यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पाप को डिग्री
मत्ती 5 : 22
22 तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ, त्यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ।
यूहन्ना 19 : 11
11 येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन। यसकारण मलाई तपाईंका हातमा सुम्पिदिने अझ बढ़ी पापको दोषी छ।”
हिब्रू 10 : 26
26 किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्यौं भने पापको निम्ति अब उसो अरू कुनै बलिदान रहँदैन,
उत्पत्ति 18 : 20
20 तब परमप्रभुले भन्नुभयो, “सदोम र गमोराको विरुद्धमा ठूलो आवाज उठेको छ, र तिनीहरूका पाप साह्रै ज्यादा भएका छन्।
१ यूहन्ना 1 : 9
9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।
१ कोरिन्थी 6 : 18
18 व्यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्यो शरीरबाट बाहिर हुन्छ, तर व्यभिचार गर्ने मानिसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।
१ यूहन्ना 5 : 16
16 यदि कसैले आफ्नो भाइले पाप गरेको देख्छ, अनि त्यो पापचाहिँ मृत्युमा पुर्याउने होइन भने, उसले त्यस भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ, र जसको पाप मृत्युमा पुर्याउने किसिमको छैन, त्यसलाई परमेश्वरले जीवन दिनुहुन्छ। तर यस्तो पाप पनि हुन्छ, जो मृत्युमा पुर्याउने हुन्छ, जसको निम्ति कसैले बिन्ती गरिदिनुपर्छ भनी म भन्दिनँ।
Leave a Reply