यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रतिबिम्ब
यूहन्ना 14 : 6
6 येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
१ कोरिन्थी 8 : 6
6 तर हाम्रा निम्ति त एउटै परमेश्वर पिता हुनुहुन्छ, जसबाट सबै थोक हुन आए, अनि उहाँकै निम्ति हामी जिउँदछौं— हाम्रा निम्ति एउटै प्रभु, येशू ख्रीष्ट हुनुहुन्छ, जसद्वारा सबै कुरा हुन आए, र जसद्वारा हामी जिउँदछौं।
प्रेरित 1 : 8
8 तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ।”
यूहन्ना 10 : 11
11 म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ।
लूका 3 : 10 – 18
10 मानिसहरूले यूहन्नालाई सोधे, “त्यसो भए हामीले के गर्ने?”
11 तिनले उनीहरूलाई जवाफ दिए, “जससँग दुई जोर दौरा छन्, त्यसले नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्यसले पनि त्यसै गरोस्।”
12 कर उठाउनेहरू पनि बप्तिस्मा लिन आए, अनि तिनलाई सोधे, “गुरुज्यू, हामीले के गर्ने?”
13 तिनले उनीहरूलाई भने, “तिमीहरूलाई खटाएकोभन्दा बेसी नलेओ।”
14 सिपाहीहरूले पनि सोधे, “हामीले चाहिँ के गर्ने?” तिनले उनीहरूलाई भने, “कसैमाथि अत्याचार गरेर, र झूटो दोष लगाएर नलुट। आफ्ना तनखामा सन्तुष्ट रहो।”
15 जब मानिसहरू प्रतीक्षा गरिरहेका थिए, र सबै आफ्ना मनमा यूहन्नाको विषयमा शायद यिनी नै ख्रीष्ट हुन् कि भनी विचार गरिरहेका थिए,
16 तब यूहन्नाले ती सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर एक जना मभन्दा शक्तिशाली आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने लायकको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
17 निफन्ने नाङ्लो उहाँको हातमा छ, जसद्वारा उहाँले आफ्नो खला राम्ररी सफा पार्नुहुनेछ, र गहूँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसचाहिँ उहाँले ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
18 यसरी अरू धेरै अर्तीहरूद्वारा शिक्षा दिएर यूहन्नाले मानिसहरूलाई सुसमाचार प्रचार गरे।
यूहन्ना 8 : 32
32 तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
यूहन्ना 16 : 13
13 जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन। उहाँले जे सुन्नुहुन्छ, त्यही बोल्नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।
यूहन्ना 18 : 1 – 40
1 यी कुरा भनिसकेर येशू आफ्ना चेलाहरूसँग किद्रोन खोल्सापारि जानुभयो। त्यहाँ एउटा बगैँचा थियो। येशू आफ्ना चेलाहरूसँग त्यहाँ प्रवेश गर्नुभयो।
2 उहाँलाई पक्राइदिने यहूदाले पनि त्यो ठाउँ चिनेको थियो, किनभने येशू आफ्ना चेलाहरूसँग त्यहाँ धेरैजसो भेला हुनुहुन्थ्यो।
3 तब बत्ती, राँको र हतियारहरू लिएका सिपाहीहरूको एक दल र मुख्य पूजाहारी र फरिसीहरूले पठाएका पहरेदारहरू लिएर यहूदा त्यहाँ आयो।
4 तब आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर येशू अगि आउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?”
5 तिनीहरूले उहाँलाई भने, “नासरतका येशूलाई।” येशूले तिनीहरूलाई भन्नुभयो, “म उही हुँ।” अब उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।
6 जब उहाँले तिनीहरूलाई “म उही हुँ” भन्नुभयो, तब तिनीहरू पछि हटे, अनि भूइँमा लोटे।
7 फेरि उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” तिनीहरूले भने, “नासरतका येशूलाई।”
8 येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिहालें, म उही हुँ। यसकारण यदि तिमीहरू मलाई खोज्दैछौ भने यी मानिसहरूलाई चाहिँ जान देओ।”
9 “तपाईंले मलाई दिनुभएकाहरूमध्ये एउटालाई पनि मैले गुमाइनँ” भनी उहाँले भन्नुभएको वचन पूरा होस् भनेर यो भयो।
10 सिमोन पत्रुसले आफूसँग भएको तरवार निकालेर मुख्य पूजाहारीको कमारालाई प्रहार गरे र त्यसको दाहिने कान च्वाट्टै काटिदिए। त्यस कमाराको नाउँ माल्खस थियो।
11 येशूले पत्रुसलाई भन्नुभयो, “तरवार म्यानमा हाल। के पिताले मलाई दिनुभएको कचौरा म नपिऊँ?”
12 त्यसपछि सिपाहीहरूको दल, तिनीहरूका कप्तान, र यहूदीहरूका पहरेदारहरूले येशूलाई पक्रे, र उहाँलाई बाँधे।
13 पहिले तिनीहरूले उहाँलाई हन्नासकहाँ लगे, जो त्यस सालका प्रधान पूजाहारी कैयाफाका ससुरा थिए।
14 यी तिनै कैयाफा थिए, जसले ‘जनताको निम्ति एक जना मानिस मर्नमा नै कल्याण छ’ भनी यहूदीहरूलाई सल्लाह दिएका थिए।
15 सिमोन पत्रुस र येशूका अर्का एक जना चेला येशूको पछि लागे। ती अर्काचाहिँ चेला प्रधान पूजाहारीका चिनारु थिए, र येशूसँगै प्रधान पूजाहारीको आँगनमा पसे।
16 तर पत्रुस बाहिर ढोकामा उभिरहेका थिए। ती अर्काचाहिँ चेलाले, जो प्रधान पूजाहारीका चिनारु थिए, बाहिर निस्केर ढोकामा बस्ने ठिटीलाई भनेर पत्रुसलाई भित्र ल्याए।
17 तब ढोकामा बस्ने त्यस ठिटीले पत्रुसलाई भनी, “के तिमी पनि यस मानिसका चेलाहरूमध्ये एक जना हौ?” तिनले भने, “म होइनँ।”
18 त्यहाँ कमारा र पहरेदारहरू आगोको भुङ्ग्रो ताप्दै उभिरहेका थिए, किनभने जाडो थियो। अनि पत्रुस पनि तिनीहरूसँग उभिएर आगो ताप्न लागे।
19 अब प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँका शिक्षाका विषयमा सोधे।
20 येशूले तिनलाई जवाफ दिनुभयो, “मैले संसारलाई खुल्लमखुल्ला भनेको छु। मैले सधैँ सभाघरमा र मन्दिरमा शिक्षा दिएको छु, जहाँ सबै यहूदीहरू भेला हुन्छन्। मैले गुप्तमा केही भनेको छैनँ।
21 मलाई किन सोध्नुहुन्छ? मैले तिनीहरूलाई के भनें सो सुन्नेहरूलाई नै सोध्नुहोस्। मैले भनेका कुराहरू यिनीहरूलाई थाहा छ।”
22 येशूले यी कुरा भन्नुहुँदा नजिकमा उभिएका पहरेदारहरूमध्ये एक जनाले यसो भन्दै येशूलाई थप्पड़ लायो, “के प्रधान पूजाहारीलाई यसरी जवाफ दिन्छस्?”
23 येशूले त्यसलाई भन्नुभयो, “मैले बेठीक भनेको भए त्यसको प्रमाण देऊ, तर यदि मैले ठीकै भनेको हुँ भने मलाई किन हिर्काउँछौ?”
24 तब हन्नासले उहाँलाई बाधिँएकै अवस्थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाए।
25 सिमोन पत्रुस उभिएर आगो ताप्दैथिए। तिनीहरूले तिनलाई भने, “के उनका चेलाहरूमध्ये एक जना तिमी पनि होइनौ?” तिनले इन्कार गरेर भने, “म होइनँ।”
26 प्रधान पूजाहारीका कमाराहरूमध्ये एक जना, जसका नातेदारको कान पत्रुसले काटेका थिए, त्यसले सोध्यो, “के मैले तिमीलाई तिनीसँग बगैँचामा देखिनँ र?”
27 तब फेरि पत्रुसले इन्कार गरे। अनि तुरुन्तै भाले बास्यो।
28 तब तिनीहरूले येशूलाई कैयाफाको घरबाट महलतिर लगे। त्यति बेला बिहानपख थियो। बिटुलिएर निस्तार-चाड़को भोज खान पाउँदैनौं भन्ने डरले तिनीहरू महलभित्र पसेनन्।
29 यसकारण तिनीहरूकहाँ बाहिर निस्केर पिलातसले भने, “यस मानिसको विरुद्धमा तिमीहरू के अभियोग लाउँछौ?”
30 तिनीहरूले उनलाई भने, “यदि यो मानिस अपराधी नभए हामी यसलाई तपाईंकहाँ सुम्पनेथिएनौं।”
31 पिलातसले तिनीहरूलाई भने, “तिमीहरू यिनलाई लैजाओ, र तिमीहरूको आफ्नै व्यवस्थाबमोजिम यिनको इन्साफ गर।” यहूदीहरूले उनलाई भने, “कुनै मानिसलाई प्राणदण्ड दिने अधिकार हामीलाई छैन।”
32 उहाँको मृत्यु कुन रीतिले हुनेछ त्यसको सङ्केत दिएर उहाँले भन्नुभएको वचन पूर्ण होस् भनेर यसो भएको थियो।
33 पिलातस फेरि महलभित्र पसे, र उनले येशूलाई बोलाएर भने, “के तिमी यहूदीहरूका राजा हौ?”
34 येशूले जवाफ दिनुभयो, “तपाईं आफै यसो भन्नुहुन्छ, वा मेरो विषयमा तपाईंलाई अरू कसैले भने?”
35 पिलातसले जवाफ दिए, “के म यहूदी हुँ र? तिम्रै जाति र मुख्य पूजाहारीहरूले तिमीलाई मेरो हातमा सुम्पिदिए। तिमीले के गर्यौ?”
36 येशूले जवाफ दिनुभयो, “मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो त मेरा सेवकहरू मेरो निम्ति लड्नेथिए, र म यहूदीहरूका हातमा पर्नेथिइनँ। तर मेरो राज्य यस संसारको होइन।”
37 पिलातसले उहाँलाई सोधे, “के तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “म राजा हुँ भनी तपाईं नै भन्नुहुन्छ। यसैको निम्ति म जन्मेको हुँ, र यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ। प्रत्येक जो सत्यको पक्षमा छ, त्यसले मेरो सोर सुन्छ।”
38 पिलातसले उहाँलाई सोधे, “सत्य के हो?” यति भनेर उनी यहूदीहरूकहाँ बाहिर निस्केर गए, र तिनीहरूलाई भने, “म यिनमा केही दोष भेट्टाउँदिनँ।
39 निस्तार-चाड़मा एक जनालाई मैले तिमीहरूका निम्ति छोडिदिने तिमीहरूको प्रथा छ। त के तिमीहरू चाहन्छौ, कि यहूदीहरूका राजालाई छोडिदिऊँ?”
40 तर तिनीहरू फेरि यसो भन्दै कराए, “यसलाई होइन, तर बारब्बालाई।” बारब्बाचाहिँ डाँकू थियो।
मर्कूस 14 : 43 – 65
43 येशू बोल्दैहुनुहुँदा बाह्रै चेलाहरूमध्येको एक जना यहूदा अचानक त्यहाँ देखा पर्यो। मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरूले पठाएको एक दल तरवार र लाठो लिएर त्यससँग त्यहाँ आयो।
44 उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई यस्तो एउटा सङ्केत दिएको थियो, “जसलाई म म्वाइँ खाउँला त्यो व्यक्ति तिनै हुन्, तिनलाई पक्र र पहरा दिएर लैजाओ।”
45 अनि सोझै येशूकहाँ गएर यहूदाले भन्यो, “हे रब्बी,” र उहाँलाई म्वाइँ खायो।
46 तब तिनीहरूले येशूलाई समाते र गिरफ्तार गरे।
47 त्यहाँ नजिक उभिनेहरूमध्ये कुनै एउटाले तरवार थुतेर प्रधान पूजाहारीको कमारालाई प्रहार गर्यो, र त्यसको कान च्वाट्ट काटिदियो।
48 येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू एउटा डाँकूलाई जस्तै तरवार र लाठोसमेत लिएर मलाई पक्रन आएका छौ?
49 दिनदिन मन्दिरमा सिकाउँदै म तिमीहरूसँग थिएँ, र तिमीहरूले मलाई गिरफ्तार गरेनौ। तर धर्मशास्त्र पूरा होस्।”
50 अनि सबै चेलाहरू उहाँलाई त्यागेर भागे।
51 आफ्नो शरीरलाई एउटा सूती कपड़ाले मात्र बेह्रेको एक जना जवान उहाँको पछि लाग्यो। तिनीहरूले त्यस जवानलाई समाते,
52 तर कपड़ा छोड़ेर त्यो नाङ्गै भाग्यो।
53 तब तिनीहरूले येशूलाई प्रधान पूजाहारीकहाँ लगे, र त्यहाँ सबै मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्त्रीहरू जम्मा भएका थिए।
54 पत्रुसचाहिँ टाढ़ैबाट प्रधान पूजाहारीको आँगनभित्र उहाँको पछिपछि लागे, अनि त्यहाँ सिपाहीहरूसँग बसेर तिनी आगो ताप्न लागे।
55 अब मुख्य पूजाहारी र जम्मै महासभाले येशूलाई मार्नको निम्ति उहाँको विरुद्धमा गवाही खोजे, तर केही पाएनन्।
56 धेरैले उहाँको विरुद्धमा झूटो गवाही दिए। तर तिनीहरूले दिएको गवाहीले मेल खाएन।
57 कसै-कसैले उठेर उहाँको विरुद्धमा यसो भन्दै गवाही दिए,
58 “यसले यसो भनेको हामीले सुन्यौं, ‘मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु, र हातैविना बनाइएको अर्को मन्दिर म तीन दिनमा निर्माण गर्नेछु’।”
59 तर यसमा पनि तिनीहरूको गवाही एकै मतको थिएन।
60 तब प्रधान पूजाहारीले बीचमा खड़ा भएर येशूलाई सोधे, “के तँसँग केही जवाफ छैन? यी मानिसहरूले तेरो विरुद्धमा गवाही दिएको के हो?”
61 तर येशू चूप लाग्नुभयो, र केही जवाफ दिनुभएन। फेरि प्रधान पूजाहारीले उहाँलाई सोधे, “के तँ परमधन्यको पुत्र ख्रीष्ट होस्?”
62 येशूले भन्नुभयो, “म हुँ, अनि तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने बाहुलीतर्फ बसिरहेको र आकाशका बादलहरूका साथमा आइरहेको देख्नुहुनेछ।”
63 तब प्रधान पूजाहारीले आफ्नो वस्त्र च्यातेर भने, “हामीलाई अरू साक्षीहरूको के दरकार पर्यो र?
64 तिमीहरूले ईश्वर-निन्दा त सुनिहाल्यौ। तिमीहरूको के विचार छ?” अनि तिनीहरू सबैले उहाँलाई मृत्युदण्डको योग्य ठहराए।
65 अनि कोही-कोहीले उहाँलाई थुक्न लागे, र उहाँको मुख छोपेर उहाँलाई थप्पड़ हानेर भने, “अगमवाणी बोल्।” त्यसपछि पहरादारले उहाँलाई आफ्नो जिम्मामा लिए, र उहाँलाई मुक्का हाने।
यूहन्ना 8 : 58
58 येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनुभन्दा अघिबाटै म छँदैछु।”
यूहन्ना 1 : 3
3 सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
यूहन्ना 13 : 35
35 यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।”
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
Leave a Reply