प्रतिज्ञाहरू राख्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रतिज्ञाहरू राख्दै

गन्ती 30 : 2
2 कुनै मानिसले परमप्रभुको निम्‍ति भाकल गर्‍यो अथवा वाचा बाँधेर शपथ खायो भने, त्‍यसले आफ्‍नो वचन भङ्ग गर्नुहुँदैन। त्‍यसको मुखबाट जुन वचन निस्‍केको थियो, त्‍यो त्‍यसले गर्नैपर्छ।

उपदेशक 5 : 4 – 5
4 जब तिमी परमेश्‍वरसित भाकल गर्दछौ, त्‍यो पूरा गर्नमा विलम्‍ब नगर। मूर्खसँग उहाँ प्रसन्‍न हुनुहुन्‍न। तिम्रो भाकल पूरा गर।
5 भाकल गरेर पनि पूरा नगर्नुभन्‍दा त भाकल नगरेको अझ असल हो।

भजनसंग्रह 89 : 34
34 म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखबाट निस्‍केको वचन बद्‌लनेछैनँ।

मत्ती 5 : 37
37 तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्‌। यीभन्‍दा बढ़ीचाहिँ दुष्‍टताबाट आउँदछ।

२ पत्रुस 3 : 9
9 आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ।

गन्ती 30 : 1 – 2
1 मोशाले इस्राएली कुलनायकहरूलाई यसो भने, “परमप्रभुले आज्ञा गर्नुभएको कुरो यही हो:
2 कुनै मानिसले परमप्रभुको निम्‍ति भाकल गर्‍यो अथवा वाचा बाँधेर शपथ खायो भने, त्‍यसले आफ्‍नो वचन भङ्ग गर्नुहुँदैन। त्‍यसको मुखबाट जुन वचन निस्‍केको थियो, त्‍यो त्‍यसले गर्नैपर्छ।

मत्ती 5 : 33
33 “फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्‍ति गरिएको शपथ तैंले पूरा गर्‌।’

गन्ती 23 : 19
19 परमेश्‍वर ढाँट्‌नुहुन्‍न, कारण उहाँ मानिस हुनुहुन्‍न, उहाँले मन बद्‌लनुहुन्‍न, कारण उहाँ मान्‍छेको सन्‍तान हुनुहुन्‍न। उहाँले भन्‍नुभएपछि के त्‍यो गर्नुहुन्‍न र? अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि के त्‍यो पूरा गर्नुहुन्‍न र?

मत्ती 7 : 7
7 “माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्‍याओ त तिमीहरूका निम्‍ति उघारिनेछ।

रोमी 10 : 9
9 किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍नो मुखले स्‍वीकार गर्‍यौ, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ।

२ कोरिन्थी 1 : 19 – 20
19 किनभने सिलास, तिमोथी र मैले तिमीहरूका बीचमा प्रचार गरेका परमेश्‍वरका पुत्र येशू ख्रीष्‍ट “हो” र “होइन” हुनुहुन्‍नथियो। तर उहाँमा सधैँ “हो” मात्र छ।
20 किनकि परमेश्‍वरका सबै प्रतिज्ञाहरू उहाँमा “हो” हुन्‍छ। यसैकारण उहाँद्वारा परमेश्‍वरका महिमाको निम्‍ति हामी “आमेन” भन्‍छौं।

यहोशू 23 : 14
14 “अब म सबै मानव-जातिले जानुपर्ने बाटो गइरहेछु। परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएका सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्‍ति सबै पूरा भएको छ, र एउटा पनि त्‍यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्‍नो पूरा हृदय र पूरा प्राणले थाहा पाएकै छौ।

मत्ती 5 : 17
17 “व्‍यवस्‍था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्‍ने नसम्‍झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ।

हिब्रू 4 : 12
12 किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ।

भजनसंग्रह 91 : 1 – 16
1 जो परमप्रधानको शरणमा वास गर्दछ, त्‍यो मानिस सर्वशक्तिमान्‌को छत्रछायामुनि रहन्‍छ।
2 परमप्रभुको बारेमा म भन्‍नेछु, “उहाँ मेरो शरणस्‍थान र किल्‍ला हुनुहुन्‍छ, मेरा परमेश्‍वर, जसमाथि म भरोसा राख्‍तछु।”
3 निश्‍चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ।
4 उहाँले तिमीलाई आफ्‍ना प्‍वाँखहरूले छोप्‍नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्‍वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ।
5 तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ,
6 न त अन्‍धकारमा फैलिने रूढ़ीदेखि, न मध्‍यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ।
7 एक हजार जना तिम्रो नजिक लोट्‌लान्‌, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्‍यो आउनेछैन।
8 तिमीले आफ्‍ना आँखाले मात्र त्‍यो अवलोकन गर्नेछौ, र दुष्‍टहरूको प्रतिफल देख्‍नेछौ।
9 यदि तिमीले सर्वोच्‍च प्रभुलाई आफ्‍नो वासस्‍थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्‍थान हुनुहुन्‍छ—
10 तिम्रो कुनै अनिष्‍ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
11 किनकि उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।
12 तिनीहरूले तिमीलाई आफ्‍ना हात-हातै थाम्‍नेछन्‌, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्‌।
13 तिमीले सिंह र गोमनलाई कुल्‍चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ।
14 परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसले मलाई प्रेम गरेको हुनाले, म त्‍यसलाई छुटाउनेछु। त्‍यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्‍यसको रक्षा गर्नेछु।
15 त्‍यसले मेरो पुकारा गर्नेछ, र म त्‍यसलाई उत्तर दिनेछु। त्‍यसका दु:खको घड़ीमा म त्‍यससँग हुनेछु, म त्‍यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।
16 लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु, र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु।”

भजनसंग्रह 15 : 4
4 जसले भ्रष्‍ट मानिसलाई घृणा गर्दछ, तर परमप्रभुको भय मान्‍नेहरूलाई आदर गर्दछ, जसले आफ्‍नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बद्‌लँदैन,

लेवीहरू 5 : 4
4 “‘कसैले विचार नगरी कुनै असल वा खराब कुरा गर्न मुखले शपथ खायो भने— जुनसुकै कुरामा मानिसले सोच-विचार नगरी शपथ खान्छ— त्‍यसबाट त्‍यो कुरो छिपे तापनि त्‍यसले त्‍यो थाहा पाएपछि त्‍यस्‍तो कुरामा त्‍यो दोषी ठहरिनेछ।

यूहन्‍ना 14 : 5 – 6
5 थोमाले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्‍छ, हामी जान्‍दैनौं, तब हामीले बाटो कसरी चिन्‍ने?”
6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *