पवित्र आत्मा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पवित्र आत्मा

यूहन्‍ना 14 : 26
26 तर सल्‍लाहकार, अर्थात्‌ पवित्र आत्‍मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ।

गलाती 5 : 22 – 23
22 तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता,
23 नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।

गलाती 1 : 12
12 किनकि मैले यो कुनै मानिसबाट पाएको होइनँ, न मलाई यो सिकाइएको थियो, तर येशू ख्रीष्‍टको प्रकाशद्वारा मैले यो पाएको हुँ।

प्रेरित 2 : 33
33 यसैकारण परमेश्‍वरको दाहिने बाहुलीपट्टि उहाँ उच्‍च पारिनुभयो, र पिताबाट पवित्र आत्‍माको प्रतिज्ञा पाउनुभयो, र उहाँले यो खन्‍याइदिनुभएको हो, जे तपाईंहरू देख्‍नु र सुन्‍नुहुन्‍छ।

एफिसी 3 : 1 – 3
1 यसैकारण म पावल, तिमी अन्‍यजातिहरूका पक्षमा ख्रीष्‍ट येशूको कैदी—
2 तिमीहरूका निम्‍ति मलाई सुम्‍पिएको परमेश्‍वरका अनुग्रहको जिम्‍मेवारीको विषयमा तिमीहरूले पनि सुनेका छौ भन्‍ने मलाई लागेको छ।
3 जुनचाहिँ प्रकाशद्वारा मलाई थाहा गराइएको रहस्‍य हो। जसको विषयमा मैले तिमीहरूलाई अघिबाटै छोटकरीमा लेखेको पनि थिएँ।

यूहन्‍ना 16 : 13
13 जब उहाँ, अर्थात्‌ सत्‍यका आत्‍मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्‍यतामा डोर्‍याउनुहुनेछ। उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन। उहाँले जे सुन्‍नुहुन्‍छ, त्‍यही बोल्‍नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।

प्रेरित 2 : 38
38 पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ।

२ तिमोथी 1 : 7
7 किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।

एफिसी 4 : 30
30 अनि परमेश्‍वरका पवित्र आत्‍मालाई दुःखित नतुल्‍याओ, जसमा उद्धारका दिनको निम्‍ति तिमीहरू छाप लगाइएका छौ।

प्रेरित 1 : 5
5 किनभने यूहन्‍नाले त पानीले बप्‍तिस्‍मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्‍मामा तिमीहरूको बप्‍तिस्‍मा हुनेछ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *