पुरुषहरु आफ्नो कपाल काट्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पुरुषहरु आफ्नो कपाल काट्दै

लेवीहरू 19 : 27
27 “‘तिमीहरूले आफ्‍नो कन्‍चटको कपाल नकाट्‌नू, अनि आफ्‍नो दाह्रीका कुना-कुना नछाँट्‌नू।

गन्ती 6 : 1 – 27
1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
2 “इस्राएलीहरूलाई भन्‌: ‘कुनै पुरुष वा स्‍त्रीले विशेष भाकल, अर्थात्‌ परमप्रभुको निम्‍ति अलग हुनलाई नाजिरीको भाकल गर्ने इच्‍छा गर्छ भने,
3 त्‍यो दाखमद्य र अरू मद्यबाट अलग बसोस्‌। त्‍यसले दाखमद्य वा अरू मद्यको सिर्का नपिओस्, अनि दाखको रस वा ताजा वा सुकाएको दाखहरू नखाओस्‌।
4 जति दिनसम्‍म त्‍यो नाजिरी भएर अलग बस्‍छ, त्‍यसले दाखका बीउदेखि लिएर बोक्रासम्‍म केही नखाओस्‌।
5 “त्‍यो अलग हुने भाकल राखेका सम्‍पूर्ण दिनसम्‍म त्‍यसको शिरमा छुरा नलाओस्‌। जहिलेसम्‍म परमप्रभुको निम्‍ति आफूलाई अलग राख्‍छ, त्‍यो समय पूरा नहोउञ्‍जेल त्‍यो शुद्ध बसोस्‌। त्‍यसले आफ्‍नो कपाल लामो हुन देओस्‌।
6 जति दिनसम्‍म त्‍यसले आफूलाई परमप्रभुको निम्‍ति अलग राख्‍छ, त्‍यति दिनसम्‍म त्‍यो कुनै मुर्दाको नजिक नजाओस्‌।
7 त्‍यसका बुबा वा आमा, कि दाजुभाइ वा दिदी-बहिनी मरे भने पनि तिनीहरूका निम्‍ति त्‍यसले आफूलाई अशुद्ध नतुल्‍याओस्, किनभने आफ्‍ना परमेश्‍वरको निम्‍ति अलग भएको चिन्‍ह त्‍यसको शिरमा छ।
8 त्‍यसका अलग बस्‍ने सम्‍पूर्ण दिनसम्‍म त्‍यो परमप्रभुको निम्‍ति पवित्र छ।
9 “‘अचानक कुनै मानिस त्‍यसको नजिकै मरेर आफूले अर्पण गरेको कपाल अशुद्ध पार्‍यो भने, शुद्धि हुने सातौँ दिनमा त्‍यसले आफ्‍नो कपाल खौरोस्‌।
10 अनि आठौँ दिनमा त्‍यसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचरा भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्‍याओस्‌।
11 मुर्दाको नजिक भएर त्‍यसले पाप गरेको हुनाले पूजाहारीले त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नलाई तीबाट एउटा पापबलि, अर्कोचाहिँ होमबलि गरी चढ़ाऊन्‌। अनि त्‍यही दिन त्‍यसले आफ्‍नो शिर चोख्‍याओस्‌।
12 आफू अलग रहने समय होउञ्‍जेल त्‍यसले परमप्रभुको लागि आफैलाई अर्पण गरोस्, र दोषबलिको निम्‍ति एक वर्षे थुमा ल्‍याओस्‌। त्‍यसको अलग रहेको समय अशुद्ध भएको हुनाले, ती अघिका दिनहरूको गन्‍ती हुनेछैन।
13 “‘आफ्‍नो अलग रहने समय पूरा भएपछि नाजिरीलाई नियम यही हो। त्‍यसलाई भेट हुने पालको ढोकामा ल्‍याउनू।
14 त्‍यसले परमप्रभुको निम्‍ति त्‍यहाँ यी बलिहरू चढ़ाउनुपर्नेछ: होमबलिको निम्‍ति एउटा एक वर्षे निष्‍खोट थुमा, पापबलिको निम्‍ति एउटी एक वर्षे निष्‍खोट पाठी, र मेलबलिको निम्‍ति एउटा निष्‍खोट भेड़ा,
15 एक डालो अखमिरी रोटी— तेलले मुछेको मसिनो पीठोका फुरौला र तेल दलेका अखमिरी बाबरहरू— र तिनीहरूका अन्‍नबलि र अर्घ-बलि।
16 “‘तब पूजाहारीले परमप्रभुको सामुन्‍ने त्‍यसको निम्‍ति पापबलि र मेलबलि चढ़ाऊन्‌।
17 तिनले परमप्रभुको निम्‍ति मेलबलिको रूपमा डालोमा भएको अखमिरी रोटी र भेड़ा, र साथै त्‍यसको अन्‍नबलि र अर्घ-बलि चढ़ाऊन्‌।
18 “‘तब त्‍यस नाजिरीले भेट हुने पालको ढोकामा आफूले अर्पण गरेको कपाल खौरोस्, र त्‍यो कपाल लिई मेलबलिको मुन्‍तिर रहेको आगोमा हालिदेओस्‌।
19 “‘त्‍यसले आफ्‍नो अर्पणको कपाल खौरिसकेपछि पूजाहारीले भेड़ाको उसिनेको कुम, डालोका एउटा अखमिरी फुरौला र अखमिरी बाबर लिएर त्‍यस नाजिरीको हातमा राखिदेऊन्।
20 अनि पूजाहारीले तिनलाई डोलाइने बलिको रूपमा परमप्रभुको सामु डोलाऊन्‌। यी र डोलाइएको ह्याकुलो र चढ़ाइएको साँप्रो पूजाहारीको निम्‍ति पवित्र भाग हुनेछ। त्‍यसपछि त्‍यस नाजिरीले दाखमद्य पिए हुन्‍छ।
21 “‘नाजिरीले गर्ने भाकलको नियम यही हो। त्‍यसले आफूलाई अर्पण गरेबमोजिम परमप्रभुलाई चढ़ाउने भेटी यी नै हुन्‌। आफूले गरेको भाकल नाजिरीको नियमअनुसार सम्‍पूर्ण रूपले त्‍यसले पालन गर्नुपर्छ’।”
22 परमप्रभुले मोशालाई भन्‍नुभयो,
23 “हारून र त्‍यसका छोराहरूलाई भन्, ‘इस्राएलीहरूलाई तिमीहरूले आशीर्वाद दिँदा यसो भन्‍नू:
24 परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, र तिमीहरूलाई रक्षा गरून्‌।
25 परमप्रभुले आफ्‍नो मुख तिमीहरूमाथि चम्‍काऊन्, र तिमीहरूलाई अनुग्रह गरून्‌।
26 परमप्रभुले आफ्‍नो चेहरा तिमीहरूमाथि प्रकाश गरून्, र तिमीहरूलाई शान्‍ति देऊन्।’
27 “यसरी नै तिनीहरूले इस्राएलीहरूमाथि मेरो नाम कायम राख्‍नेछन्, र म तिनीहरूलाई आशिष्‌ दिनेछु।”

१ कोरिन्थी 11 : 14
14 पुरुषले लामो केश पाल्‍यो भने त्‍यो त्‍यसको निम्‍ति शर्मको कुरो हो भनी के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?

१ कोरिन्थी 11 : 2 – 16
2 म तिमीहरूको तारिफ गर्दछु, किनकि सबै विषयमा तिमीहरू मलाई सम्‍झन्‍छौ, र मैले तिमीहरूलाई दिएका शिक्षाहरू कायम राख्‍तछौ।
3 तर तिमीहरूले यो बुझ भन्‍ने म चाहन्‍छु, कि हरेक मानिसको शिर ख्रीष्‍ट हुनुहुन्‍छ, स्‍त्रीको शिर तिनको पति हो, अनि ख्रीष्‍टको शिर परमेश्‍वर हुनुहुन्‍छ।
4 प्रार्थना गर्दा वा अगमवाणी बोल्‍दा आफ्‍नो शिर ढाक्‍ने मानिसले आफ्‍नो शिरको अपमान गर्दछ।
5 तर शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्‍ने स्‍त्रीले आफ्‍नो शिरको अपमान गर्दछे, किनकि यो तिनले आफ्‍नो केश खौरेको जस्‍तो हो।
6 किनकि कुनै स्‍त्रीले शिर ढाक्‍दिन भने बरु तिनले केश काटोस्‌। तर केश काट्‌नु कि खौरनु स्‍त्रीको निम्‍ति शर्मको कुरो हो भनेता तिनले शिरमा घुम्‍टो हालोस्‌।
7 किनकि पुरुषले आफ्‍नो शिर ढाक्‍नुहुँदैन, किनभने ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो, तर स्‍त्रीचाहिँ पुरुषको गौरव हो।
8 किनकि पुरुष स्‍त्रीबाट बनिएको होइन, तर स्‍त्रीचाहिँ पुरुषबाट बनिएकी हो।
9 स्‍त्रीको निम्‍ति पुरुष सृष्‍टि भएको होइन, तर स्‍त्री पुरुषको निम्‍ति हो।
10 यसैकारण र स्‍वर्गदूतहरूका खातिर पनि स्‍त्रीले आफ्‍नो शिर घुम्‍टोले ढाकेको हुनुपर्छ।
11 तरै पनि प्रभुमा पुरुषबाट स्‍त्री स्‍वतन्‍त्र हुँदिन, न त स्‍त्रीबाट पुरुष नै।
12 किनकि जसरी पुरुषबाट स्‍त्री बनिई, त्‍यसरी नै पुरुष स्‍त्रीबाट जन्‍मन्‍छ। तर सब थोक परमेश्‍वरबाट नै आउँदछन्‌।
13 तिमीहरू आफै विचार गर, शिर नढाकी परमेश्‍वरलाई प्रार्थना गर्न स्‍त्रीलाई सुहाउँछ र?
14 पुरुषले लामो केश पाल्‍यो भने त्‍यो त्‍यसको निम्‍ति शर्मको कुरो हो भनी के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
15 तर यदि स्‍त्रीको लामो केश छ भनेता त्‍यो तिनको निम्‍ति गौरव हो। किनकि स्‍त्रीको केश तिनलाई ढाक्‍नलाई दिइएको हो।
16 तर कसैले यस विषयमा वाद-विवाद उठाउन चाहन्‍छ भने, हाम्रो कुनै यस्तो रीति छैन न त परमेश्‍वरका मण्‍डलीहरूको नै छ।

२ शमूएल 10 : 4
4 यसैले हानूनले दाऊदका दूतहरूलाई समातेर आधा-आधा दाह्री काटिदिए, र जाँघसम्‍म आधा-आधा लुगा काटिदिए। तब उनले तिनीहरूलाई त्‍यहाँबाट पठाइदिए।

इजकिएल 44 : 20
20 “‘तिनीहरूले आफ्‍ना केश मुड़ाउनुहुँदैन अथवा ती लामा बढ्‌न पनि दिनुहुँदैन, तर तिनीहरूले आफ्‍नो केश छोटो गरी काट्‌नुपर्छ।

लेवीहरू 21 : 5
5 “‘पूजाहारीहरूले शोकमा आफ्‍नो कपाल नखौरून्, दाह्रीका कुनाहरू नछाँटून्‌ र आफ्‍नो शरीरमा कुनै चोट नपारून्‌।

१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

यर्मिया 7 : 29
29 आफ्‍नो केश खौरेर फालिदे, नाङ्गा डाँड़ाहरूमा विलाप गर्, किनकि उहाँको क्रोधमा परेको यस पुस्‍तालाई परमप्रभुले इन्‍कार गर्नु र त्‍याग्‍नुभएको छ।

इजकिएल 27 : 31
31 तेरो कारण तिनीहरूले आफ्‍नो कपाल मुण्‍डन गर्नेछन्, र तिनीहरूले भाङ्‌ग्रा लाउनेछन्, र तेरो निम्‍ति हृदयमा पीर लिएर साह्रै शोक गरी रुनेछन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *