पानी बप्तिस्मा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पानी बप्तिस्मा

प्रेरित 2 : 38
38 पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ।

१ पत्रुस 3 : 21
21 यही पानी बप्‍तिस्‍माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला हटाएजस्‍तो होइन, तर शुद्ध विवेकको निम्‍ति परमेश्‍वरतर्फको एउटा प्रतिज्ञा हो। यसले मृतकबाट भएको येशू ख्रीष्‍टको पुनरुत्‍थानद्वारा तिमीहरूलाई बचाउँदछ।

मत्ती 3 : 11
11 “मचाहिँ त तिमीहरूलाई पश्‍चात्तापको लागि पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर मपछि आउनुहुने मभन्‍दा अझ शक्तिशाली हुनुहुन्‍छ, जसका जुत्ता बोक्‍ने योग्‍यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ।

मर्कूस 16 : 16
16 विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ।

प्रेरित 22 : 16
16 त अब किन पर्खनुहुन्‍छ? उठ्‌नुहोस्, र बप्‍तिस्‍मा लिनुहोस्, अनि उहाँको नाउँको पुकार गरेर आफ्‍ना पाप धुनुहोस्‌।’

प्रेरित 8 : 36 – 39
36 अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्‍तिस्‍मा हुनदेखि केले रोक्‍न सक्‍छ?” [
37 फिलिपले भने, “यदि सारा हृदयले नै विश्‍वास गर्नुहुन्‍छ भने तपाईंले बप्‍तिस्‍मा लिन सक्‍नुहुन्‍छ।” तिनले जवाफ दिए “येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी म विश्‍वास गर्दछु।”]
38 तिनले रथ रोक्‍ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्‍तिस्‍मा दिए।
39 तर जब उनीहरू पानीबाट बाहिर उक्‍लिआए, तब प्रभुका आत्‍माले फिलिपलाई पक्रेर लैजानुभयो, र ती नपुंसकले उनलाई फेरि देखेनन्, र ती रमाउँदै आफ्‍नो बाटो लागे।

प्रेरित 10 : 48
48 अनि तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्‍मा दिनू भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्‍यहीँ रहनुहोस्‌ भनी अनुरोध गरे।

रोमी 6 : 4
4 यसकारण बप्‍तिस्‍माद्वारा हामी मृत्‍युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्‍ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्‍यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं।

यूहन्‍ना 3 : 5
5 येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही पानी र आत्‍माद्वारा जन्‍मेन भने परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन।

गलाती 3 : 27
27 किनकि तिमीहरूमध्‍ये जतिको ख्रीष्‍टमा बप्‍तिस्‍मा भयो, तिमीहरू सबैले ख्रीष्‍टलाई धारण गरेका छौ।

मत्ती 28 : 19
19 यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ,

प्रेरित 2 : 41
41 तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्‍तिस्‍मा लिए, र त्‍यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्‍यामा थपिए।

प्रेरित 8 : 38
38 तिनले रथ रोक्‍ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्‍तिस्‍मा दिए।

कलस्सी 2 : 12
12 बप्‍तिस्‍मामा तिमीहरू उहाँसँग गाडिएका थियौ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्‍वरको कार्यमा विश्‍वास राख्‍नाले यही बप्‍तिस्‍मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ।

मत्ती 3 : 16
16 अनि येशू बप्‍तिस्‍मा लिएर तुरुन्‍तै पानीबाट माथि निस्‍कनुभयो, अनि स्‍वर्ग उघ्रियो, र उहाँले परमेश्‍वरका आत्‍मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्‍नुभयो।

प्रेरित 9 : 18
18 तुरुन्‍तै तिनका आँखाबाट पाप्राजस्‍ता केही खसे, र तिनले फेरि दृष्‍टि पाए। तब तिनी उठे र बप्‍तिस्‍मा लिए,

प्रेरित 10 : 47
47 “हामीझैँ पवित्र आत्‍मा पाउने यिनीहरूलाई पानीको बप्‍तिस्‍मा हुनदेखि कसले मनाही गर्न सक्‍छ?”

रोमी 6 : 1 – 18
1 अब हामी के भनौं? के अनुग्रह प्रशस्‍त मात्रामा होस्‌ भनेर हामी पापमा लागिरहौं त?
2 त्‍यसो नहोस्! हामी जो पापको लेखि मर्‍यौं, त कसरी हामी अझै त्‍यसैमा जिउनु?
3 के तिमीहरू जान्‍दैनौ हामी सबै, जतिले ख्रीष्‍ट येशूमा बप्‍तिस्‍मा लियौं, उहाँकै मृत्‍युमा बप्‍तिस्‍मा लिएका थियौं?
4 यसकारण बप्‍तिस्‍माद्वारा हामी मृत्‍युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्‍ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्‍यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं।
5 यदि उहाँको मृत्‍युमा हामी उहाँसँग एउटै भएका छौं भने, उहाँको पुनरुत्‍थानमा पनि निश्‍चय नै हामी उहाँसँगै एक हुनेछौं।
6 हामी जान्‍दछौं कि हाम्रो पुरानो मनुष्‍यत्‍व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं।
7 किनभने जो मरेको छ त्‍यो पापबाट मुक्त भएको छ।
8 तर यदि हामी ख्रीष्‍टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्‍ने विश्‍वास गर्दछौं।
9 हामी जान्‍दछौं कि ख्रीष्‍ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन। अब उसो उहाँमाथि मृत्‍युको राज्‍य हुँदैन।
10 जुन मृत्‍युमा उहाँ मर्नुभयो त्‍यो पापको लेखि सधैँको लागि एकै पल्‍ट मर्नुभयो। तर जुन जीवनमा उहाँ जिउनुहुन्‍छ, त्‍यो परमेश्‍वरको निम्‍ति जिउनुहुन्‍छ।
11 यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरको लागि जीवित भएका ठान्‍नुपर्छ।
12 यसकारण शरीरका अभिलाषाअनुसार चल्‍नु नपरोस्‌ भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्‍य गर्न नदेओ।
13 आफ्‍ना शरीरका अङ्गहरू दुष्‍टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्‍युबाट जीवनमा ल्‍याइएका मानिसहरूजस्‍तै आफैलाई परमेश्‍वरकहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्‍तै परमेश्‍वरकहाँ समर्पण गर।
14 किनकि पापले तिमीहरूमाथि राज्‍य गर्नेछैन, किनकि तिमीहरू व्‍यवस्‍थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।
15 अब के त? के हामी व्‍यवस्‍थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर पाप गर्ने त? कदापि होइन।
16 के तिमीहरू जान्‍दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसकहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, त्‍यसको कमारा पनि हुन्‍छौ? कि त मृत्‍युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको?
17 तर परमेश्‍वरलाई धन्‍यवाद होस्, कि तिमीहरू, जो एक पल्‍ट पापका कमारा थियौ अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्‍पिएका थियौ, त्‍यो हृदयले पालन गर्ने भएका छौ।
18 तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमारा बनेका छौ।

प्रेरित 16 : 30 – 33
30 तिनीहरूलाई बाहिर ल्‍याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?”
31 अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।”
32 तिनीहरूले उनलाई र उनको घरमा भएका जति सबैलाई प्रभुको वचन सुनाए।
33 तब रातको त्‍यही घड़ी उनले तिनीहरूलाई लगेर घाउ धोइदिए। अनि उनी र उनका परिवारले तुरुन्‍तै बप्‍तिस्‍मा लिए।

मत्ती 28 : 1 – 232

1 शबाथपछि, साताको पहिलो दिन रिमरिम उज्‍यालो हुँदा मरियम मग्‍दलिनी र अर्की मरियम चिहान हेर्न आए।
2 ठूलो भूकम्‍प गयो, किनकि परमप्रभुका एउटा दूत स्‍वर्गबाट तल ओर्ले, र आएर ढुङ्गो हटाएर त्‍यसमाथि बसे।
3 तिनको रूप बिजुलीजस्‍तो र पोशाक हिउँजस्‍तो सेतो थियो।
4 तिनको डरले ती पहरादारहरू थरथर काँपे, र मरेतुल्‍य भए।
5 तर स्‍वर्गदूतले ती स्‍त्रीहरूलाई भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्‍दैछौ।
6 उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।
7 तब चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ, कि उहाँ मृतकबाट जीवित भई उठ्‌नुभएको छ, र उहाँ तिमीहरूभन्‍दा अगाडि गालीलमा जाँदैहुनुहुन्‍छ। तिमीहरूले उहाँलाई त्‍यहाँ देख्‍नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु।”
8 अनि तिनीहरू डर र अति आनन्‍दसँग झट्टै चिहानबाट निस्‍केर गए, र उहाँका चेलाहरूलाई खबर दिन दगुरे।
9 अकस्‍मात्‌ येशूले तिनीहरूलाई भेटेर भन्‍नुभयो, “शान्‍ति!” तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्‍डवत्‌ गरे।
10 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, र त्‍यहाँ तिनीहरूले मलाई देख्‍नेछन्‌।”
11 जब ती स्‍त्रीहरू बाटैमा थिए, कोही-कोही पहरादारहरू सहरमा गएर मुख्‍य पूजाहारीलाई त्‍यहाँ भएका घटनाहरूका बारेमा खबर दिए।
12 जब मुख्‍य पूजाहारीहरू धर्म-गुरुहरूसँग भेला भए, तिनीहरूले सल्‍लाह गरे, र सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए,
13 “तिमीहरूले भन्‍नू, कि ‘हामी सुतिरहेको बेला त्‍यसका चेलाहरू आएर त्‍यसलाई चोरेर लगेछन्‌।’
14 कतै हाकिमको कानमा यो कुरा पुगिहाल्‍यो भने, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौं।”
15 तब तिनीहरूले सो पैसा लिए, र सिकाएबमोजिम गरे, र यहूदीहरूमा आजको दिनसम्‍म यही कुरा फैलिएको छ।
16 ती एघारै जना चेलाहरू गालीलको त्‍यस डाँड़ामा गए, जहाँ येशूले तिनीहरूलाई जाने आदेश दिनुभएको थियो।
17 तिनीहरूले उहाँलाई देखेर दण्‍डवत्‌ गरे, तर कतिले चाहिँ शङ्का गरे।
18 तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ।
19 यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ,
20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *