पाम रूख

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पाम रूख

न्यायकर्ताहरू 4 : 5
5 तिनी एफ्राइमको पहाड़ी देशमा रामा र बेथेलको बीचमा भएको दबोराका खजूरको रूखमुनि बस्‍ने गर्दथिन्, र इस्राएलीहरू तिनीकहाँ इन्‍साफको निम्‍ति आउँथे।

१ राजाहरू 6 : 29
29 मन्‍दिरका चारैपट्टिका भित्री र बाहिरी कोठाहरूका सबै भित्ताहरूमा तिनले करूबहरू, खजूरका बोटहरू र फक्रेका फूलहरूका बुट्टा कुँदेर बनाए।

१ राजाहरू 6 : 32
32 अनि ढोकाहरूमा तिनले करूबहरू, खजूरका बोटहरू र फक्रेका फूलहरूका बुट्टा कुँदेर बनाए, र करूबहरू र खजूरका बोटहरूचाहिँ पिटेका सुनले मोहोरे।

१ राजाहरू 6 : 35
35 तिनले तिनमा करूबहरू, खजूरका बोटहरू र फक्रेका फूलहरूका बुट्टा कुँदेर बनाए, र ती बुट्टा सुनले बराबर मोहोरे।

२ इतिहास 3 : 5
5 तिनले मुख्‍य सभाकक्षका भित्तामा सल्‍लाका फलेकहरू लगाए, र तिनलाई निखुर सुनले मोहोरे, अनि तिनमा खजूरका बोटहरू र सिक्रीहरूका बुट्टा बनाए।

इजकिएल 40 : 16
16 प्रवेशद्वारभित्रका कोठाहरू र गाराहरूका मास्‍तिर झ्‍यालहरू चारैतिर थिए, र दलानमा पनि त्‍यस्‍ता झ्‍यालहरू थिए। ती गाराहरूमा खजूरका बोटका चित्रहरू बनाइएका थिए।

इजकिएल 41 : 18
18 खोपिएका करूबहरू र तिनका बीचमा खजूरका बोट थिए। हरेक करूबका दुई वटा अनुहार थिए—

यूहन्‍ना 12 : 13
13 र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्‍वागत गर्न कराउँदै निस्‍के, “होसन्‍ना! धन्‍य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!”

व्यवस्था 34 : 3
3 नेगेव भनिने दक्षिण देश र खजूरका रूखहरू भएको सहर यरीहोको बेँसीदेखि सोअरसम्‍म।

भजनसंग्रह 92 : 12
12 धर्मीचाहिँ खजूरको बोटझैँ लहलह हुन्‍छ, तिनीहरू लेबनानको देवदारुजस्‍तै बढ्‌छन्‌,

प्रकाश 7 : 9
9 यसपछि कुनै मानिसले गन्‍न नसक्‍ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्‍नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्‍ने उभिरहेको मैले देखें।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *