पशु क्रूरता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पशु क्रूरता

हितोपदेश 12 : 10
10 धर्मी मानिसले आफ्‍नो पशुको वास्‍ता गर्छ, तर दुष्‍टको सबैभन्‍दा दयालु काम पनि निर्दयी हुन्‍छ।

उपदेशक 3 : 19
19 मानिसको भाग्‍य पशुको झैँ हुन्‍छ। ती दुवैको एउटै दशाले प्रतीक्षा गरिरहन्‍छ। एउटा जसरी मर्छ, अर्को पनि त्‍यसरी नै मर्छ। सबैको एउटै सास हुन्‍छ। मानिसहरूको पशुभन्‍दा बढ़ी सुविधा हुँदैन। हरेक कुरा व्‍यर्थ हो।

हितोपदेश 27 : 23
23 तेरा भेड़ाहरूको अवस्‍था राम्ररी थाहा गर्, आफ्‍नो बगालप्रति सावधानीपूर्वक ध्‍यान दे,

प्रस्‍थान 23 : 5
5 तिमीहरूसित रीस-इबी गर्नेको गधा भारीले थिचिएको देख्‍यौ भने, त्‍यसलाई त्‍यतिकै नछोड़, तर त्‍यसलाई उठाओ।

उत्‍पत्ति 1 : 28
28 परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”

भजनसंग्रह 145 : 9
9 परमप्रभु सबैमाथि भलो हुनुहुन्‍छ। र आफ्‍नो समस्‍त सृष्‍टिमाथि दया राख्‍नुहुन्‍छ।

यशैया 1 : 11
11 परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्‍ति के काम लाग्‍छ? म त भेड़ाहरूका होमबलि र पालेका मोटा पशुहरूका बोसोका होमबलिदेखि अघाएको छु। साँढ़े, थुमा र बोकाहरूको रगतदेखि म प्रसन्‍न हुन्‍नँ।

उत्‍पत्ति 1 : 30
30 अनि पृथ्‍वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्‍तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्‍ति म हरिया वनस्‍पति दिन्‍छु।” तब त्‍यस्‍तै भयो।

लूका 12 : 6
6 के दुई पैसामा पाँच वटा भँगेरा बिक्‍दैनन्‌? तीमध्‍ये एउटालाई पनि परमेश्‍वरले बिर्सनुहुन्‍न।

व्यवस्था 25 : 4
4 दाइँ गर्दा गोरुलाई महला नलगाओ।

लूका 15 : 4 – 7
4 “तिमीहरूमध्‍ये कुन मानिस होला, जसको एक सय भेड़ामध्‍ये एउटा हराउँदा उनान्‍सयलाई वनमै छोड़ेर हराएको भेड़ा नपाउञ्‍जेल त्‍यसको खोजी गर्दैन?
5 हराएको भेड़ा भेट्टाएपछि रमाउँदै त्‍यसलाई आफ्‍नो काँधमा राख्‍छ,
6 र घरमा आएर उसले आफ्‍ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्‍छ, ‘मसँग रमाओ, किनभने मैले आफ्‍नो हराएको भेड़ा पाएको छु।’
7 म तिमीहरूलाई भन्‍दछु, यसरी पश्‍चात्ताप गर्नु नपर्ने उनान्‍सय धार्मिक जनहरूका लागि भन्‍दा पश्‍चात्ताप गर्ने एक जना पापीको लागि स्‍वर्गमा अझ बढ़ी आनन्‍द हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *