यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पाताल
मत्ती 10 : 28
28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ।
मत्ती 11 : 23
23 ए कफर्नहुम, के तँ आकाशसम्मै उचालिनेछस् र? तँ पातालसम्म खसालिनेछस्। किनकि तँमा गरिएका शक्तिशाली कामहरू सदोममा गरिएका भएदेखि त्यो आजको दिनसम्म रहिरहनेथियो।
मत्ती 16 : 18
18 म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली [1] यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्।
लूका 10 : 15
15 अनि तँ, कफर्नहुम! के तँ आकाशमा उचालिने र? तँ पातालमा खसालिनेछस्।
लूका 16 : 23
23 नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढ़ामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो।
प्रेरित 2 : 27
27 किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।
प्रेरित 2 : 31
31 अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो।
प्रकाश 1 : 18
18 र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन्।
प्रकाश 6 : 8
8 मैले पहेँलो घोडा देखें, र घोड़सवारको नाउँचाहिँ “मृत्यु” थियो, र “पाताल” चाहिँ त्यसको पछिपछि लागेको थियो। अनि पृथ्वीको चौथाइ भागलाई तरवार, अनिकाल, महामारी र पृथ्वीका जङ्गली जनावरहरूद्वारा मार्ने अख्तियार तिनीहरूलाई दिइएको थियो।
२ शमूएल 22 : 6
6 पातालका डोरीहरूले मलाई बेह्रे, मृत्युको पासोले मेरो सामना गर्यो।
अय्यूब 26 : 5
5 “मरेकाहरूका आत्मा गहिरो वेदनामा छन्, पानी मुनि भएकाहरू र त्यहाँका बासिन्दाहरू सबैलाई त्रासले छाएको छ।
भजनसंग्रह 6 : 5
5 मृत्युमा तपाईंको सम्झना हुँदैन, पातालमा कसले तपाईंको प्रशंसा गर्न सक्छ र?
भजनसंग्रह 17 : 15
15 अनि मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु। म बिउँझँदा तपाईंको प्रतिरूप देखेर सन्तुष्ट हुनेछु।
भजनसंग्रह 30 : 9
9 “म मृत-लोकमा गएँ भने मेरो नाशमा के लाभ हुन्छ? के धूलोले तपाईंको प्रशंसा गर्छ र? के त्यसले तपाईंको विश्वसनीयताको वर्णन गर्छ र?
भजनसंग्रह 49 : 15
15 तर परमेश्वरले मोल तिरेर मेरो प्राणलाई चिहानबाट छुटाउनुहुनेछ, उहाँले मलाई निश्चय नै ग्रहण गर्नुहुनेछ। सेला
भजनसंग्रह 86 : 13
13 किनकि मप्रति तपाईंको प्रेम महान् छ, तपाईंले मेरो प्राणलाई पातालको गहिराइबाट छुटाउनुभएको छ।
भजनसंग्रह 88 : 12
12 के तपाईंका आश्चर्य कामहरू अन्धकारको स्थानमा, र तपाईंको धार्मिकताका कार्यहरू विस्मृतिको देशमा प्रकट गरिन्छन् र?
भजनसंग्रह 115 : 17
17 मृतकहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, मृत-लोकमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्।
भजनसंग्रह 116 : 3
3 मृत्युको बन्धनले मलाई अलमलाइदियो, र चिहानको वेदना ममाथि आइपर्यो। दु:ख र शोकले मलाई छोप्यो।
हितोपदेश 15 : 24
24 जीवनको मार्गले बुद्धिमान्लाई उँभोतिर डोर्याउँछ, त्यसले उसलाई उँधो पातालतिर जानदेखि जोगाउँछ।
हितोपदेश 21 : 16
16 समझदारीको मार्गबाट तर्किने मानिस मृतकहरूको सङ्गतमा लेट्न पुग्छ।
हितोपदेश 27 : 20
20 मृत्यु र विनाश कहिल्यै तृप्त हुँदैन, न त मानिसका आँखा नै सन्तुष्ट हुन्छन्।
Leave a Reply