पाल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पाल

उत्‍पत्ति 4 : 20
20 आदाले याबाललाई जन्‍माइन्‌। उनी पालमा बस्‍नेहरू र पशु पाल्‍नेहरूका पुर्खा थिए।

उत्‍पत्ति 9 : 21
21 जब तिनले दाखमद्य पिए, तब तिनी मात्तिए र आफ्‍नो पालभित्र नाङ्गै सुतिबसे।

उत्‍पत्ति 12 : 8
8 त्‍यहाँबाट तिनी हिँड़ेर बेथेलको पूर्वपट्टि भएको पहाड़मा सरे, र बेथेललाई पश्‍चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर आफ्‍नो पाल टाँगे। तिनले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे।

उत्‍पत्ति 13 : 18
18 तब अब्रामले आफ्‍ना पाल सारे, र हेब्रोनमा भएका मम्रेका फलाँटका रूखहरूमा आए। त्‍यहाँ आएर तिनी त्‍यहीँ बसोबास गर्न लागे। त्‍यहाँ परमप्रभुको निम्‍ति तिनले एउटा वेदी बनाए।

उत्‍पत्ति 18 : 1
1 दिउँसोको गर्मीमा मम्रेका फलाँटका रूखहरूनेरको आफ्‍नो पालको ढोकामा अब्राहाम बसिरहँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो।

उत्‍पत्ति 13 : 5
5 अब्रामको साथमा लागेका लोतका पनि भेड़ाबाख्रा र गाईबस्‍तुहरूका बथान र पालहरू थिए।

प्रस्‍थान 18 : 7
7 मोशा आफ्‍ना ससुरालाई भेट्‌न निस्‍के, र भेटेर तिनलाई ढोगेर म्‍वाइँ खाए। तिनीहरूले एक-अर्काको हालखबर सोधपूछ गरे, र पालभित्र पसे।

गन्ती 24 : 6
6 “ती उपत्‍यकाझैँ फैलिएका छन्, खोलाका किनारका बगैँचाझैँ, परमप्रभुले रोप्‍नुभएका एलवाहरूजस्‍ता, पानीनेरका देवदारुहरूजस्‍ता फैलिएका छन्‌।

२ शमूएल 20 : 1
1 शेबा नाउँ भएको एउटा दुष्‍ट मानिस त्‍यहाँ पनि थियो, जो बेन्‍यामीनी बिक्रीको छोरो थियो। त्‍यसले तुरही फुक्‍यो, र कराएर भन्‍यो, दाऊदमा हाम्रो के भाग छ? यिशैको छोरामा हाम्रो केही अधिकार छैन। हे इस्राएल, तिमीहरू आ-आफ्‍ना पालमा जाओ!

१ राजाहरू 12 : 16
16 जब राजाले तिनीहरूका कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले राजालाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्‍सा छ र? यिशैका छोरामा हाम्रो के भाग छ? हे इस्राएली हो, आ-आफ्‍नो पालमा जाओ, हे दाऊद, तिमी आफ्‍नै घर सम्हाल।” यसैकारण इस्राएलीहरू आ-आफ्‍नो घर लागे,

न्यायकर्ताहरू 6 : 5
5 उनीहरू आफ्‍ना गाई-गोरुका बथान र तम्‍बूहरू लिएर सलहको हूलझैँ आए। मानिस र तिनीहरूका ऊँटहरू अनगिन्‍ती थिए। देशलाई सखाप पार्न आक्रमण गरे।

हबकूक 3 : 7
7 मैले कूशनका पालहरूलाई दु:खमा, र मिद्यानका वासस्‍थानहरू शोकमा परेका देखें।

यशैया 13 : 20
20 त्‍यहाँ कहिल्‍यै कोही बस्‍नेछैन, पुस्‍तौँसम्‍म त्‍यहाँ कोही बस्‍नेछैन। कुनै अरबीले त्‍यहाँ आफ्‍नो पाल टाँग्‍नेछैन। कुनै गोठालाले आफ्‍नो बगाल त्‍यहाँ विश्राम गर्न दिनेछैन।

यशैया 38 : 12
12 गोठालाको पालझैँ मेरो घर भत्‍काएर मबाट खोसी लगियो। जुलाहाले लुगा बेहेरेझैँ मैले मेरो जीवन बेहेरेको छु, र उहाँले मलाई तानबाट काटिदिनुभएको छ। दिन र रातभरिमा नै तपाईंले मेरो अन्‍त गराइदिनुभयो।

यर्मिया 6 : 3
3 गोठालाहरू आ-आफ्‍ना बगालसाथ त्‍यसको विरुद्धमा आइलाग्‍नेछन्‌। उनीहरू आफ्‍ना पाल त्‍यसका चारैतिर लगाउनेछन्‌। हरेकले आफ्‍नै भाग चराउनेछ।”

उत्‍पत्ति 24 : 67
67 इसहाकले रिबेकालाई आफ्‍नी आमा साराको पालमा लगे, र विवाह गरे। अनि तिनी उनकी पत्‍नी भइन्, र उनले तिनलाई प्रेम गरे। यसरी आफ्‍नी आमाको मृत्‍युपछि इसहाकले सान्‍त्‍वना पाए।

उत्‍पत्ति 31 : 33
33 तब लाबान याकूबको पालभित्र, त्‍यसपछि लेआको र दुवै कमारीहरूका पालभित्र पसे, तर केही पाउन सकेनन्‌। उनी लेआको पालबाट निस्‍केर राहेलको पालभित्र पसे।

२ इतिहास 14 : 15
15 तिनीहरूले धेरै गोठालाहरूलाई पनि हमला गरे, र उनीहरूका धेरै भेड़ा, बाख्रा र ऊँटहरू पक्रेर लगे। त्‍यसपछि तिनीहरू यरूशलेममा फर्के।

प्रेरित 18 : 3
3 एकै पेशाका हुनाले तिनी पनि उनीहरूसँगै बसे, र काम गरे। किनकि उनीहरूको पेशा पाल बनाउने थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *