पूजामा संगीत

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पूजामा संगीत

भजनसंग्रह 95 : 1
1 आओ, परमप्रभुको निम्‍ति हामी आनन्‍दले गाऔं, हाम्रो उद्धारको चट्टानकहाँ चर्को सोरले कराऔं।

भजनसंग्रह 150 : 1 – 6
1 हल्‍लेलूयाह! [1] परमप्रभुलाई उहाँको पवित्रस्‍थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!
2 उहाँका शक्तिशाली कार्यहरूका निम्‍ति उहाँको प्रशंसा गर! उहाँको उत्‍कृष्‍ट महानताको निम्‍ति उहाँको प्रशंसा गर!
3 तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5 झ्‍यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्‍जायमान पार्ने झ्‍यालीहरू बजाएर उहाँको प्रशंसा गर!
6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्‌! हल्‍लेलूयाह!

कलस्सी 3 : 16
16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्‍ततासँग वास गरोस्‌। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्‍वरप्रति आफ्‍नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्‍तुति र आत्‍मिक गान गाओ।

एफिसी 5 : 19
19 एउटाले अर्कासँग भजन, गीत र आत्‍मिक गानमा बोल्‍दै र आफ्‍नो सम्‍पूर्ण हृदयले प्रभुको निम्‍ति गाउँदै र धुन निकाल्‍दै

प्रेरित 16 : 25
25 तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए।

भजनसंग्रह 100 : 1 – 2
1 हे सारा पृथ्‍वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ।
2 आनन्‍दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्‍ने आओ।

भजनसंग्रह 71 : 23
23 जब म तपाईंको प्रशंसा गाउँदछु, मेरा ओठहरू हर्षले कराउनेछन्‌— म, जसलाई तपाईंले उद्धार गर्नुभएको छ।

याकूब 5 : 13
13 के तिमीहरूमा कसैले कष्‍ट भोगिरहेछ? त्‍यसले प्रार्थना गरोस्‌। के कोही आनन्‍दित छ? त्‍यसले प्रशंसाको भजन गाओस्‌।

रोमी 15 : 9
9 यस हेतुले कि अन्‍यजातिहरूले उहाँका कृपाको निम्‍ति परमेश्‍वरको महिमा गरून्‌। जस्‍तो लेखिएको छ, “यसैकारण अन्‍यजातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्‍तुति गाउनेछु।”

भजनसंग्रह 33 : 3
3 उहाँको निम्‍ति एउटा नयाँ भजन गाओ, जयजयकार गर्दै निपुणतासाथ वाद्यहरू बजाओ।

भजनसंग्रह 149 : 3
3 नाच्‍दै तिनीहरूले उहाँका नाउँको प्रशंसा गरून्‌, खैँजड़ी र वीणासहित तिनीहरूले उहाँको भजन गाऊन्‌।

एफिसी 5 : 18 – 20
18 दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ।
19 एउटाले अर्कासँग भजन, गीत र आत्‍मिक गानमा बोल्‍दै र आफ्‍नो सम्‍पूर्ण हृदयले प्रभुको निम्‍ति गाउँदै र धुन निकाल्‍दै
20 सधैँ सबै कुराका निम्‍ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाओ।

मत्ती 26 : 30
30 एउटा भजन गाएपछि उहाँहरू जैतून डाँड़ातिर निस्‍केर जानुभयो।

हिब्रू 2 : 12
12 उहाँ भन्‍नुहुन्‍छ, “मेरा भाइहरूका सामुन्‍ने तपाईंको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।”

यूहन्‍ना 4 : 24
24 परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँका आराधकहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ।”

भजनसंग्रह 150 : 4
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!

भजनसंग्रह 9 : 2
2 म तपाईंमा रमाउनेछु र उल्‍लसित हुनेछु। हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाउँमा म स्‍तुति गाउनेछु।

२ शमूएल 6 : 5
5 दाऊद र सबै इस्राएलीहरूका घराना बड़ो जोशसाथ आनन्‍दले गाना, वीणा, सारङ्गी, खैँजड़ी, मृदङ्ग र झ्‍यालीको सुरमा रमाहट गर्दैथिए।

२ शमूएल 6 : 14
14 दाऊद सूती कपड़ाको एपोद लगाएर परमप्रभुको सामुन्‍ने पूरा शक्तिको साथ नाचे।

फिलिप्पी 4 : 8
8 अन्‍त्‍यमा भाइ हो, जे कुरो सत्‍य छ, जे कुरो आदरणीय छ, जे कुरो न्‍यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्‍य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्‍ठता, प्रशंसाको योग्‍य केही छ भने यी नै कुराका विचार गर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *