पाखण्ड

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पाखण्ड

अय्‍यूब 8 : 15
15 त्‍यो आफ्‍नो जालमा अड़ेस लाग्‍छ, तर त्‍यसले उसलाई थाम्‍न सक्‍दैन। उसले त्‍यसलाई अँठ्याएर समाते तापनि त्‍यो स्‍थिर रहँदैन।

अय्‍यूब 13 : 16
16 अवश्‍य यो मेरो छुटकाराको निम्‍ति हुनेछ। किनकि कुनै पनि ईश्‍वरहीन मानिस उहाँको सामुन्‍ने आउने आँट गर्दैन।

अय्‍यूब 15 : 31
31 बेकामका कुराहरूमाथि भरोसा गरेर त्‍यसले आफैलाई धोका नदेओस्, किनभने त्‍यसले सट्टामा केही पाउनेछैन।

अय्‍यूब 15 : 34
34 किनभने ईश्‍वरहीनहरूको समूह सबै बाँझो हुनेछ, घूस मन पराउनेहरूका पालहरू आगोले नष्‍ट हुनेछन्‌।

अय्‍यूब 17 : 8
8 यसले गर्दा ईमानदार मानिसहरू अलमल्‍ल परेका छन्, अनि निर्दोष मानिसहरू डराएर थरथर भएका छन्‌।

अय्‍यूब 20 : 18
18 आफूले परिश्रम गरेका कुराहरू नखाईकनै फिर्ता दिनुपर्छ, आफ्‍नो व्‍यापारका नाफाहरूमा त्‍यसले आनन्‍द मनाउन पाउनेछैन।

अय्‍यूब 27 : 10
10 के त्‍यसले सर्वशक्तिमान्‌बाट आनन्‍द पाउँछ? र हर समय उहाँको नाउँको पुकारा गर्छ र?

अय्‍यूब 27 : 18
18 त्‍यसले बनाएको घर पुतलीको गुँड़जस्‍तै कमजोर हुन्‍छ अथवा पहरेदारको टौवाजस्‍तै हुन्‍छ।

अय्‍यूब 31 : 34
34 किनकि भीड़ले के भन्‍लान्‌ भनी म डराएँ, र कुटुम्‍बहरूका गिल्‍लाको डरले, म चूप लागि बसें, घरभित्रै बसिरहेँ।

अय्‍यूब 34 : 30
30 ईश्‍वरहीन मानिसलाई शासक बन्‍नबाट र मानिस जातिको लागि पासो थाप्‍नबाट रोक्‍नलाई।

अय्‍यूब 36 : 14
14 मन्‍दिरका पुरुष वेश्‍याका बीचमा तिनीहरू आफ्‍ना जवानीपन मै मर्छन्‌।

भजनसंग्रह 5 : 9
9 तिनीहरूको मुखमा सत्‍यता छैन, अनि तिनीहरूको हृदय दुष्‍टताले भरिएको छ। तिनीहरूको घोक्रो खुला चिहान हो, अनि आफ्‍नो जिब्रोले तिनीहरू छलका कुरा बोल्‍छन्‌।

भजनसंग्रह 50 : 17
17 तँ मेरा शिक्षालाई घृणा गर्दछस्‌, र मेरा वचनलाई लत्त्याउँछस्‌।

भजनसंग्रह 52 : 4
4 तँ छली जिब्रो, सबै विनाशकारी कुराहरू तँ मन पराउँछस्‌।

भजनसंग्रह 55 : 14
14 तिनीसँग एक चोटि मेरो मधुर सङ्गति हुन्‍थ्‍यो, जसै हामी मानिसको समूहसित परमेश्‍वरको भवनमा हिँड्‌थ्‍यौं।

भजनसंग्रह 55 : 21
21 तिनको बोली घिउजस्‍तै चिप्‍लो छ, तर तिनको हृदयमा झगड़ा छ। तिनका कुराहरू तेलभन्‍दा पनि आरामदायक छ, तर ती नाङ्गा तरवार हुन्‌।

भजनसंग्रह 55 : 23
23 तर हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई विनाशको खाड़लमा फालिदिनुहुनेछ। हत्‍यारा र छली मानिसहरू तिनीहरूको आधा आयुसम्‍म पनि जिउनेछैनन्‌। तर म त तपाईंमा भरोसा राख्‍तछु।

भजनसंग्रह 78 : 37
37 तिनीहरूका हृदय उहाँप्रति ईमानदार थिएनन्‌, उहाँको करारप्रति तिनीहरू विश्‍वस्‍त रहेनन्‌।

भजनसंग्रह 101 : 7
7 छलकपट गर्ने मानिस मेरो घरमा बस्‍न पाउनेछैन, झूट बोल्‍ने मानिस मेरो नजरको सामुन्‍ने रहन पाउनेछैन।

हितोपदेश 7 : 21
21 फकाई-फुस्‍लाईकन त्‍यसले उसलाई रनभुल्‍ल पारी, मोहित कुराहरू गरेर त्‍यसले उसलाई फसाई।

हितोपदेश 11 : 9
9 ईश्‍वरहीनको आफ्‍नै मुखले आफ्‍नो छिमेकीको बरबादी गर्छ, तर ज्ञानले धर्मीलाई छुटकारा मिल्‍छ।

हितोपदेश 14 : 8
8 समझदार मानिसको बुद्धिले त्‍यसलाई सही बाटो दिन्‍छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो।

हितोपदेश 15 : 8
8 दुष्‍ट मानिसको बलिदान परमप्रभुको दृष्‍टिमा घृणित हुन्‍छ, तर ईमानसँग चल्‍नेको प्रार्थनादेखि उहाँ प्रसन्‍न हुनुहुन्‍छ।

हितोपदेश 20 : 14
14 ग्राहकले भन्‍छ, “यो राम्रो छैन, यो राम्रो छैन!” तब अलिक पर पुगेपछि आफ्‍नो खरीद गराइमा त्‍यसले धाक लाउँछ।

हितोपदेश 21 : 27
27 दुष्‍टको बलिदान घिनलाग्‍दो हुन्‍छ— खराब अभिप्रायले चढ़ाएको झन्‌ कत्ति बढ़ी घृणित होला!

हितोपदेश 23 : 8
8 तैंले त्‍यो थोरै खाएको पनि उकेलिदिनेछस्, र त्‍यसलाई तैंले गरेको अभिवादन त्‍यसै खेर जानेछ।

हितोपदेश 25 : 19
19 दु:खेको दाँत अथवा लङ्गड़ो खुट्टा भएझैँ सङ्कष्‍टको बेला अविश्‍वसयोग्य व्‍यक्तिमा भर पर्नु हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *