पाप बराबर हुनु

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पाप बराबर हुनु

रोमी 3 : 10
10 जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन,

याकूब 2 : 10 – 11
10 किनकि जसले सम्‍पूर्ण व्‍यवस्‍था पालन गर्छ तर एउटै कुरामा चुक्‍छ भने, व्‍यवस्‍थाका सबै कुरामा त्‍यो दोषी ठहरिएको हुन्‍छ।
11 किनकि जसले “व्‍यभिचार नगर्‌” भन्‍नुभयो, उहाँले “हत्‍या नगर्‌” पनि भन्‍नुभयो। तसर्थ यदि तिमीले व्‍यभिचार गर्दैनौ तर हत्‍या गर्दछौ भने, तिमी व्‍यवस्‍थाका अपराधी भएका छौ।

१ यूहन्‍ना 5 : 17
17 सबै अधर्म पाप हो, तर यस्‍तो पाप पनि हुन्‍छ जो मृत्‍युजनक हुँदैन।

लूका 13 : 1 – 5
1 त्‍यसै बेला त्‍यहाँ कति जना उपस्‍थित थिए, जसले ती गालीलीहरूका विषयमा उहाँलाई भने, जसलाई पिलातसले हत्‍या गरी तिनीहरूको रगत बलि भइरहेका पशुको रगतसँग मिसाइदिएका थिए।
2 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिनीहरूले यसरी कष्‍ट भोगे भन्‍दैमा, के तिमीहरू ठान्‍छौ, यी गालीलीहरू अरू सबै गालीलीहरूभन्‍दा बढ़ी पापी थिए?
3 म तिमीहरूलाई भन्‍दछु, त्‍यसो होइन, तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै त्‍यसरी नै नाश हुनेछौ।
4 अथवा के तिमीहरू ठान्‍छौ, ती अठार जना, जो सिलोआममा धरहरा ढलेर मरेका थिए, कि तिनीहरू सबै यरूशलेमवासीहरूमध्‍ये बढ़ी अपराधी थिए?
5 त्‍यसो होइन, तर म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू सबै त्‍यसरी नै नाश हुनेछौ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *