यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पश्चात्ताप
२ इतिहास 7 : 14
14 यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु।
१ यूहन्ना 1 : 9
9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।
प्रेरित 3 : 19
19 यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्,
लूका 13 : 3
3 म तिमीहरूलाई भन्दछु, त्यसो होइन, तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ।
प्रेरित 17 : 30
30 यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनुभएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चात्ताप गर्ने आज्ञा दिनुहुन्छ।
२ पत्रुस 3 : 9
9 आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चात्ताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान् हुनुहुन्छ।
इजकिएल 18 : 21 – 23
21 “तर यदि कुनै दुष्ट मानिसले आफूले गरेका सबै पापहरू त्यागेर मेरा विधिहरू पालन गर्यो, र न्यायसङ्गत र ठीक काम गर्यो भने, त्यो निश्चय नै बाँच्नेछ। त्यो मर्नेछैन।
22 त्यसले गरेको कुनै पनि अपराध त्यसको विरुद्धमा फेरि सम्झना हुनेछैन। त्यसले गरेको धर्मको कारण त्यो बाँच्नेछ।
23 के दुष्टको मृत्युमा म खुशी हुन्छु र? परमप्रभु परमेश्वर भन्नुहुन्छ। बरु आफ्नो चाल छोड़ेर तिनीहरू बाँचेका म हेर्न चाहन्नँ र?
याकूब 4 : 8 – 10
8 परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।
9 दुःखी होओ, शोक गर, र रोओ। तिमीहरूको हाँसो शोकमा, र तिमीहरूको आनन्द खिन्नतामा परिणत होस्।
10 प्रभुको सामने आफूलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।
प्रकाश 2 : 5
5 यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्झ, र पश्चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्चात्ताप गरेनौ भने, तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछु।
हितोपदेश 28 : 13
13 आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।
प्रेरित 2 : 38
38 पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।
प्रकाश 3 : 19
19 जत्तिलाई म माया गर्छु, म तिनीहरूलाई हप्काउँछु, र ताड़ना दिन्छु। यसकारण उत्साहित होओ। पश्चात्ताप गर।
२ कोरिन्थी 7 : 9 – 11
9 तिमीहरूलाई शोक भयो भनेर म खुशी भएको होइनँ, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्चात्तापी बनायो भनेर हो, किनभने तिमीहरूले ईश्वरीय शोकको अनुभव गर्यौ, र हामीतर्फबाट तिमीहरूले केही नोक्सानी सहनुपरेन।
10 किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चात्ताप उत्पन्न गर्छ, र त्यसमा पछितो हुँदैन, तर सांसारिक शोकले भने मृत्यु उत्पन्न गर्छ।
11 किनकि हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कस्तो उत्साह उत्पन्न गराएको छ— आफैलाई निर्दोष तुल्याउन तिमीहरूमा कस्तो उत्सुकता छ, कस्तो क्रोध, कस्तो भय, कस्तो तृष्णा, कस्तो जोश, न्याय होस् भन्ने कस्तो इच्छा! सबै कुरामा तिमीहरूले आफैलाई निर्दोष भएको साबित गरेका छौ।
मर्कूस 1 : 15
15 उहाँले भन्नुभयो, “समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चात्ताप गर, र सुसमाचारमा विश्वास गर।”
भजनसंग्रह 119 : 176
176 हराएको भेड़ाजस्तो म बरालिएको छु, आफ्नो दासलाई खोज्नुहोस्, किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।
प्रेरित 8 : 22
22 यसकारण तेरो आफ्नो यस दुष्टताको निम्ति पश्चात्ताप गर् अनि प्रभुमा प्रार्थना चढ़ा, र शायद तेरो हृदयको यस्तो विचार क्षमा होला।
लूका 18 : 10 – 14
10 “दुई जना मानिस प्रार्थना गर्न मन्दिरमा गए— एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने।
11 फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्यो, ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, म अरू मानिसहरूजस्तो धुताहा, अन्यायी, व्यभिचारी, अथवा यही कर उठाउनेजस्तो पनि छैनँ।
12 म हप्तामा दुई पल्ट उपवास बस्तछु। मैले पाएका सबै थोकको दशांश म दिन्छु।’
13 “तर कर उठाउनेचाहिँ टाढ़ै उभिएर स्वर्गतिर आँखा पनि नउठाई यसो भन्दै आफ्नो छाती पिट्यो, ‘हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्!’
14 “म तिमीहरूलाई भन्दछु, योचाहिँ मानिस त्यस अर्काभन्दा धर्मी ठहरिएर आफ्नो घरतिर लाग्यो। किनभने हरेक जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ।”
यशैया 44 : 22
22 मैले तेरा अपराधहरू बादलझैँ र तेरा पापहरू बिहानको कुइरोझैँ हटाइदिएँ। फर्केर आइज, किनकि मैले तँलाई मोल तिरेर छुटकारा दिएको छु।”
योएल 2 : 13
13 आफ्नो लुगा होइन, तर आफ्नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्छ, र विपत्ति ल्याउनुहुँदा उहाँ दु:खित हुनुहुन्छ।
Leave a Reply