यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पाम आइतबार
यूहन्ना 12 : 13
13 र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के, “होसन्ना! धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!”
जकरिया 9 : 9
9 हे सियोनकी छोरी, खूब रमाऊ। हे यरूशलेमकी छोरी, जोडसित कराऊ! हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्छ। उहाँ धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ। उहाँ भला हुनुहुन्छ, र गधामाथि, अर्थात् गधाको बच्चा एउटा बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ।
यूहन्ना 12 : 12 – 19
12 भोलिपल्ट चाड़मा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदैहुनुहुन्छ भन्ने सुन्यो,
13 र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के, “होसन्ना! धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!”
14 अनि गधाको एउटा बछेड़ो भेट्टाएर येशू त्यसमाथि चढ्नुभयो, जस्तो लेखिएको छ,
15 “सियोनकी छोरी, नडराऊ। हेर, तिम्रा राजा गधाको बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ।”
16 यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्। तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए, र यी काम उहाँको निम्ति तिनीहरूले गरेका हुन् भन्ने तिनीहरूले सम्झे।
17 उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँका साथमा हुने भीड़का मानिसहरूले उहाँको गवाही दिई नै रहे।
18 उहाँले यो चिन्ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भीड उहाँलाई भेट्न गएको थियो।
19 तब फरिसीहरूले एक-अर्कालाई भन्न लागे, “हेर, तिमीहरूबाट केही हुने होइन। देख्तछौ, संसारै त्यसको पछि लागिसक्यो!”
मत्ती 21 : 1 – 11
1 जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको बेथफागेमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,
2 “तिमीहरू सामुन्नेको गाउँमा जाओ। त्यहाँ पुग्ने बित्तिकै तिमीहरूले एउटा गधा र त्यसको बछेड़ो बाँधिएका भेट्टाउनेछौ। तिनलाई फुकाएर मकहाँ ल्याओ।
3 कसैले तिमीहरूलाई केही भन्यो भने, ‘प्रभुलाई यिनको जरूरत छ’ भन्नू र त्यसले तुरुन्तै ती पठाइदिनेछ।”
4 अगमवक्ताद्वारा बोलिएको वचन पूरा होस् भनेर यो भएको हो,
5 “सियोनकी छोरीलाई भन, हेर, तिम्रा राजा तिमीकहाँ आउँदैछन्, विनम्र भई गधामाथि सवार भएर, गधाको बच्चा, एउटा बछेड़ामाथि।”
6 तब चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राएबमोजिम गरे।
7 तिनीहरूले गधा र त्यसको बच्चा ल्याए, र तीमाथि आफ्ना लुगाफाटा ओछ्याए, र उहाँ त्यसमाथि बस्नुभयो।
8 भीड़मा धेरैले आफ्ना वस्त्र बाटोमा ओछ्याए, र अरूहरूले रूखका हाँगा काटेर बाटोमा बिछ्याइदिए।
9 उहाँको अगि र पछि लागेका भीड यसो भन्दै कराए, “दाऊदका पुत्रलाई होसन्ना! धन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ! परमधाममा होसन्ना!’
10 जब उहाँ यरूशलेममा प्रवेश गर्नुभयो, सारा सहरमा हलचल मच्चियो। मानिसहरूले सोध्न लागे, “यिनी को हुन्?”
11 भीड़का मानिसहरूले जवाफ दिए, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता, येशू हुन्।”
मर्कूस 11 : 1 – 11
1 जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको छेउमा बेथफागे र बेथानिया भन्ने ठाउँमा आइपुग्नुभयो, तब उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो,
2 “तिमीहरूका सामुन्नेको गाउँमा जाओ, र पस्दापस्दै तिमीहरूले अहिलेसम्म कोही मानिस नचढ़ेको एउटा गधाको बछेड़ो भेट्टाउनेछौ। त्यसलाई फुकाएर यहाँ ल्याओ।
3 कसैले तिमीहरूलाई ‘यो के गरेको?’ भन्यो भने, ‘प्रभुलाई यसको खाँचो परेको छ, र उहाँले चाँड़ै फर्काइदिनुहुनेछ’ भन।”
4 तब तिनीहरू गए, र त्यो बछेड़ो खुला गल्लीमा एउटा घरको बाहिरपट्टि ढोकानेर बाँधिएको भेट्टाए, र त्यसलाई फुकाए।
5 त्यहाँ उभिएकाहरूमध्ये कसै-कसैले तिनीहरूलाई सोधे, “बछेड़ोलाई फुकाएर तिमीहरू के गर्दैछौ?”
6 येशूले तिनीहरूलाई अह्राउनुभएजस्तै तिनीहरूले भने, र उनीहरूले तिनीहरूलाई जान दिए।
7 तिनीहरूले बछेड़ो येशूकहाँ ल्याए, र आफ्ना वस्त्रहरू त्यसमाथि राखिदिए, र उहाँ त्यसमाथि सवार हुनुभयो।
8 धेरैले आफ्ना वस्त्रहरू र अरूहरूले मैदानबाट स्याउलाहरू काटेर बाटोमा ओछ्याए।
9 अनि उहाँको अगि-अगि हिड्ने र पछिपछि आउनेहरूले यसो भन्दै जय-ध्वनि लगाए, “होसन्ना! धन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ!
10 धन्य होस्, हाम्रा पिता दाऊदको त्यो आउने राज्य, परमधाममा होसन्ना!”
11 उहाँ यरूशलेममा आएर मन्दिरभित्र पस्नुभयो। अनि उहाँले वरिपरिका सब थोकमाथि नजर गर्नुभएपछि अबेला भएको हुनाले बाह्रै जनाका साथमा उहाँ बेथानिया जानुभयो।
यूहन्ना 12 : 9 – 19
9 यहूदीहरूको एउटा ठूलो भीड़ले उहाँ त्यहाँ हुनुहुन्छ भन्ने थाहा पायो, र येशूको खातिरमा मात्र होइन, तर उहाँले मृतकबाट जीवित पार्नुभएको लाजरसलाई पनि हेर्न भनी तिनीहरू आएका थिए।
10 यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने मतो गरे।
11 किनभने तिनैले गर्दा यहूदीहरूमध्ये धेरै जना छुटिएर गई येशूमाथि विश्वास गर्न लागेका थिए।
12 भोलिपल्ट चाड़मा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदैहुनुहुन्छ भन्ने सुन्यो,
13 र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के, “होसन्ना! धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!”
14 अनि गधाको एउटा बछेड़ो भेट्टाएर येशू त्यसमाथि चढ्नुभयो, जस्तो लेखिएको छ,
15 “सियोनकी छोरी, नडराऊ। हेर, तिम्रा राजा गधाको बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ।”
16 यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्। तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए, र यी काम उहाँको निम्ति तिनीहरूले गरेका हुन् भन्ने तिनीहरूले सम्झे।
17 उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँका साथमा हुने भीड़का मानिसहरूले उहाँको गवाही दिई नै रहे।
18 उहाँले यो चिन्ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भीड उहाँलाई भेट्न गएको थियो।
19 तब फरिसीहरूले एक-अर्कालाई भन्न लागे, “हेर, तिमीहरूबाट केही हुने होइन। देख्तछौ, संसारै त्यसको पछि लागिसक्यो!”
मत्ती 21 : 5
5 “सियोनकी छोरीलाई भन, हेर, तिम्रा राजा तिमीकहाँ आउँदैछन्, विनम्र भई गधामाथि सवार भएर, गधाको बच्चा, एउटा बछेड़ामाथि।”
मर्कूस 16 : 16
16 विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ।
मत्ती 6 : 1 – 34
1 “होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।
2 “यसकारण जब तिमीहरू दान दिन्छौ, तब आफ्ना सामु तुरही नबजाओ, जस्तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
3 तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्।
4 तिम्रो दान गुप्तमा होस्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
5 “जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून् भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्।
6 तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
7 र प्रार्थना गर्दा अन्यजातिहरूजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्।
8 यसकारण तिनीहरूजस्ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्नभन्दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्नुहुन्छ।
9 “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्।
10 तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्।
11 हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्।
12 हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
14 किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।
15 तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।
16 “जब तिमीहरू उपवास बस्तछौ, तब ढोंगीहरूजस्ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहड़ा अँध्यारा पार्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
17 तर तिमीचाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ।
18 र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
19 “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्।
20 तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, र चोरले पनि चोर्दैन।
21 किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ।
22 “आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ।
23 तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ!
24 “कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।
25 “यसैकारण म तिमीहरूलाई भन्दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्नो प्राणको निम्ति र ‘के लगाउँला’ भनी आफ्नो शरीरको निम्ति फिक्री नगर।’ के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन?
26 आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्न कटनी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढ़ी मूल्यवान् छैनौ र?
27 तिमीहरूमध्ये कुनचाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घड़ी पनि थप्न सक्छ?
28 “अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्। तिनले न परिश्रम गर्दछन्, न धागो कात्छन्।
29 तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्।
30 आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन् बढ़ी उहाँले पहिराउनुहुनेछैन र?
31 यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।
32 किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन्, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ।
33 तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।
34 यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ।”
यूहन्ना 3 : 3
3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।”
याकूब 4 : 17
17 यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ।
लूका 19 : 28 – 44
28 येशूले यी कुरा भन्नुभएपछि उहाँ यरूशलेमतर्फ बढ्नुभयो।
29 जब उहाँ बेथफागे र बेथानियाको नजिक जैतून भनिने डाँड़ामा पुग्नुभयो, उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो,
30 “सामुन्नेको गाउँमा जाओ, र भित्र पस्दापस्दै तिमीहरूले गधाको एउटा बछेड़ो बाँधेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही मानिस चढ़ेको छैन। त्यसलाई फुकाएर यहाँ ल्याओ।
31 कसैले ‘किन फुकाउँछौ?’ भनेर तिमीहरूलाई सोध्यो भने, ‘प्रभुलाई यसको खाँचो छ’ भन्नू।”
32 ती पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्तो भन्नुभएको थियो त्यस्तै भेट्टाए।
33 तिनीहरूले बछेड़ो फुकाउन लाग्दा बछेड़ाका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरू यो बछेड़ो किन फुकाउँछौ?”
34 तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ।”
35 चेलाहरूले त्यसलाई येशूकहाँ ल्याए, र आफ्ना वस्त्रहरू बछेड़ोमाथि राखेर येशूलाई त्यसमाथि बसाए।
36 उहाँ जानुहुँदा मानिसहरूले आफ्ना वस्त्रहरू बाटोमा ओछ्याए।
37 उहाँ जैतून डाँड़ाको ओह्रालोमा आइपुग्नुहुँदा चेलाहरूको समस्त भीड, आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्ति रमाउँदै, परमेश्वरको प्रशंसा गर्दै उच्च सोरले कराउन लागे,
38 “परमप्रभुको नाउँमा आउने राजा धन्य हुन्। स्वर्गमा शान्ति र परमधाममा महिमा।”
39 अनि भीड़का कुनै-कुनै फरिसीहरूले उहाँलाई भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्।”
40 तर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू नै कराउनेछन्।”
41 जब येशू नजिकै आइपुग्नुभयो र सहरलाई देख्नुभयो, उहाँ त्यसको निम्ति रुनुभयो,
42 “शान्ति कुन कुराले ल्याउँछ भनेर तैंले आज पनि जानेको भए हुनेथियो! तर अब तेरो दृष्टिबाट त्यो लुकेको छ।
43 किनकि तँमाथि यस्ता दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन्, र सबैतिरबाट तँलाई थुनिराख्नेछन्।
44 तिनीहरूले तँलाई र तँभित्र वास गर्ने तेरा सन्तानलाई जमिनमा पछार्नेछन्, र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिनेछैन। किनकि तैंले आफूमाथि भएको परमेश्वरको कृपा-दृष्टिको समयलाई चिन्न सकिनस्।”
१ यूहन्ना 5 : 3
3 परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्।
यूहन्ना 12 : 15
15 “सियोनकी छोरी, नडराऊ। हेर, तिम्रा राजा गधाको बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ।”
लूका 19 : 30
30 “सामुन्नेको गाउँमा जाओ, र भित्र पस्दापस्दै तिमीहरूले गधाको एउटा बछेड़ो बाँधेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही मानिस चढ़ेको छैन। त्यसलाई फुकाएर यहाँ ल्याओ।
कलस्सी 2 : 16
16 यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्।
भजनसंग्रह 118 : 25
25 हे परमप्रभु, हामीलाई बचाउनुहोस्, हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्।
१ कोरिन्थी 15 : 1 – 58
1 भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ, र जसमा तिमीहरू स्थिर रहन्छौ।
2 यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गर्यौ।
3 किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।
4 उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो।
5 उहाँ केफासकहाँ, अनि बाह्रै जनाकहाँ देखा पर्नुभयो।
6 त्यसपछि उहाँ एकै समयमा पाँच सयभन्दा बढ़ी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरैजसो अहिलेसम्म छँदैछन् तर कोही-कोही सुतिसकेका छन्।
7 त्यसपछि याकूब र सबै प्रेरितहरूकहाँ उहाँ देखा पर्नुभयो।
8 सबैभन्दा अन्त्यमा असमयमा जन्मेको मानिसकहाँ जस्तो मकहाँ पनि उहाँ देखा पर्नुभयो।
9 किनकि प्रेरितहरूमध्ये म सबैभन्दा तुच्छ हुँ। म प्रेरित भनिन योग्य छैनँ। किनभने मैले परमेश्वरको मण्डलीलाई खेदो गरें।
10 तर म जो छु, त्यो परमेश्वरको अनुग्रहले छु, र ममाथि भएको उहाँको अनुग्रह व्यर्थ भएन। बरु मैले त तिनीहरू सबैले भन्दा बढ़ी परिश्रम गरें। तैपनि मैले होइनँ, मसँग भएका परमेश्वरको अनुग्रहले हो।
11 यसकारण मैले भए पनि अथवा तिनीहरूले भए पनि, हामी जो प्रचार गर्दछौं, सो तिमीहरूले विश्वास गरेका छौ।
12 मृतकहरूबाट ख्रीष्ट पुनरुत्थान हुनुभयो भनी प्रचार गरिन्छ भने कसरी तिमीहरूमध्ये कसै-कसैले मृतकको पुनरुत्थान हुँदैन भनी भन्न सक्छौ?
13 तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भनेता ख्रीष्ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन।
14 यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ।
15 त्यसभन्दा बढ़ी हामी परमेश्वरको बारे झूटा साक्षीहरू ठहरिन्छौं, किनकि उहाँले ख्रीष्टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो भनी हामीले परमेश्वरको बारे गवाही दिएका छौं। तर साँच्चै मृतकहरूको पुनरुत्थान हुँदैन भने उहाँले ख्रीष्टलाई पुनर्जीवित पार्नुभएन।
16 किनकि यदि मृतकहरूको पुनरुत्थान नहुने भए ता ख्रीष्ट पनि मृतकबाट जीवित पारिनुभएन।
17 ख्रीष्ट पुनर्जीवित पारिनुभएन भने तिमीहरूको विश्वास व्यर्थ छ, र तिमीहरू अझसम्म आफ्ना पापमा नै छौ।
18 तब त ख्रीष्टमा सुतिगएकाहरू पनि नष्ट भएका छन्।
19 यदि यस जीवनको लागि मात्र ख्रीष्टमा हामीले आशा राखेका हौं भने हामी सबै मानिसहरूभन्दा बढ़ी दयनीय हुन्छौं।
20 वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ। सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ।
21 किनकि जसरी मानिसबाट मृत्यु आयो, त्यसरी नै मृतकहरूको पुनरुत्थान पनि मानिसबाट नै आयो।
22 किनकि जसरी आदममा सबै मर्दछन्, त्यसै गरी ख्रीष्टमा सबै जीवित पारिनेछन्।
23 तर हरेक आ-आफ्नै क्रमअनुसार— ख्रीष्टचाहिँ अगौटे फल, त्यसपछि उहाँको पुनरागमनमा ख्रीष्टका आफ्नैहरू।
24 तब अन्त्य आउनेछ, जब उहाँले हरेक शासन, हरेक अख्तियार र शक्ति नष्ट पारेर परमेश्वर, अर्थात् पितालाई राज्य सुम्पिदिनुहुनेछ।
25 किनकि उहाँले आफ्ना सारा शत्रुलाई आफ्ना पाउमुनि नपारुञ्जेल उहाँले राज्य गर्नैपर्छ।
26 सबैभन्दा पछि नष्ट पारिने शत्रु मृत्यु हो।
27 “किनभने परमेश्वरले सबै कुरा उहाँका पाउमुनि अधीनमा राख्नुभएको छ।” तर यो स्पष्ट छ, कि “सबै कुरा उहाँको अधीनमा राखिएको छ” भन्नाले परमेश्वर आफै त्यस अधीनतामुनि हुनुहुन्न, जसले सबै कुरा ख्रीष्टको अधीनमा राखिदिनुभएको हो।
28 जब सबै कुरा उहाँको अधीनमा ल्याइन्छन्, तब स्वयम् पुत्र उहाँको अधीनमा हुनुहुनेछ, जसले सब थोक उहाँको अधीनतामा राख्नुहुन्छ, ताकि परमेश्वर नै सबै थोकका सर्वेसर्वा होऊन्।
29 नत्रता मृतकहरूका निम्ति बप्तिस्मा लिएको अर्थ के भयो? मृतकहरू जीवित नपारिने भए ता तिनीहरूका निम्ति मानिसहरूले किन बप्तिस्मा लिन्छन्?
30 मचाहिँ किन हरघड़ी जोखिममा परिरहेको छु।
31 भाइ हो, हाम्रा प्रभु येशूमा तिमीहरूको कारण म गर्व गर्दछु, र म भन्न सक्तछु, कि प्रतिदिन म मर्दछु।
32 मान्छेकै कुरा गर्नु हो भने, एफिससमा जङ्गली जनावरसँग मेरो लड़ाइँले मलाई के फाइदा भयो र? मृतकहरू जीवित नहुने भए ता, “हामी खाऔं र पिऔं, किनभने भोलि त हामी मरिहाल्छौं!”
33 भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ।
34 होशमा होओ, अब उप्रान्त पाप नगर। किनकि कतिलाई त परमेश्वरको ज्ञानै छैन। तिमीहरूलाई लज्जित तुल्याउनलाई मैले यो भनेको हुँ।
35 तर कसैले सोध्ला “मृतकहरू कसरी पुनर्जीवित हुन्छन्, र तिनीहरू कस्ता किसिमको शरीर लिएर आउनेछन्?”
36 हे मूर्ख! जे तिमी रोप्तछौ त्यो नमरिकन सजीव हुँदैन।
37 जे तिमी रोप्तछौ त्योचाहिँ पछि हुने शरीर होइन, तर बीउ मात्र रोप्तछौ, चाहे त्यो गहूँ, अथवा अरू कुनै किसिमको अन्न होस्।
38 तर आफूलाई खुशी लागेबमोजिम परमेश्वरले त्यसलाई एउटा शरीर दिनुहुन्छ, र हरेक किसिमको बीउलाई त्यसैको शरीर दिनुहुन्छ।
39 सबै शरीर एकै किसिमका हुँदैनन्। मानिसको शरीर एक किसिमको, र जीवजन्तुहरूको अर्कै किसिमको, चराहरूको अर्कै किसिमको र माछाहरूको अर्कै किसिमको शरीर हुन्छ।
40 अनि शरीर पनि स्वर्गीय र पार्थिव हुन्छन्। स्वर्गीय शरीरको तेज एक किसिमको छ, र पार्थिव शरीरको तेज अर्कै किसिमको।
41 सूर्यको तेज एक किसिमको, चन्द्रमाको तेज अर्कै किसिमको, र ताराहरूको तेज अर्कै किसिमका हुन्छन्। किनभने एउटा तारा अर्को ताराभन्दा तेजमा भिन्दै हुन्छ।
42 मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो। जुन शरीर विनाशमा गाडिन्छ, त्यो अविनाशमा जीवित हुन्छ।
43 अनादरमा त्यो गाडिन्छ, महिमामा त्यो जीवित हुन्छ। दुर्बलतामा त्यो गाडिन्छ, शक्तिमा त्यो जीवित हुन्छ।
44 प्राकृतिक शरीरमा त्यो गाडिन्छ, आत्मिक शरीरमा त्यो जीवित हुन्छ। प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि अवश्य हुन्छ।
45 यसकारण यस्तो लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राणी भयो।” अन्तिम आदम जीवन दिने आत्मा भयो।
46 पहिलोचाहिँ आत्मिक होइन, तर प्राकृतिक हो, र त्यसपछि चाहिँ आत्मिक हो।
47 पहिलो मानिस माटोले बनिएको, पृथ्वीबाट हो। दोस्रो मानिस स्वर्गको हो।
48 माटोले बनिएको मानिसजस्तो थियो, माटोले बनिएकाहरू पनि त्यस्तै हुन्छन्, र स्वर्गीय मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन्।
49 जसरी हामीले माटोका मानिसको रूप धारण गरेका छौं, त्यसरी नै स्वर्गका मानिसको रूप धारण गर्नेछौं।
50 अब भाइ हो, म तिमीहरूलाई यो भन्दछु, मासु र रगत स्वर्गका राज्यको हकदार हुन सक्दैन, न त विनाश अविनाशको हकदार हुन सक्छ।
51 हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै सुत्दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ,
52 एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ।
53 किनकि यस विनाशी स्वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ।
54 जब विनाशीले अविनाशी र मरणशीलले अमरत्व धारण गर्छ, तब लेखिएको त्यो वचन पूरा हुनेछ, “मृत्यु विजयमा निलिएको छ।”
55 “ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?”
56 मृत्युको खील पाप हो, र पापको शक्ति व्यवस्था हो।
57 तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।
58 यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्दैजाओ। किनकि तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।
भजनसंग्रह 1 : 1 – 6
1 धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन।
2 तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ, र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ।
3 त्यो खोलाको किनारमा रोपेको बोटजस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, अनि जसको पात कहिल्यै ओइलाउँदैन। त्यसले जे पनि गर्छ, त्यसमा त्यो सफल हुन्छ।
4 दुष्टहरू त्यस्ता हुँदैनन्! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्तै हुन्छन्।
5 यसकारण दुष्टहरू न्यायको दिनमा टिक्नेछैनन्, र पापीहरूले धर्मीहरूको सभामा स्थान पाउनेछैनन्।
6 किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ, तर दुष्टहरूको मार्ग नष्ट हुनेछ।
Leave a Reply