पापमा जन्मिएको

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पापमा जन्मिएको

भजनसंग्रह 51 : 5
5 साँच्‍चै, म जन्‍मँदा नै पापी थिएँ, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।

रोमी 5 : 12 – 14
12 एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्‍यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्‍यु फैलियो।
13 व्‍यवस्‍था दिइन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्‍यवस्‍था छैन, त्‍यहाँ पापको लेखा पनि हुँदैन।
14 आदमदेखि लिएर मोशासम्‍मका मानिसहरूमाथि मृत्‍युले राज्‍य गर्‍यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्‍तो अपराध गरेका थिएनन्‌। ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए।

भजनसंग्रह 58 : 3
3 दुष्‍टहरू त जन्‍मदेखि नै भड्‌केर जान्‍छन्‌। गर्भदेखि नै तिनीहरू दुष्‍ट हुन्‍छन्‌ र झूट बोल्‍छन्‌।

१ कोरिन्थी 15 : 22
22 किनकि जसरी आदममा सबै मर्दछन्, त्‍यसै गरी ख्रीष्‍टमा सबै जीवित पारिनेछन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *