यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पित्त
अय्यूब 16 : 13
13 उहाँका धनुर्धारीहरू मेरा चारैतिर छन्, निर्दयतापूर्वक उहाँले मेरो मिर्गौला छेड्नुभयो। उहाँले मेरो पित्त भूइँमा पोखाउनुभयो।
अय्यूब 20 : 14
14 त्यसको खानेकुरा त्यसको पेटमा अमिलो हुनेछ, र साँपको विषझैँ त्यो त्यसभित्र परिवर्तन हुनेछ।
व्यवस्था 29 : 18
18 होशियार! तिमीहरूमध्येका कोही पुरुष वा स्त्री, अथवा वंश वा कुलको हृदय ती जातिका देवताहरूको पूजा गर्न आज परमप्रभु हाम्रा परमेश्वरदेखि बरालिएर नजाओस्। होश गर, तिमीहरूका बीचमा यस्तो तीतो विष उत्पन्न गर्ने कुनै जरो नहोस्।
भजनसंग्रह 69 : 21
21 तिनीहरूले मेरो खानामा पित्त हाले, र मेरो तिर्खामा तिनीहरूले मलाई सिर्का दिए।
मत्ती 27 : 34
34 तब तिनीहरूले उहाँलाई पित्त मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले चाखेर त्यो पिउन चाहनुभएन।
प्रेरित 8 : 23
23 किनकि म देख्तछु, तँ तिक्तताले भरिएको छस्, अनि अधर्मको बन्धनमा छस्।”
Leave a Reply