पापीहरु संग खाओ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पापीहरु संग खाओ

१ कोरिन्थी 5 : 11
11 तर यस्‍ताको सङ्गत नगर्नू भनेर मैले तिमीहरूलाई लेखे, जसले आफैलाई विश्‍वासी भाइ हुँ भनी भन्‍छ, तर वास्‍तवमा जो व्‍यभिचारी, वा लोभी, वा मूर्तिपूजक, वा निन्‍दा गर्ने, वा मतवाला वा लुटाहा हो। त्‍यस्‍तो मानिससँग त खान पनि नबस।

लूका 15 : 1 – 32
1 कर उठाउनेहरू र पापीहरू सबै उहाँको वचन सुन्‍नलाई उहाँको नजिक आइरहेका थिए।
2 “यस मानिसले त पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसँग खानपान गर्छ” भनी फरिसीहरू र शास्‍त्रीहरू गनगनाउन लागे।
3 तब उहाँले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो:
4 “तिमीहरूमध्‍ये कुन मानिस होला, जसको एक सय भेड़ामध्‍ये एउटा हराउँदा उनान्‍सयलाई वनमै छोड़ेर हराएको भेड़ा नपाउञ्‍जेल त्‍यसको खोजी गर्दैन?
5 हराएको भेड़ा भेट्टाएपछि रमाउँदै त्‍यसलाई आफ्‍नो काँधमा राख्‍छ,
6 र घरमा आएर उसले आफ्‍ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्‍छ, ‘मसँग रमाओ, किनभने मैले आफ्‍नो हराएको भेड़ा पाएको छु।’
7 म तिमीहरूलाई भन्‍दछु, यसरी पश्‍चात्ताप गर्नु नपर्ने उनान्‍सय धार्मिक जनहरूका लागि भन्‍दा पश्‍चात्ताप गर्ने एक जना पापीको लागि स्‍वर्गमा अझ बढ़ी आनन्‍द हुनेछ।
8 “कुन स्‍त्री होली जसको दश चाँदीका सिक्‍कामध्‍ये एउटा हरायो भने बत्ती बालेर उसले त्‍यो नपाउञ्‍जेल घर बढ़ारिकन मेहनतसँग खोज्‍दिन?
9 हराएको सिक्‍का पाएपछि उसले आफ्‍ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्‍छे, ‘मसँग रमाओ, किनभने मैले मेरो हराएको सिक्‍का पाएकी छु।’
10 म तिमीहरूलाई भन्‍दछु, यसरी नै पश्‍चात्ताप गर्ने एक जना पापीको लागि परमेश्‍वरका स्‍वर्गदूतहरूका सामुन्‍ने आनन्‍द हुन्‍छ।”
11 उहाँले भन्‍नुभयो, “कुनै मानिसका दुई छोरा थिए।
12 कान्‍छोचाहिँले बाबुलाई भन्‍यो, ‘पिताज्‍यू, मेरो भागमा पर्ने धन-सम्‍पत्तिको हिस्‍सा मलाई दिनुहोस्‌।’ तब तिनले आफ्‍नो सम्‍पत्ति तिनीहरूलाई बाँड़िदिए।
13 “धेरै दिन बित्‍दा नबित्‍दै सबै धन-सम्‍पत्ति बटुलेर कान्‍छो छोरो टाढ़ा देशमा गयो, र त्‍यहाँ भोग-विलासमा आफ्‍नो सम्‍पत्ति उड़ायो।
14 त्‍यसले सबै रुपियाँपैसा खर्च गरिसकेको थियो। त्‍यसै बेला त्‍यस देशमा ठूलो अनिकाल पर्‍यो, र त्‍यसलाई अभाव हुन थाल्‍यो।
15 त्‍यो गयो, र त्‍यस देशको एक जना नागरिककहाँ त्‍यसले काम माग्‍यो। उसले त्‍यसलाई आफ्‍नो खेतमा सुँगुरहरू चराउन पठायो।
16 सुँगुरले खाने चारोले त्‍यसले आफ्‍नो पेट भर्न चाहन्‍थ्‍यो, अनि कसैले त्‍यसलाई केही दिँदैनथियो।
17 “जब त्‍यसको चेत खुल्‍यो, त्‍यसले भन्‍यो, ‘मेरा बाबुका धेरै ज्‍यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर मचाहिँ भोकले मरिरहेछु।
18 म उठेर आफ्‍ना बाबुकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, “बुबा, मैले स्‍वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु।
19 अब उप्रान्‍त म तपाईंको छोरो भनिने योग्‍यको छैनँ। मलाई तपाईंका ज्‍यालादारी चाकरहरूमध्‍ये एउटासरह तुल्‍याउनुहोस्‌’।”
20 तब त्‍यो उठेर आफ्‍ना बाबुकहाँ गयो। “तर त्‍यो धेरै टाढ़ा छँदा त्‍यसका बाबुले त्‍यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्‍यसलाई अँगालो हालेर त्‍यसलाई चुम्‍बन गरे।
21 “छोराले तिनलाई भन्‍यो, ‘बुबा, मैले स्‍वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु। म फेरि तपाईंको छोरो भनिने योग्‍यको छैनँ।’
22 “तर बाबुचाहिँले आफ्‍ना कमाराहरूलाई भने, ‘झट्टै सबैभन्‍दा असल वस्‍त्र ल्‍याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी, र खुट्टामा जुत्ता लगाइदेओ,
23 र पुस्‍टाइराखेको पशु मार, र हामी खाएर आनन्‍द मनाऔं।
24 किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ।’ तब तिनीहरू आनन्‍द मनाउन लागे।
25 “त्‍यस बेला तिनको जेठो छोरो खेतमा थियो, र त्‍यो घरको नजिक आइपुग्‍दा त्‍यसले नाचगानको आवाज सुन्‍यो।
26 त्‍यसले चाकरहरूमध्‍ये एउटालाई आफूकहाँ बोलाएर ‘यो के भइरहेछ?’ भनेर सोध्‍यो।
27 उसले त्‍यसलाई भन्‍यो, ‘तपाईंका भाइ आइपुगे, र तपाईंका पिताले पालिराखेको मोटो पशु मार्नुभयो। किनकि उहाँले तिनलाई सकुशल र स्‍वस्‍थ फर्किआएका भेट्टाउनुभयो।’
28 “तर त्‍यो रिसायो, र भित्र जान मानेन, र त्‍यसको बाबुले बाहिर गएर त्‍यसलाई मनाउन लागे।
29 तर त्‍यसले बाबुलाई भन्‍यो, ‘हेर्नुहोस्, यतिका वर्ष मैले तपाईंको सेवा गरिरहेछु, अनि तपाईंको आज्ञा कहिल्‍यै उल्‍लङ्घन गरिनँ, तापनि मैले आफ्‍ना साथीहरूसँग आनन्‍द मनाउन तपाईंले मलाई एउटा पाठो पनि कहिल्‍यै दिनुभएन।
30 तर तपाईंको सम्‍पत्ति वेश्‍याहरूसँग उड़ाउने यो तपाईंको छोरो आउँदाचाहिँ तपाईंले पालिराखेको मोटो पशु त्‍यसको निम्‍ति मार्नुभयो।’
31 “तब तिनले त्‍यसलाई भने, ‘छोरा, तँ त मसँग सधैँभरि छँदैछस्, अनि मेरो सबै सम्‍पत्ति तेरै हो।
32 तर हामीले आनन्‍द मनाउनु र खुसी हुनु उचित थियो, किनकि यो तेरो भाइ मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ’।”

१ कोरिन्थी 15 : 33
33 भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्‍ट पार्छ।

मर्कूस 2 : 16
16 उहाँ पापीहरू र कर उठाउनेहरूसँग खाइरहनुभएको देखेर फरिसी दलका शास्‍त्रीहरूले उहाँका चेलाहरूलाई भने, “तिनी किन कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्‍छन्‌?”

हितोपदेश 24 : 1
1 दुष्‍ट मानिसहरूको डाह नगर्, तिनीहरूसँग सङ्गत गर्न इच्‍छा नगर्,

लूका 19 : 10
10 किनभने मानिसको पुत्र हराएकालाई खोज्‍न र बचाउन आएको हो।”

एफिसी 4 : 1 – 32
1 यसकारण, म प्रभुको निम्‍ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्‍यही योग्‍यको जीवन यापन गर।
2 सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर,
3 शान्‍तिको बन्‍धनमा पवित्र आत्‍माको एकता कायम राख्‍न प्रयत्‍न गर।
4 शरीर एउटै छ, र पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ—
5 एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्‍मा,
6 हामी सबैका एउटै परमेश्‍वर र पिता, जो सबैमाथि, सबैका मध्‍य र सबैमा हुनुहुन्‍छ।
7 तर ख्रीष्‍टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ।
8 यसकारण यसो भनिएको छ: “उहाँ उच्‍चमा चढ़िजानुहुँदा कैदलाई बन्‍दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।”
9 (अब यो “उच्‍चमा चढ़िजानुभयो” भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्‍वीको तल्‍लो भागमा ओर्लनु पनि भयो।
10 उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्‍वर्गहरूभन्‍दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्‍त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्‌।)
11 अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्‍डलीका पास्‍टरहरू र कोही शिक्षकहरू बनून्,
12 कि ख्रीष्‍टको शरीर निर्माण होस्‌ र सेवाको काम गर्न सन्‍तहरू सुसज्‍जित होऊन्,
13 जबसम्‍म हामी सबैले विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्‍त गर्दैनौं, र परिपक्‍व मानिस बनी ख्रीष्‍टका पूर्णताको नापसम्‍म पुग्‍दैनौं।
14 यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्‍तको प्रत्‍येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्‍ता नहोऔं।
15 बरु प्रेमसित सत्‍य बोल्‍दै हरेक कुरामा हामी उहाँसम्‍मै, अर्थात्‌ ख्रीष्‍टसम्‍मै बढ्‌दैजाऔं, जो शिर हुनुहुन्‍छ।
16 उहाँबाट नै सारा शरीर प्रत्‍येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्‍येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।
17 अब म यो जोड दिएर प्रभुमा भन्‍दछु र प्रभुमा गवाही दिँदछु, कि अन्‍यजातिहरू जसरी तिनीहरूका विचारको व्‍यर्थतामा जिउँदछन्‌ त्‍यसरी तिमीहरू अबदेखि उसो नजिओ।
18 तिनीहरूका हृदयको कठोरताले ल्‍याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्‍वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्‍धकारले भरिएको छ।
19 तिनीहरू कठोर भएका छन्, र हरकिसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्‌।
20 तर ख्रीष्‍टलाई त तिमीहरूले यसरी जानेका छैनौ।
21 येशूमा भएको सत्‍यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्‍छु।
22 छली लालसाहरूद्वारा भ्रष्‍ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्‍बन्‍धित तिमीहरूको पुरानो स्‍वभाव त्‍याग।
23 र आफ्‍नो भित्री वर्तावमा नयाँ होओ,
24 र परमेश्‍वरको स्‍वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्‍टि भएको नयाँ स्‍वभावलाई धारण गर।
25 यसकारण झूट त्‍यागेर हरेकले आ-आफ्‍नो छिमेकीसँग सत्‍य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं।
26 क्रोध गर, तर पाप नगर। घाम अस्‍ताउन अघि नै तिमीहरूको रीस मरोस्,
27 र दियाबलसलाई मौका नदेओ।
28 चोर्नेले अब उसो नचोरोस्‌। बरु उसले परिश्रम गरोस्‌। उसले आफ्‍नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्‌।
29 तिमीहरूका मुखबाट कुवाक्‍य ननिस्‍कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्‍ने गर, जसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।
30 अनि परमेश्‍वरका पवित्र आत्‍मालाई दुःखित नतुल्‍याओ, जसमा उद्धारका दिनको निम्‍ति तिमीहरू छाप लगाइएका छौ।
31 सबै तीतोपना, क्रोध र रीस, होहल्‍ला र निन्‍दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्‍यागिदेओ।
32 जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्‍यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।

१ कोरिन्थी 9 : 1 – 27
1 के म स्‍वतन्‍त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू, हाम्रा प्रभुलाई देखेको छैनँ? के प्रभुमा तिमीहरू मेरो कामको प्रतिफल होइनौ र?
2 म अरूहरूका निम्‍ति प्रेरित नभए तापनि कम-से-कम तिमीहरूका निम्‍ति त हुँ, किनभने प्रभुमा मेरो प्रेरितको कामको छाप तिमीहरू नै हौ।
3 मेरो विरुद्धमा बोल्‍नेहरूलाई मेरो यही जवाफ छ,
4 के हामीलाई खाने-पिउने अधिकार छैन?
5 के अरू प्रेरितहरूजस्‍तै, प्रभुका भाइहरू र केफासलाई जस्‍तै हामीलाई पनि पत्‍नी लिएर हिँड्‌ने अधिकार छैन र?
6 अथवा के बारनाबास र मलाई मात्र काम नगरिकन नै जीविका चलाउने अधिकार छैन?
7 आफ्‍नै खर्चमा कसले सिपाहीको काम गर्छ र? दाखबारी लाएर कसले त्‍यसको फल खाँदैन? अथवा भेडाबाख्राका बथान पालेर कसले त्‍यसको दूध पिउँदैन?
8 के मानिसको दृष्‍टिकोणबाट मात्र म यो भन्‍दैछु र? अथवा के व्‍यवस्‍थाले पनि यही कुरा भन्‍दैन?
9 किनभने मोशाको व्‍यवस्‍थामा लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोलो नलगाओ।” के गोरुहरूका विषयमा परमेश्‍वर चिन्‍तित हुनुहुन्‍छ?
10 के उहाँले हाम्रो खातिर नै यो भन्‍नुभएको होइन र? हाम्रो खातिर नै यो लेखिएको हो। किनकि जोत्‍ने र दाइँ गर्नेले अन्‍नको केही हिस्‍सा पाउने आशामा नै जोत्‍छ र दाइँ गर्छ।
11 यदि हामीहरूले तिमीहरूका माझमा आत्‍मिक बीउ रोपेका छौं भने, र तिमीहरूको भौतिक सम्‍पत्तिको कटनी गर्‍यौ भने, के त्‍यो अति भयो र?
12 यदि अरूहरूले तिमीहरूमाथि यस मुनासिब हकको दाबी गर्छन्‌ भने के हाम्रो अझ बढ़ी हक छैन? तापनि हामीले त यस हकको प्रयोग गरेका छैनौं, तर ख्रीष्‍टको सुसमाचारमा बाधा नपारौं भनेर बरु हामी सबै कुरा सहन्‍छौं।
13 के तिमीहरूलाई थाहा छैन, कि मन्‍दिरमा सेवा गर्नेहरूले मन्‍दिरका थोकहरूबाट खान्‍छन्, र वेदीका सेवा गर्नेहरूले बलिबाट हिस्‍सा लिन्‍छन्‌?
14 त्‍यसरी नै सुसमाचार प्रचार गर्नेहरूले पनि सुसमाचारबाटै जीविका चलाऊन्‌ भनी प्रभुले आज्ञा दिनुभयो।
15 तर यी हकहरूमध्‍ये मैले कुनैको प्रयोग गरेको छैनँ, र मेरो निम्‍ति यस्‍तै प्रबन्‍ध होस्‌ भनेर मैले यी कुरा लेखेको होइनँ। किनभने मेरो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्‍चित गराउनभन्‍दा बरु म मर्नु असल छ।
16 किनकि यदि मैले सुसमाचार प्रचार गरें भने त्‍यसमा मैले घमण्‍ड गर्ने केही कारण छैन। किनकि यसो गर्न म बाध्‍य छु। यदि सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्‍कार छ!
17 किनकि यदि आफ्‍नो इच्‍छाले म यो काम गर्दछु भने मलाई इनाम छ, तर मैले आफ्‍नै इच्‍छाले यो गरेको होइनँ भने पनि मलाई एउटा भण्डारेको जिम्मा सुम्‍पिदिएको छ।
18 तब मेरो इनाम के हो? केवल यति नै हो, कि सित्तैँमा सुसमाचार प्रचार गर्न पाऊँ, र सुसमाचार प्रचार गर्दा पाउने पूर्ण हकको दाबी मैले गर्न नपरोस्‌।
19 किनभने म मानिसहरूबाट स्‍वतन्‍त्र भए तापनि अझ धेरैलाई जित्‍न सकूँ भनेर मैले आफैलाई सबैको दास तुल्‍याएँ।
20 यहूदीहरूलाई जितूँ भनेर यहूदीहरूका निम्‍ति म यहूदीजस्‍तै बनें। व्‍यवस्‍थाको अधीनमा रहनेहरूलाई जितूँ भनेर म आफै व्‍यवस्‍थाको अधीनमा नभए तापनि व्‍यवस्‍थाको अधीनमा भएकाहरूका निम्‍ति व्‍यवस्‍थाकै अधीनमा रहेजस्‍तै भएँ।
21 व्‍यवस्‍थाको बाहिर हुनेहरूलाई जित्न सकूँ भनेर म आफै परमेश्वरको व्‍यवस्‍थाबाट बाहिर नभई तर ख्रीष्टको व्यवस्थाको अधीनमा रही व्यवस्थाको बाहिर हुनेहरूझैं बनें।
22 दुर्बलहरूलाई जितूँ भनेर दुर्बलहरूका निम्‍ति म दुर्बल बनें। सब प्रकारका उपायले कसै न कसैलाई बचाउन सकूँ भनेर सबैका निम्‍ति म सब थोक बनें।
23 सुसमाचारका आशिष्‌हरूको सहभागी हुन सकूँ भनेर सुसमाचारकै खातिर म यी सब थोक गर्दछु।
24 के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्‍त गर्ने किसिमले दौड।
25 खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्‍मसंयमी हुनुपर्छ। तिनीहरू नष्‍ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।
26 यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्‍का हान्‍नेले जस्‍तै म मुक्‍का हान्‍दिनँ।
27 तर म आफ्‍नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्‍तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्‍य ठहरिनेछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *