कसैलाई आत्‍माहरू छुट्ट्याउन सक्‍ने, कसैलाई भिन्‍न-भिन्‍न किसिमका भाषाहरू बोल्‍ने, कसैलाई चाहिँ ती भाषाहरूको अर्थ खोलिदिने।
11 तर यी सबै उनै एक पवित्र आत्‍माका कामहरू हुन्‌। उहाँले हरेकलाई उहाँको इच्‍छाअनुसार वरदान दिनुहुन्‍छ।
12 किनकि जस्‍तो शरीर एक छ, र त्‍यसका धेरै अङ्गहरू हुन्‍छन्, र शरीरका सम्‍पूर्ण अङ्गहरू धेरै भए तापनि शरीरचाहिँ एउटै हुन्‍छ, ख्रीष्‍ट पनि त्‍यस्‍तै हुनुहुन्‍छ।
13 किनकि एउटै पवित्र आत्‍माद्वारा हामी सबैले एउटै शरीरमा बप्‍तिस्‍मा पाएका छौं— यहूदी वा ग्रीक, कमारो वा फुक्‍का, हामी सबैलाई एउटै पवित्र आत्‍माबाट पिउन दिइयो।
14 किनकि शरीर एउटै अङ्गबाट मात्र होइन तर धेरै अङ्गहरूबाट बनिएको हुन्‍छ।
15 यदि खुट्टाले “म हात होइनँ, यसैले म शरीरको अङ्ग होइन” भन्‍यो भने, के त्‍यो शरीरको अङ्ग हुँदैन र?
16 र कानले “म आँखा होइनँ, यसैले म शरीरको अङ्ग होइनँ” भन्‍यो भने, त्‍यो शरीरको अङ्ग हुँदैन र?
17 यदि जम्‍मै शरीर आँखा हुँदो हो त सुन्‍ने कहाँबाट? यदि जम्‍मै शरीर कान हुँदो हो त सुँघ्‍‌ने कहाँबाट?
18 तर परमेश्‍वरले आफ्‍नो इच्‍छाबमोजिम शरीरमा हरेक अङ्ग मिलाएर राखिदिनुभएको छ।
19 यदि ती जम्‍मै एउटै अङ्ग हुँदा हुन्‌ त शरीर कहाँ हुने?
20 तर अङ्गहरू धेरै छन्, तापनि शरीरचाहिँ एउटै।
21 आँखाले हातलाई “मलाई तेरो दरकार छैन” भन्‍न सक्‍दैन, र शिरले पनि खुट्टालाई “मलाई तिमीहरूको दरकार छैन” भन्‍न सक्‍दैन।
22 बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभई नहुने हुन्‍छन्‌।
23 शरीरका ती अङ्गहरू जुनहरूलाई हामी कम महत्त्वका ठान्‍छौं, तिनलाई हामी बढ्‌ता आदर दिन्‍छौं। प्रत्‍यक्ष रूपले देखाउन नसकिने अङ्गहरूलाई हामी बढ़ी भद्रतासाथ राख्‍छौं,
24 प्रत्‍यक्ष देखाउन सकिने हाम्रा अङ्गहरूलाई त्‍यस्‍तो हिफाजत चाहिँदैन। तर परमेश्‍वरले हाम्रो शरीरलाई यसरी मिलाउनुभएको छ कि हीन अङ्गहरूलाई बढ़ी आदर प्रदान गर्नुभएको छ,
25 ताकि शरीरमा बेमेल नहोस्, तर अङ्गहरू एउटाले अर्काको निम्‍ति समान वास्‍ता राखून्‌।
26 यदि एउटा अङ्गलाई कष्‍ट भयो भने सबै अङ्गहरूले सँगै कष्‍ट भोग्‍छन्, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्‍द मनाउँछन्‌।
27 तिमीहरू ख्रीष्‍टका शरीर हौ, र हरेक त्‍यसका अङ्गहरू हौ।
28 परमेश्‍वरले मण्‍डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, तब आश्‍चर्य काम गर्नेहरू, र निको पार्ने वरदान पाएकाहरू, सहायता गर्नेहरू, प्रशासन गर्नेहरू, विभिन्‍न भाषा बोल्‍नेहरू नियुक्त गर्नुभएको छ।
29 के सबै प्रेरितहरू हुन्? के सबै अगमवक्ता हुन्? के सबै शिक्षक हुन्? के सबै आश्‍चर्यकर्म गर्नेहरू हुन्?
30 के सबैसँग निको पार्ने वरदानहरू हुन्‍छन्? के सबैले विभिन्‍न भाषा बोल्‍दछन्? के सबैले अर्थ खोल्‍न सक्‍छन्‌ र?
31 तर अझ उच्‍च वरदानहरूको उत्‍कट इच्‍छा गर। अनि म तिमीहरूलाई झन्‌ उत्तम मार्ग बताउँछु।

हितोपदेश 1 : 1 – 33
1 दाऊदका छोरा इस्राएलका राजा सोलोमनका हितोपदेश:
2 जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्‍त गर्नेछन्, अन्‍तर्दृष्‍टिका कुराहरू बुझ्‍नेछन्,
3 एक अनुशासित र विवेकी जीवन जिउनेछन्,
4 सोझाहरू विवेकशील बन्‍नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्‍त गर्नेछन्‌।
5 बुद्धिमान्‌ले सुनून्‌ र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्‍यक्तिलाई अगुवाइ मिलोस्,
6 जसद्वारा हितोपदेश र दृष्‍टान्‍तहरू, बुद्धिमान्‌को आहान र रहस्‍यका कुराहरू तिनीहरूले बुझून्‌।
7 परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले [1] बुद्धि र अनुशासनलाई तुच्‍छ ठान्‍दछ।
8 हे मेरो छोरा, आफ्‍नो बुबाको आदेश सुन्‌ र आफ्‍नी आमाको शिक्षा नत्‍याग्‌।
9 ती तेरो शिरमा शोभाको मुकुट, र तेरो गलामा सम्‍मानको हार हुनेछ।
10 हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्‌।
11 तिनीहरू भन्‍लान्, “आऊ हामीसँग, कसैको रक्तपात गर्न ढुकिबसौं, कुनै निर्दोषलाई लुट्‌न ढुकिबसौं,
12 चिहानले [2] निलेझैँ, र गहिरो भड्‌खालोमा परी त्‍यसको पीँधमा पुग्‍नेहरूलाई झैँ, हामी तिनीहरूलाई पूरै जिउँदै निलौं।
13 हामी सबै किसिमका बहुमूल्‍य थोकहरू लिनेछौं, र लूटका मालसामानले हाम्रा घर भर्नेछौं,
14 तिमी हामीसँगै साझेदार होऊ, र हामी लूटको थैलोबाट बाँड्‌नेछौं।”
15 हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख्,
16 किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्‍छन्, तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्‌।
17 सबै पक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्‍यर्थ!
18 यी मानिसहरू आफ्‍नै रगतको लागि ढुकिरहन्‍छन्, तिनीहरू आफै जाकिन ढुकिरहन्‍छन्‌!
19 बेईमानीसित कमाउनपट्टि लाग्‍नेहरू सबैको अन्‍त्‍य यस किसिमले हुन्‍छ, यसरी धन आर्जन गर्नेको जीवन त्‍यसैले छिनेर लैजान्‍छ।
20 बुद्धि सड़कहरूमा चर्को सोरले कराउँछ, त्‍यसले आफ्‍नो आवाज बजारहरूमा उचाल्‍छ,
21 होहल्‍लाले भरिएका गल्‍लीहरूका पर्खालमाथिबाट त्‍यो चिच्‍च्‍याउँछ, सहरका मूल ढोकाहरूमा यसरी त्‍यसले भाषण गर्छ:
22 “हे निर्बुद्धि [3] हो, कहिलेसम्‍म तिमीहरू आफ्‍नो बुद्धिहीन मार्गलाई प्रेम गरिरहनेछौ? कहिलेसम्‍म खिल्‍ली उड़ाउनेहरू खिल्‍ली उड़ाइरहनमा मग्‍न भइरहने र मूर्खहरूले ज्ञानलाई घृणा गर्दैरहने?
23 यदि मेरो हप्‍की तिमीहरूले ग्रहण गरेका भए, म आफ्‍नो हृदयका कुराहरू तिमीहरूसँग पोख्‍नेथिएँ, र मेरा विचारहरू तिमीहरूलाई थाहा गराउनेथिएँ।
24 तर मैले बोलाउँदा तिमीहरूले इन्‍कार गरेका हुनाले र मैले आफ्‍नो हात फैलाउँदा कसैले ध्‍यान नदिएको हुनाले,
25 मेरा सबै अर्तीलाई तिमीहरूले बेवास्‍ता गरेका हुनाले र मेरो हप्‍की ग्रहण नगरेका हुनाले,
26 तिमीहरूलाई आपत्ति आइपर्दा म हाँस्‍नेछु, विपत्तिले तिमीहरूलाई छोप्‍दा म खिल्‍ली उड़ाउनेछु—
27 जब आँधीबेहरीझैँ तिमीहरूलाई विपत्तिले ढाक्‍छ, जब भुमरीझैँ आपत्ति तिमीहरूमाथि मड़ारिएर आउँछ, जब सङ्कष्‍ट र दु:खले तिमीहरूलाई डुबाउँछन्‌।
28 “तब तिनीहरू मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैन, तिनीहरूले मेरो खोजी गर्नेछन्, तर मलाई भेट्टाउनेछैनन्‌।
29 तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, र परमप्रभुको भय मान्‍न नचाहेका हुनाले,
30 तिनीहरूले मेरो अर्ती ग्रहण नगरेका हुनाले, र मेरो हप्‍की तिरस्‍कार गरेका हुनाले,
31 तिनीहरूले आफ्‍नो चालचलनको फल भोग्‍नेछन्, र आफ्‍ना कपट योजनाको फलले आफै लादिनेछन्‌।
32 आफ्‍नै मनमानीपनले गर्दा निर्बुद्धिहरू मर्नेछन्, र मूर्खहरूको आफ्‍नै निश्‍चिन्‍तताले तिनीहरूमाथि नाश आइपर्नेछ।
33 तर मैले भनेको कुरा जस-जसले सुन्‍छन्‌ तिनीहरू सुरक्षामा जिउनेछन्, र हानि-नोक्‍सानीको डरैविना ढुक्‍क रहनेछन्‌।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *