यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पवित्र हुनु
१ पत्रुस 1 : 16
16 किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।”
१ पत्रुस 1 : 15
15 तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ,
लेवीहरू 11 : 44
44 म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू आफूलाई अर्पण गरेर पवित्र होओ, किनकि म पवित्र छु। भूइँमा घस्रने कुनै किसिमको जीवातबाट तिमीहरू अपवित्र नहोओ।
लेवीहरू 19 : 2
2 “सबै इस्राएली समुदायलाई भन्: तिमीहरू पवित्र होओ, किनभने म, परमप्रभु तिमीहरूका परमेश्वर, पवित्र छु।
लेवीहरू 11 : 45
45 किनकि तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्याउने परमप्रभु म नै हुँ। यसैकारण तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु।
प्रेरित 22 : 16
16 त अब किन पर्खनुहुन्छ? उठ्नुहोस्, र बप्तिस्मा लिनुहोस्, अनि उहाँको नाउँको पुकार गरेर आफ्ना पाप धुनुहोस्।’
याकूब 2 : 24
24 तिमीहरू देख्तछौ कि कामद्वारा मानिस धर्मी ठहरिँदोरहेछ, विश्वासद्वारा मात्र होइन।
हिब्रू 11 : 7
7 विश्वासद्वारा नोआले त्यति बेलासम्म अदेख रहेका घटनाका बारेमा परमेश्वरबाट चेताउनी पाएर भक्तिसाथ आफ्नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए।
यशैया 6 : 3
3 अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरू पुकार्दैथिए: “सर्वशक्तिमान् परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।”
एफिसी 2 : 8 – 9
8 किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो—
9 कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।
फिलिप्पी 4 : 4 – 9
4 प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर।
5 तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ।
6 कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्,
7 र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।
8 अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका विचार गर।
9 तिमीहरूले जुन कुरा मबाट सिक्यौ, र ग्रहण गर्यौ र सुन्यौ र ममा देख्यौ, त्यही गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
प्रेरित 2 : 38
38 पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।
मत्ती 11 : 2 – 19
2 यूहन्नाले ख्रीष्टका कामहरूको चर्चा झ्यालखानमा सुने, र आफ्ना चेलाहरूलाई उहाँकहाँ यो कुरा सोध्न पठाए,
3 “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ, कि हामीहरू अरू कसैको प्रतीक्षा गरौं?”
4 येशूले तिनीहरूलाई भन्नुभयो “तिमीहरूले सुनेका र देखेका कुराहरू यूहन्नालाई भनिदेओ,
5 अन्धाहरूले दृष्टि पाउँछन्, र लङ्गड़ाहरू हिँड्दछन्। कुष्ठरोगीहरू शुद्ध पारिएका छन्। बहिराहरू सुन्न सक्ने भएका छन्। मरेकाहरू जीवित भई उठेका छन्, र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ।
6 धन्य हो त्यो, जसले मबाट बाधा पाउँदैन।”
7 अनि तिनीहरू गएपछि येशूले यूहन्नाको विषयमा भीड़लाई भन्न लाग्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई?
8 तब तिमीहरू किन निस्क्यौ? के नरम पोशाक धारण गरेको मानिसलाई हेर्न? नरम पोशाक लाउनेहरू त राजाहरूका भवनमा बस्छन्।
9 तिमीहरू किन निस्क्यौ त? के अगमवक्ता हेर्नलाई? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्ताभन्दा पनि महान् व्यक्तिलाई।
10 यिनी तिनै हुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ, ‘हेर, म आफ्नो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो सामुन्ने तिम्रो मार्ग तयार गर्नेछ।’
11 साँच्चै, म तिमीहरूलाई भन्दछु, स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा-दिने यूहन्नाभन्दा महान् अरू कोही भएको छैन। तरै पनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा महान् हो।
12 बप्तिस्मा-दिने यूहन्नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य जोड़ले अगि बढ़िरहेको छ, अनि शक्तिशाली मानिसहरू बलजफतीसँग यसलाई पक्रन्छन्।
13 किनकि यूहन्नाको समयसम्म सबै अगमवक्ताहरू र व्यवस्थाले अगमवाणी गरे।
14 तिमीहरू ग्रहण गर्न राजी हुन्छौ भने, आउनुपर्ने एलिया यिनी नै हुन्।
15 जसको सुन्ने कान छ, त्यसले सुनोस्।
16 “अब यस पुस्ताको तुलना म केसँग गरूँ? यो त बजारमा खेल्ने ससाना केटाकेटीहरूजस्तो हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन्, र भन्दछन्,
17 ‘हामीहरूले तिमीहरूका निम्ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौ। हामीहरूले विलाप गर्यौं, तर तिमीहरूले अफसोस गरेनौ।’
18 किनभने यूहन्ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्दछन्।
19 मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिनीहरू भन्दछन्, ‘हेर, घिचुवा, पियक्कड़, कर उठाउने र पापीहरूको मित्र!’ बुद्धि ठीक हो भन्ने कुरा त्यसका कामहरूबाटै प्रमाणित हुन्छ।”
१ पत्रुस 1 : 1 – 25
1 येशू ख्रीष्टको प्रेरित पत्रुसबाट [1] पोन्टस, गलातिया, कापाडोकिया, एशिया र बिथिनियाभरि निर्वासित भई छरपष्ट भएकाहरूलाई,
2 येशू ख्रीष्टको आज्ञापालन र उहाँका रगतको छिट्काइको निम्ति पवित्र आत्माद्वारा शुद्ध भई परमेश्वर पिताद्वारा उहाँको पूर्वज्ञानअनुसार चुनिएकाहरूलाई: अनुग्रह र शान्ति प्रशस्त हुँदैजाओस्।
3 परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यका हुनुहुन्छ! उहाँको महान् कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं।
4 स्वर्गमा तिमीहरूका निम्ति साँचिराखेको उत्तराधिकार अविनाशी, विशुद्ध र नओइलने किसिमका छन्।
5 आखिर समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ।
6 तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नुपर्दछ।
7 आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्।
8 तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँछौ।
9 तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ।
10 तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए।
11 तिनीहरूभित्र हुनुभएका ख्रीष्टको आत्माले ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए।
12 तिनीहरूलाई यो प्रकट गरिएको थियो, कि तिनीहरूले आफ्ना होइन, तर तिमीहरूका सेवा गरिरहेका थिए। यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ। स्वर्गदूतहरू पनि यी कुरा हेर्न अति उत्सुक छन्।
13 यसकारण आफ्नो मन बाँध, संयमी होओ र येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूकहाँ आउन लागेको अनुग्रहमा तिमीहरूको आशा पूर्ण रूपले राख।
14 आज्ञाकारी बालकहरू भएका हुनाले अगाडिको अजान अवस्थाका कुइच्छाहरूमा तिमीहरू अब नलाग।
15 तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ,
16 किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।”
17 पनपक्ष नगरी मानिसको कामअनुसार इन्साफ गर्नुहुनेलाई पिता भनी पुकारा गर्छौ भने, तिमीहरूका प्रवासको सम्पूर्ण समय डरसँग बिताओ।
18 तिमीहरू जान्दछौ, कि आफ्ना पिता-पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि, सुन वा चाँदीजस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्ट्याइएका होइनौ,
19 तर निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ।
20 उहाँ सृष्टिभन्दा अगाडिदेखि नै नियुक्त हुनुभएको थियो, तर तिमीहरूका खातिर समयको अन्त्यमा प्रकट हुनुभयो।
21 उहाँद्वारा परमेश्वरमाथि तिमीहरूको भरोसा छ, जसले ख्रीष्टलाई मृतकबाट जीवित पारेर महिमा दिनुभयो, ताकि तिमीहरूको विश्वास र आशा परमेश्वरमा रहोस्।
22 अब सत्यको पालनद्वारा तिमीहरूले आफैलाई शुद्ध पारेका हुनाले आफ्ना दाजुभाइलाई निष्कपट प्रेम गर, र हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर।
23 परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्मेका छौ।
24 किनकि, “सबै प्राणी घाँसजस्तै हुन् र तिनका सबै गौरव घाँसका फूलजस्ता। घाँस ओइलाउँछ, र फूल झरिहाल्छ,
25 तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।” अनि तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो।
न्यायकर्ताहरू 13 : 2 – 14
2 दानको कुलका सोरामा बस्ने एक जना मानिस थिए, जसको नाउँ मानोह थियो, र जसकी पत्नी बाँझी थिइन्, र तिनको कोही छोराछोरी थिएन।
3 परमप्रभुका दूत ती स्त्रीकहाँ देखा परेर तिनलाई भने, “तिमी बाँझी छौ र तिम्रो कोही छोराछोरी छैन, तर तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ।
4 अब मैले भनेझैँ तिमीले गर्नू, होशियार होऊ, दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू, र कुनै अशुद्ध भोजन नखानू,
5 किनभने तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्माउनेछौ। त्यसको कपालमा छुरा नलागोस्, किनभने त्यो बालक जन्मेको दिनदेखि नै परमेश्वरको निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसले नै इस्राएललाई पलिश्तीहरूका हातबाट छुटाउन सुरु गर्नेछ।”
6 ती स्त्री गएर आफ्ना पतिलाई यसो भनेर बताइदिइन्, “परमेश्वरका एक जना मानिस मकहाँ आए। तिनको मोहड़ा परमेश्वरका दूतको झैँ थियो, र हेर्नमा अति भययोग्य थियो। तिनी कहाँबाट आएका हुन् भनी मैले तिनलाई सोधिनँ, र तिनले पनि मलाई आफ्नो नाउँ बताएनन्।
7 तर तिनले मलाई भने, ‘तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्माउनेछौ। आजदेखि उसो तिमीले दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू र अशुद्ध भोजन नखानू, किनभने त्यो केटो जन्मेको दिनदेखि मर्ने दिनसम्मै परमेश्वरको निम्ति अलग गरिएको नाजिरी हुनेछ’।”
8 तब मानोहले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, बिन्ती छ, तपाईंले पठाउनुभएका, परमेश्वरका ती मानिस फेरि एक पल्ट आऊन् र त्यो जन्मने बालकलाई हुर्काउन हामीले के गर्नुपर्छ सो हामीलाई बताइदेऊन्।”
9 परमेश्वरले मानोहको प्रार्थना सुन्नुभयो, र परमेश्वरका दूत बारीमा बसिरहेकी ती स्त्रीकहाँ फेरि आए। तिनका पति तिनीसँग थिएनन्।
10 स्त्री झट्टै दगुरेर गई मानोहलाई भनिन्, “त्यस दिन आएका ती मानिस फेरि मकहाँ आएका छन्।”
11 मानोह झट्टै तिनीसँग गए र त्यस व्यक्तिलाई भेटेर भने, “के मेरी पत्नीसँग कुरा गर्ने तपाईं नै हुनुहुन्छ?” तिनले भने, “हो, म नै हुँ।”
12 मानोहले भने, “जब तपाईंको वचन पूरा हुनेछ, तब त्यो केटाको जीवन र कामको नियम कस्तो हुनेछ?”
13 परमप्रभुका दूतले जवाफ दिएर भने, “मैले जे भनेको छु सो कुरा तिम्री पत्नीले होशियारसँग पालन गर्नुपर्छ।
14 दाखको बोटबाट निस्केको केही पनि तिनले चाख्नुहुँदैन। तिनले दाखमद्य वा अरू मत्ताएको मद्य पिउनुहुँदैन। कुनै पनि अशुद्ध खानेकुरा तिनले खानुहुँदैन। मैले जे भनेको छु त्यो सबै तिनले गर्नुपर्छ।”
Leave a Reply