पालना

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पालना

एफिसी 6 : 1
1 छोरा-छोरी हो, प्रभुमा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।

यहोशू 23 : 6
6 “यसकारण मोशाका व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका सबै कुरा साहसपूर्वक पालन गर र मान, र त्‍यसबाट तिमीहरू दाहिने-देब्रेतिर नलाग।

१ यूहन्‍ना 2 : 3
3 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्‍यौं भने यसैबाट हामी थाहा पाउन सक्‍छौं, कि हामी उहाँलाई चिन्‍दछौं।

रोमी 6 : 16
16 के तिमीहरू जान्‍दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसकहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, त्‍यसको कमारा पनि हुन्‍छौ? कि त मृत्‍युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको?

यूहन्‍ना 14 : 15
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।

हिब्रू 12 : 1 – 29
1 यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाएर हाम्रा सामुन्‍ने राखिदिएको दौड धैर्यसाथ दौडौं।
2 हाम्रा विश्‍वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्‍ने राखिदिएका आनन्‍दको निम्‍ति अपमानलाई केहीजस्‍तो नठानी क्रूसको कष्‍ट भोग्‍नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ।
3 पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, र तिमीहरू शिथिल नहोओ, अनि हरेस नखाओ।
4 पापको विरुद्धमा तिमीहरूले गरेका सङ्घर्षमा रगत बगाउनुपर्ने अवस्‍थासम्‍म तिमीहरू पुगेका छैनौ।
5 के तिमीहरूले अर्तीका ती वचन भुलेका छौ जसले तिमीहरूलाई पुत्रहरू भनी सम्‍बोधन गरेको छ? “हे मेरो पुत्र, परमप्रभुको ताड़नालाई हलुका नसम्‍झ, उहाँबाटको दण्‍डमा हरेस नखाऊ,
6 किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ त्‍यसैलाई ताड़ना दिनुहुन्‍छ, र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्‍ड दिनुहुन्‍छ।”
7 ताड़नाको निम्‍ति नै तिमीहरू कष्‍ट सहन्‍छौ। परमेश्‍वरले तिमीहरूसँग छोरालाई झैँ व्‍यवहार गर्नुहुन्‍छ। किनकि बाबुले ताड़ना नदिएको कुनचाहिँ छोरा हुन्‍छ र?
8 तर यदि सबै जना सहभागी भएको त्‍यो ताड़ना तिमीहरूले पाएका छैनौ भनेता तिमीहरू आफ्‍ना बाबुका खास छोराहरू होइनौ, तर व्‍यभिचारमा जन्‍मेका छोराहरू हौ।
9 यसबाहेक हामीलाई ताड़ना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गर्‍यौं। के झन्‌ बढ़ी हाम्रा आत्‍माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्‍त गर्दैनौं र?
10 किनकि तिनीहरूले असल ठानेबमोजिम केही दिन हामीलाई ताड़ना दिए। तर हामी उहाँका पवित्रताको सहभागी हुन सकौं भनेर हाम्रो फाइदाको निम्‍ति उहाँले ताड़ना दिनुहुन्‍छ।
11 सबै ताड़ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्‍छ, तर ताड़नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्‍तिपूर्ण फल उत्‍पन्‍न गराउँछ।
12 यसकारण लत्रेका हातहरू उठाओ, र दुर्बल घुँड़ाहरू बलिया बनाओ।
13 तिमीहरू हिँड्‌ने बाटो सोझो बनाओ, ताकि लङ्गड़ो गोडा नखुस्‍कोस्, तर निको होस्‌।
14 सबै मानिसहरूसँग शान्‍तिमा बस्‍ने र पवित्र हुने प्रयत्‍न गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्‍न सक्‍दैन।
15 ध्‍यान देओ, कि कुनै मानिस परमेश्‍वरको अनुग्रह प्राप्‍त गर्नदेखि वञ्‍चित नहोस्, ताकि तीतोपनको जरो उम्रेर आईकन त्‍यसले फूट नल्‍याओस्, र धेरै जनालाई अशुद्ध नपारोस्‌।
16 कोही पनि दुराचारी वा एसावजस्‍तै अधर्मी नहोस्, जसले एकछाक भोजनको लागि आफ्‍नो ज्‍येष्‍ठ पुत्रको जन्‍मसिद्ध अधिकार बेचिदियो।
17 तिमीहरूलाई थाहै छ, पछिबाट आशीर्वाद पाउन खोज्‍दा पनि ऊ अस्‍वीकृत भयो। किनकि उसले पश्‍चात्ताप गर्ने मौका पाएन, यद्यपि उसले आँसु बगाएर त्‍यो खोजेको थियो।
18 तिमीहरू एउटा छुन सकिने पर्वतमा आएका छैनौ, र तिमीहरू प्रचण्‍ड अग्‍नि, कालो बादल, घोर अन्‍धकार अथवा आँधीको नजिक पनि आएका छैनौ।
19 तुरहीको ठूलो आवाजको समीप, र एउटा सोरको छेउ पनि तिमीहरू आएका छैनौ, जसका शब्‍द सुन्‍नेहरूले “अब अरू बढ़ी एक वचन पनि नबोलिओस्‌” भनी बिन्‍ती गरे।
20 किनभने “यदि कुनै जनावरले त्‍यो पर्वत छोए, त्‍यसलाई ढुङ्गाले हानेर मार्नू” भन्‍ने आज्ञा तिनीहरूले सहन सकेनन्‌।
21 र त्‍यहाँको दृश्‍य यस्‍तो भयानक थियो, कि मोशाले पनि “म डरले काम्‍दछु” भनेका थिए।
22 तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्‍वरको सहर, स्‍वर्गीय यरूशलेममा, र असंख्‍य स्‍वर्गदूतहरूको आनन्‍द-उत्‍सवमा आएका छौ।
23 स्‍वर्गमा नाउँ दर्ता भएका पहिला जन्‍मेकाहरूका सभामा तिमीहरू आएका छौ। तिमीहरू सबका न्‍यायकर्ता परमेश्‍वरकहाँ, सिद्ध पारिएका धार्मिक मानिसहरूका आत्‍माका बीचमा,
24 र नयाँ करारका मध्‍यस्‍थ येशूको सम्‍मुख तथा छर्किएको त्‍यस रगतको सामु आएका छौ, जसले हाबिलको रगतभन्‍दा अझ उत्तम वचन बोल्‍दछ।
25 होशियार बस, जो बोल्‍दैहुनुहुन्‍छ, उहाँलाई तिमीहरू इन्‍कार नगर। किनकि यदि पृथ्‍वीमा चेताउनी दिनुहुनेलाई इन्‍कार गर्नेहरू उम्‍केनन्‌ भने स्‍वर्गबाट चेताउनी दिनुहुनेलाई अस्‍वीकार गर्‍यौं भने हामी कसरी उम्‍कन सक्‍छौं?
26 उहाँको सोरले त्‍यस बेला पृथ्‍वी काम्‍यो, तर अब त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “अझ एक पल्‍ट, पृथ्‍वी मात्र होइन, तर स्‍वर्गलाई समेत म हल्‍लाउनेछु।”
27 “अझ एक पल्‍ट” भन्‍ने वचनले यो देखाउँछ, कि हल्‍लाउन सकिने कुराहरू, अर्थात्‌ सृष्‍टि भएका कुराहरू हटाइनेछन्, तर हल्‍लाउन नसकिने कुराहरू स्‍थिर रहनेछन्‌।
28 यसकारण हल्‍लाउन नसकिने राज्‍य पाएकोमा हामी कृतज्ञ होऔं। त्‍यसैले हामी भक्ति र भयसाथ परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने आराधना चढ़ाऔं।
29 किनभने हाम्रा परमेश्‍वर भस्‍म पार्ने आगो हुनुहुन्‍छ।

रोमी 13 : 1
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

रोमी 13 : 1 – 7
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।
2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌।
3 किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ।
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।
5 यसकारण परमेश्‍वरको दण्‍डबाट बच्‍नलाई मात्र होइन, तर विवेकको निम्‍ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।

मत्ती 22 : 37 – 39
37 उहाँले तिनलाई भन्‍नुभयो, “तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले प्रेम गर्नू।
38 महान्‌ र प्रथम आज्ञा यही हो।
39 दोस्रो पनि त्‍यस्‍तै छ, तैंले आफ्‍नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू।

रोमी 13 : 1 – 14
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।
2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌।
3 किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ।
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।
5 यसकारण परमेश्‍वरको दण्‍डबाट बच्‍नलाई मात्र होइन, तर विवेकको निम्‍ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।
8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्‍नो छिमेकीलाई प्रेम गर्नेले व्‍यवस्‍था पूरा गरेको हुन्‍छ।
9 “तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।”
10 प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्‍यवस्‍था पूरा गर्नु हो।
11 यसबाहेक यो वर्तमान समय कस्‍तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्‍यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्ति अझ नजिक छ।
12 रात बितिसक्‍यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्‍धकारका काम छोड़ेर हामी ज्‍योतिका हातहतियार धारण गरौं।
13 दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन।
14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र पापमय स्‍वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्‍यान नदेओ।

तीतस 3 : 1
1 शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्‍पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ।

प्रेरित 2 : 38
38 पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ।

मर्कूस 16 : 16
16 विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ।

प्रेरित 22 : 16
16 त अब किन पर्खनुहुन्‍छ? उठ्‌नुहोस्, र बप्‍तिस्‍मा लिनुहोस्, अनि उहाँको नाउँको पुकार गरेर आफ्‍ना पाप धुनुहोस्‌।’

१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।

रोमी 13 : 2
2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *