यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पाम्फिलिया
प्रेरित 2 : 10
10 अनि फ्रिगिया, पामफिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका यहूदी र यहूदी मत मान्नेहरू दुवै छौं,
प्रेरित 13 : 14
14 तर तिनीहरू पर्गाबाट निस्केर पिसिदियाको एन्टिओखियामा आए, र शबाथमा [2] सभाघरभित्र गएर बसे।
प्रेरित 14 : 24
24 त्यसपछि तिनीहरू पिसिदियाबाट भएर पामफिलियामा आए।
प्रेरित 13 : 13
13 पावल र तिनका साथीहरू पाफोसबाट जहाज चढ़ी पामफिलियाको पर्गामा पुगे, र यूहन्नाचाहिँ तिनीहरूबाट छुट्टिएर यरूशलेम फर्के।
प्रेरित 15 : 38
38 तर पावलले मर्कूसलाई साथमा लैजान ठीक ठानेनन्, किनभने तिनी पामफिलियाबाट तिनीहरूसँग छुट्टिएर गएका थिए, र तिनीहरूका साथ काममा गएका थिएनन्।
प्रेरित 27 : 5
5 किलिकिया र पामफिलिया पारिपट्टिको समुद्रमा पुगेपछि, हामी लुकियाको एउटा सहर माइरामा आइपुग्यौं।
Leave a Reply