पैसा समस्याहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पैसा समस्याहरू

हिब्रू 13 : 5
5 तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्‍ग राख। तिमीहरूसँग भएका कुरामा सन्‍तुष्‍ट बस, किनकि उहाँले भन्‍नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीहरूलाई त्‍याग्‍नेछैनँ।”

१ यूहन्‍ना 2 : 15 – 17
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन।
16 किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्‌।
17 संसार बितिजान्‍छ र त्‍यसको अभिलाषा पनि बितिजान्‍छ, तर परमेश्‍वरको इच्‍छा पूरा गर्नेचाहिँ सधैँको निम्‍ति रहन्‍छ।

हितोपदेश 22 : 7
7 धनीले गरीबमाथि प्रभुत्‍व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्‍छ।

प्रेरित 20 : 35
35 मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्‍नुहोस्, कसरी उहाँ आफैले भन्‍नुभएको छ, कि लिनुभन्‍दा दिनु अझ धन्‍य हो।”

१ तिमोथी 6 : 10
10 किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्‍वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्‌।

मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

हितोपदेश 19 : 17
17 गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो, र त्‍यसले जे गरेको छ, त्‍यसको इनाम उहाँले त्‍यसलाई दिनुहुनेछ।

याकूब 1 : 5
5 तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ।

मलाकी 3 : 10
10 सम्‍पूर्ण दशांश ढुकुटीमा ल्‍याओ, ताकि मेरो घरमा भोजन रहोस्‌। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “म स्‍वर्गका ढोकाहरू उघारेर पर्याप्‍त ठाउँ पनि नहुनेसम्‍मका आशिष्‌ तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

२ कोरिन्थी 9 : 7
7 अनि हरेक मानिसले आफ्‍नो मनमा सङ्कल्‍प गरेबमोजिम देओस्, इच्‍छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ।

मत्ती 6 : 19 – 21
19 “आफ्‍नो निम्‍ति पृथ्‍वीमा धन-सम्‍पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्‍ट पार्छन्‌ र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्‌।
20 तर आफ्‍नो निम्‍ति स्‍वर्गमा धन-सम्‍पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्‍ट पार्दैन, र चोरले पनि चोर्दैन।
21 किनकि जहाँ तिम्रो धन हुन्‍छ, त्‍यहीँ तिम्रो मन पनि हुन्‍छ।

२ कोरिन्थी 9 : 6
6 तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्‍तसँग छर्नेले प्रशस्‍तसँग कटनी गर्छ।

हितोपदेश 13 : 22
22 असल मानिसले आफ्‍ना नाति-नातिनाहरूका निम्‍ति पैतृक-सम्‍पत्ति छोडिराख्‍छ, तर पापीहरूको धन धर्मीहरूका लागि थुपारिन्‍छ।

हितोपदेश 3 : 9
9 आफ्‍नो धन-सम्‍पत्ति र आफ्‍ना सबै उब्‍जनीको अगौटे फलले परमप्रभुको आदर गर,

लूका 16 : 11
11 यसकारण तिमीहरू सांसारिक धनमा ईमानदार भएनौ भने, तिमीहरूलाई साँचो धनको जिम्‍मा कसले देला?

हितोपदेश 21 : 20
20 बुद्धिमान्‌ मानिसको घरमा उत्तम भोजन र तेल मौजूद हुन्‍छ, तर मूर्ख मानिसले आफूसँग भएको सबै उड़ाउँछ।

उपदेशक 5 : 10
10 जसले रुपियाँपैसाको माया गर्छ, त्‍यसलाई रुपियाँपैसाले कहिल्‍यै पुग्‍दैन। जसले धन-सम्‍पत्तिको माया गर्छ, त्‍यो आफ्‍नो आमदानीसँग कहिल्‍यै सन्‍तुष्‍ट हुँदैन। यो पनि व्‍यर्थ हो।

लूका 14 : 28
28 “तिमीहरूमध्‍ये कसैले एउटा धरहरा बनाउने इच्‍छा गर्छ भने, त्‍यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्‍यसले पहिले नै बसेर हिसाब लाउँदैन र?

यूहन्‍ना 10 : 10
10 “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ।

प्रेरित 4 : 1 – 360

1 पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोल्‍दै नै थिए, पूजाहारीहरू, मन्‍दिरका कप्‍तान र सदुकीहरू तिनीहरूकहाँ आए।
2 उनीहरू रिसाएका थिए, किनकि येशूमा पुनरुत्‍थान हुन्‍छ भन्‍ने कुरा तिनीहरूले मानिसहरूलाई सिकाउँदैथिए र घोषणा गर्दैथिए।
3 तब उनीहरूले यिनीहरूलाई पक्रे, र भोलिपल्‍टसम्‍म थुनामा राखे, किनभने त्‍यस बेला साँझ परिसकेको थियो।
4 तर वचन सुन्‍नेहरूमध्‍ये धेरैले नै विश्‍वास गरे, र विश्‍वास गर्ने मानिसहरूको संख्‍या प्राय: पाँच हजार भयो।
5 भोलिपल्‍ट यिनीहरूका शासकहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू यरूशलेममा भेला भएका थिए।
6 प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्‍जेन्‍डर र प्रधान पूजाहारीका परिवारका जम्‍मै त्‍यहाँ थिए।
7 तिनीहरूले पत्रुस र यूहन्‍नालाई बीचमा खड़ा गराएर सोधे, “कुन शक्तिबाट अथवा कसको नाउँमा तिमीहरूले यो गरेका हौ?”
8 तब पवित्र आत्‍माले भरिपूर्ण भएर पत्रुसले तिनीहरूलाई भने, “मानिसहरूका शासक र धर्म-गुरु हो,
9 आज हामीले एक जना लङ्गड़ो मानिसप्रति एउटा असल काम गरेको विषयमा त्‍यो कुन उपायले निको पारियो भनेर प्रश्‍न गर्नुहुन्‍छ भने,
10 तपाईंहरू सबैलाई र इस्राएलका सारा मानिसलाई थाहा होस्, कि तपाईंहरूले क्रूसमा टाँग्‍नुभएको र परमेश्‍वरले मृतकबाट जीवित पार्नुभएका, उनै नासरतका येशू ख्रीष्‍टको नाउँमा यो मानिस तपाईंहरूका सामुन्‍ने निको भएर उभिएको छ।
11 ‘यो त्‍यही ढुङ्गो हो, जो तपाईं, निर्माताहरूले इन्‍कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ।’
12 अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्‍वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।”
13 जब तिनीहरूले पत्रुस र यूहन्‍नाको साहस देखे, र यिनीहरू अशिक्षित र साधारण मानिसहरू रहेछन्‌ भनी थाहा पाए, तब तिनीहरू छक्‍क परे, र यिनीहरू येशूको साथमा रहन्‍थे भन्‍ने तिनीहरूले थाहा पाए।
14 तर निको भएको मानिसलाई यिनीहरूसँग उभिरहेको देखेर तिनीहरूले केही बोल्‍न सकेनन्‌।
15 यसैले यिनीहरूलाई महासभाबाट बाहिर जाने आज्ञा दिएर तिनीहरूले यसो भनी आपसमा मतो गरे,
16 “यी मानिसहरूलाई अब हामीले के गर्ने हो? किनभने साँच्‍ची नै यिनीहरूबाट एउटा अचम्‍मको काम भएको छ भन्‍ने यरूशलेमका बासिन्‍दा जम्‍मैलाई प्रकट भइसकेको छ, र हामी यो इन्‍कार गर्न सक्‍दैनौं।
17 तर यो कुरो जनतामा नफैलिओस्‌ भनी ‘फेरि यस नाउँमा कुनै मानिससँग तिमीहरू केही नबोल्‍नू’ भनी हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ।”
18 अनि यिनीहरूलाई बोलाएर “अब उप्रान्‍त येशूको नाउँमा नबोल्‍नू र कुनै शिक्षा नदिनू” भनी तिनीहरूले आज्ञा दिए।
19 तर पत्रुस र यूहन्‍नाले तिनीहरूलाई उत्तर दिए, “परमेश्‍वरको कुरा सुन्‍नुभन्‍दा तपाईंहरूको कुरा सुन्‍नु परमेश्‍वरको दृष्‍टिमा ठीक हो कि होइन तपाईंहरू आफै विचार गर्नुहोस्‌।
20 किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्‍दैसक्‍दैनौं।”
21 तिनीहरूले सजाय दिने केही उपाय नभएर यिनीहरूलाई अझ बढ़ी धम्‍काएर छोडिदिए, किनभने जे घटना घटेको थियो त्‍यसको निम्‍ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए।
22 किनकि जुन मानिस आश्‍चर्य कामद्वारा निको पारिएको थियो, त्‍यसको उमेर चालीस वर्षभन्‍दा बढ़ी थियो।
23 छुटकारा पाएर तिनीहरू आफ्‍ना साथीहरूकहाँ आए, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए।
24 जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ परमेश्‍वरतिर आफ्‍ना सोर उचाली भने, “हे प्रभु, जसले स्‍वर्ग, पृथ्‍वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो,
25 जसले पवित्र आत्‍माद्वारा आफ्‍ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्‍नुभयो, ‘अन्‍यजातिहरू किन झोकिए, र मानिसहरूले व्‍यर्थका कुराहरू किन कल्‍पना गरे?
26 परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्‍वीका राजाहरू खड़ा भए, र शासकहरू एकसाथ भेला भए।’
27 किनभने साँच्‍चै तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्‍तियस पिलातस दुवै जना, अन्‍यजाति र इस्राएलीहरूसँग यसै सहरमा भेला भएका थिए।
28 त्‍यही गर्नलाई जे तपाईंको बाहुलीबाट र तपाईंको योजनाअनुसार अघिबाटै ठहराइएको थियो।
29 अब हे प्रभु, तिनीहरूका धम्‍कीमाथि नजर गर्नुहोस्, र तपाईंका दासहरूलाई पूरा साहससित तपाईंको वचन बोल्‍न दिनुहोस्,
30 र निको पार्नलाई तपाईंले आफ्‍नो बाहुली फैलाउनुहुँदा, आफ्‍ना पवित्र सेवक येशूको नाउँद्वारा चिन्‍ह र आश्‍चर्य कामहरू होऊन्‌।”
31 तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्‍प भयो, र तिनीहरू सबै जना पवित्र आत्‍माले भरिए, र तिनीहरूले साहससित परमेश्‍वरको वचन बोले।
32 विश्‍वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्‍माका भएका थिए, र तिनीहरूमध्‍ये एउटाले पनि आफ्‍नो धन-सम्‍पत्तिको केही थोक यो मेरो आफ्‍नो हो भनी भन्‍दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए।
33 ती प्रेरितहरूले बड़ो शक्तिसाथ प्रभु येशूका पुनरुत्‍थानको गवाही दिन्‍थे, र तिनीहरू सबैमाथि ठूलो अनुग्रह रहेको थियो।
34 तिनीहरूमध्‍ये कसैलाई केही कुराको खाँचो पर्दैनथ्‍यो, किनकि जति जना जग्‍गा जमिन कि घरका मालिक थिए, तिनीहरूले ती बेचेर त्‍यसको मोल ल्‍याउँथे,
35 र प्रेरितहरूका चरणमा राखिदिन्‍थे, र जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्‍यो, सो हरेकलाई बाँड़िदिन्‍थे।
36 अब साइप्रस देशको लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास भनी नाउँ राखेका थिए (जसको अर्थ उत्‍साहको पुत्र हो),
37 उनले आफ्‍नो जमिन बेचे र त्‍यो रकम ल्‍याएर प्रेरितहरूका चरणमा राखिदिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *