पाशविकता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पाशविकता

लेवीहरू 18 : 23
23 “‘कुनै पशु-प्राणीसित सम्‍भोग गरेर तैंले आफूलाई अशुद्ध नगर्‌। स्‍त्री पनि सम्‍भोग गर्नलाई पशु-प्राणीसित नसुतोस्‌। त्‍यो अस्‍वाभाविक दुराचरण हो।

प्रस्‍थान 22 : 19
19 जसले पशुसित यौन सम्‍बन्‍ध राख्‍छ, त्‍यो मारिनैपर्छ।

लेवीहरू 20 : 15 – 16
15 “‘कसैले पशुसित सम्‍भोग गर्‍यो भने त्‍यो मानिस मारिनैपर्छ, र त्‍यस पशुलाई पनि मारिदिनू।
16 “‘यदि कुनै स्‍त्री पशु-सम्‍भोगमा फेला परी भने त्‍यो स्‍त्री र पशु दुवै मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्‌।

रोमी 1 : 24 – 25
24 यसकारण परमेश्‍वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्‍ना शरीरको अनादर गरून्‌।
25 किनकि तिनीहरूले परमेश्‍वरको सत्‍यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्‍य सृष्‍टिकर्तालाई त्‍यागेर बरु सृष्‍टि गरिएका थोकहरूको पूजा र सेवा गरे।

व्यवस्था 27 : 21
21 “पशुसँग सम्‍भोग गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

१ कोरिन्थी 6 : 9
9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,

रोमी 1 : 26
26 यसैकारण परमेश्‍वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्‍ति छोडिदिनुभयो। तिनीहरूका स्‍त्रीहरूले आफ्‍ना स्‍वाभाविक व्‍यवहारलाई अस्‍वाभाविक व्‍यवहारमा परिवर्तन गरे,

२ कोरिन्थी 12 : 21
21 मलाई डर लाग्‍छ, कि म फेरि आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामुन्‍ने होच्‍याइदिनुहुनेछ, र धेरै जनाका निम्‍ति मैले शोक गर्नुपर्नेछ, जुनहरूले अघि पाप गरेका थिए, र आफूले गरेका अशुद्धता, व्‍यभिचार र छाडापनबाट पश्‍चात्ताप गरेका छैनन्‌ होला।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *