पाप (१)

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पाप (१)

लूका 7 : 47
47 यसकारण म तिमीलाई भन्‍दछु, यसका पाप, जो धेरै छन्, क्षमा भएका छन्, किनकि यस स्‍त्रीले बढ़ी प्रेम देखाई। तर जसलाई थोरै क्षमा गरिन्‍छ, त्‍यसले थोरै प्रेम गर्दछ।”

लूका 12 : 48
48 तर मालिकको इच्‍छा नजानेर पिटाइ खाने योग्‍यको काम गर्नेले थोरै पिटाइ खानेछ। प्रत्‍येक जसलाई धेरै दिइएको छ, त्‍यसबाट धेरै मागिनेछ, र हरेक जसलाई धेरै सुम्‍पिएको छ, त्‍यसबाट अझ बढ़ी लिइनेछ।

व्यवस्था 29 : 19
19 जब त्‍यस्‍तो मानिसले यस शपथका वचनहरू सुन्‍छ, तब त्‍यसले आफैलाई आशिष्‌ दिन्‍छ र सोच्‍छ, “म आफ्‍नै बाटो हिँड़िरहे पनि म सुरक्षित रहनेछु।” यसले पानीले सिँचेको जमिनसाथै सुक्‍खा जमिनमाथि पनि विपत्ति ल्‍याउँछ।

१ राजाहरू 16 : 31
31 नबातका छोरा यारोबामका पापी चालहरूमा हिँड्‌न तिनको निम्‍ति कम भएजस्‍तो मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, र बाल देवताको सेवा गरेर त्‍यसलाई पुज्‍न लागे।

भजनसंग्रह 1 : 1
1 धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।

यशैया 5 : 18
18 धिक्‍कार तिनीहरूलाई, जसले पापलाई छलका डोरीले र दुष्‍ट्याइँलाई गाड़ा तान्‍ने डोरीहरूले झैँ तानेर ल्‍याउँछन्,

यशैया 30 : 1
1 परमप्रभु घोषणा गर्नुहुन्‍छ, “धिक्‍कार! ती अटेरी छोराछोरीहरूलाई, जसले योजनालाई सञ्‍चालन गर्छन्‌ तर ती मेरा होइनन्, मित्रता गाँस्‍छन्, तर मेरो आत्‍माले होइन, र पापमाथि पाप बढ़ाएका छन्‌।

यर्मिया 9 : 3
3 “तिनीहरू झूट बोलिहाल्‍नलाई आफ्‍नो जिब्रो धनुझैँ तयार गर्छन्‌। देशमा तिनीहरू सत्‍यद्वारा विजयी हुँदैनन्‌। तिनीहरू एक पापदेखि अर्को पापतिर लम्‍कन्‍छन्, अनि मलाई चिन्‍दैनन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

यर्मिया 16 : 12
12 तर तिमीहरूले त तिमीहरूका पिता-पुर्खाहरूले भन्‍दा पनि बढ्‌ता दुष्‍ट काम गरेका छौ। हेर, तिमीहरू हरेक मेरो आज्ञापालन गर्नुको सट्टामा आ-आफ्‍नो दुष्‍ट हृदयको हठीपनामा हिँड़िरहेका छौ।

होशे 13 : 2
2 अब तिनीहरू झन्‌ बढ़ी पाप गर्छन्‌। तिनीहरूले आफ्‍ना निम्‍ति आफ्‍नो चाँदीले ढालिएको मूर्ति बनाउँछन्, अर्थात्‌ चतुर्‍याइँसित आकृति निकालेका मूर्तिहरू, ती सबै शिल्‍पकारका कामहरू हुन्‌। यी मानिसहरूका विषयमा यो भनिएको छ, “तिनीहरू मानव-बलि चढ़ाउँछन्, बाछाका मूर्तिलाई चुम्‍बन गर्दछन्‌।”

२ तिमोथी 3 : 13
13 तर दुष्‍ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌-झन्‌ दुष्‍ट हुँदैजानेछन्‌।

उत्‍पत्ति 37 : 4
4 तर तिनका बुबाले अरू दाजुभाइहरूलाई भन्‍दा तिनलाई बढ़ी माया गरेका देखी तिनका दाजुहरूले तिनीसित दुश्‍मनी राखे र तिनीसँग राम्ररी बोल्‍दैनथे।

उत्‍पत्ति 37 : 18
18 उनीहरूले तिनलाई टाढ़ैबाट आइरहेका देखे, र तिनी उनीहरूका नजिक आइपुग्‍नुभन्‍दा अघि नै तिनलाई मार्ने उनीहरूले मतो गरे। उनीहरूले आपसमा भने, “त्‍यो स्‍वप्‍न-दर्शी आउँदैछ।

उत्‍पत्ति 37 : 20
20 ‘जङ्गली पशुले त्‍यसलाई खाएछ क्‍यारे’ भनी हामी भनौं, र त्‍यसका सपनाहरू के हुँदारहेछन्, हेरौंला।”

अय्‍यूब 22 : 5
5 के तपाईंको दुष्‍टता ठूलो छैन? र के तपाईंको दुष्‍टताको सीमा नाघिसकेको छैन र?

भजनसंग्रह 25 : 11
11 हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो अपराध क्षमा गर्नुहोस्‌, यद्यपि मेरो अपराध अति ठूलो छ।

यशैया 1 : 18
18 परमप्रभु भन्‍नुहुन्‍छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्‍ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्‍दूरे रङ्गका भए तापनि ती हिउँजस्‍तै सेता हुनेछन्‌। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्‍तै हुनेछन्‌।

रोमी 7 : 13
13 त के जो असल छ, त्‍यसले मेरो निम्‍ति मृत्‍यु ल्‍यायो त? कदापि होइन! तर पापचाहिँ पापैको रूपमा देखिओस्‌ भनेर असल कुराद्वारा पापले ममा मृत्‍यु उत्‍पन्‍न गराइरहेछ, ताकि आज्ञाद्वारा पाप सम्‍पूर्ण रूपले पापमय बनोस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *