यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्यारिसाइड
२ राजाहरू 19 : 37
37 एक दिन जब उनी आफ्नो देवता निस्रोकको मन्दिरमा पूजा गरिरहेका थिए, तब उनका छोराहरू अद्रम्मलेक र शरेसेरले उनलाई तरवारले मारे, र उनीहरू आरारात देशमा भागेर गए। उनीपछि उनका छोरा एसरहदोन राजा भए।
२ इतिहास 32 : 21
21 तब अश्शूरका राजाको छाउनीमा हुने सबै योद्धा, नायक र अधिकृतहरूलाई संहार गर्न भनी परमप्रभुले एउटा स्वर्गदूत पठाउनुभयो। तब सनहेरीब बेइज्जती भएर आफ्नो देशमा फर्के। जब उनी आफ्नो देवताको मन्दिरमा पसे तब उनका छोरामध्येका कोही-कोहीले उनलाई तरवारले काटेर मारे।
यशैया 37 : 38
38 एक दिन जब उनी आफ्नो देवता निस्रोकको मन्दिरमा पूजा गर्दैथिए तब उनका छोराहरू अद्रम्मलेक र शरेसेरले उनलाई तरवारले मारे, अनि उनीहरू भागेर आरारात देशमा गए। त्यसपछि उनको सट्टामा उनका छोरा एसरहदोनले राजा भएर शासन गर्न लागे।
Leave a Reply