पेलेथाइट्स

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पेलेथाइट्स

१ राजाहरू 1 : 38
38 तब सादोक पूजाहारी, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह, करेती र पेलेथीहरू तल झरेर सोलोमनलाई राजा दाऊदको खच्‍चरमा सवार गराए, र तिनलाई गीहोनसम्‍म साथ दिए।

२ शमूएल 8 : 18
18 यहोयादाका छोरा बनायाह करेती र पेलेथीमाथि अधिकृत थिए। दाऊदका छोराहरूचाहिँ राजकीय सल्‍लाहकार थिए।

२ शमूएल 20 : 7
7 यसकारण योआबका मानिसहरू, र करेती र पेलेथी अनि सबै लड़ाका मानिसहरू अबीशैको पछि लागे। तिनीहरू बिक्रीको छोरो शेबालाई खेद्‌न यरूशलेमबाट हिँड़े।

२ शमूएल 20 : 23
23 योआब सम्‍पूर्ण इस्राएली फौजका सेनापति थिए, अनि यहोयादाका छोरा बनायाहचाहिँ करेती र पेलेथीहरूमाथि अधिकृत थिए।

१ इतिहास 18 : 17
17 यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका जिम्‍मावाल थिए। दाऊदका छोराहरूचाहिँ राजाका मुख्‍य अधिकारीहरू थिए।

२ शमूएल 15 : 18
18 गातबाट राजाका साथ आएका छ सय गित्ती, अनि सबै करेती र पेलेथीसहित सबै मानिसहरू राजाका सामुन्‍ने हिँड़ेर गए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *