पिलाट, पोन्टियस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पिलाट, पोन्टियस

मत्ती 27 : 2
2 अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्‍पिदिए।

लूका 3 : 1
1 कैसर तिबेरिअसका शासनकालको पन्‍ध्रौँ वर्षमा पन्‍तियस पिलातस यहूदियाका हाकिम थिए। त्‍यस बेला हेरोद गालीलका शासक थिए, र तिनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए, अनि लुसानियास अबिलेनेका शासक थिए।

लूका 13 : 1
1 त्‍यसै बेला त्‍यहाँ कति जना उपस्‍थित थिए, जसले ती गालीलीहरूका विषयमा उहाँलाई भने, जसलाई पिलातसले हत्‍या गरी तिनीहरूको रगत बलि भइरहेका पशुको रगतसँग मिसाइदिएका थिए।

यूहन्‍ना 18 : 40
40 तर तिनीहरू फेरि यसो भन्‍दै कराए, “यसलाई होइन, तर बारब्‍बालाई।” बारब्‍बाचाहिँ डाँकू थियो।

प्रेरित 3 : 13
13 अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर, हाम्रा पुर्खाका परमेश्‍वरले आफ्‍ना सेवक येशूलाई महिमित पार्नुभयो, जसलाई तपाईंहरूले चाहिँ पक्राइदिनुभयो, र पिलातसले उहाँलाई छोडिदिने विचार गर्दा पनि तपाईंहरूले उहाँलाई उनकै सामने अस्‍वीकार गर्नुभयो।

प्रेरित 4 : 27
27 किनभने साँच्‍चै तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्‍तियस पिलातस दुवै जना, अन्‍यजाति र इस्राएलीहरूसँग यसै सहरमा भेला भएका थिए।

प्रेरित 13 : 28
28 ज्‍यानसजायको केही कारण नपाए तापनि तिनीहरूले उहाँलाई मार्नुपर्छ भनी पिलातससँग बिन्‍ती गरे,

१ तिमोथी 6 : 13
13 सबै थोकलाई जीवन दिनुहुने परमेश्‍वर र पन्‍तियस पिलातसको अगाडि असल गवाही दिनुहुने ख्रीष्‍ट येशूको सामने,

मत्ती 27 : 58
58 तिनले पिलातसकहाँ गएर येशूको मृत शरीर मागे, र पिलातसले सो तिनलाई दिने हुकुम गरे।

मर्कूस 15 : 45
45 उहाँको मृत्‍यु भइसकेको कुरा कप्‍तानबाट थाहा पाएपछि पिलातसले येशूको मृत शरीर योसेफलाई लैजाने अनुमति दिए।

लूका 23 : 52
52 उनले पिलातसकहाँ गएर येशूको लाश मागे,

यूहन्‍ना 19 : 38
38 त्‍यसपछि अरिमाथियाको योसेफ, जो यहूदीहरूको डरले गर्दा गुप्‍तमा मात्र येशूका चेला थिए, तिनले पिलातसलाई येशूको मृत शरीर लैजान पाऊँ भनी बिन्‍ती गरे। पिलातसले अनुमति दिए। तब तिनले आएर उहाँको मृत शरीर लगे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *