यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पवित्रीकरण
प्रस्थान 13 : 2
2 “इस्राएलीहरूमध्येका मानिस र पशुका गर्भका प्रथम फल, अर्थात् पहिले जन्मेका सबै नरहरूलाई मेरो निम्ति अर्पण गर्। ती मेरा हुन्।”
प्रस्थान 19 : 10
10 अनि परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूकहाँ गएर तिनीहरूलाई आज र भोलि शुद्ध गर्। तिनीहरूले आ-आफ्ना लुगा धोऊन्,
प्रस्थान 19 : 14
14 मोशा पर्वतबाट तल मानिसहरूकहाँ उत्रेर आएपछि, तिनले मानिसहरूलाई शुद्ध गरे, र तिनीहरूले आ-आफ्ना लुगा धोए।
प्रस्थान 40 : 11
11 बाटा र त्यसका खुट्टा अभिषेक गरेर पवित्र गर्नू।
प्रस्थान 31 : 13
13 “तैंले इस्राएलीहरूलाई यसो पनि भन्नू: तिमीहरूले निश्चय मेरा शबाथहरू मान्नू। तिमीहरू र मेरो बीचमा यो एउटा चिन्ह हुनेछ, कि म, परमप्रभु नै, तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाओ।”
लेवीहरू 20 : 8
8 तिमीहरूले मेरा विधिहरू पालन गर। तिमीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ।
लेवीहरू 21 : 8
8 तिमीहरूले पूजाहारीहरूलाई पवित्र मान, किनकि तिनीहरूले आफ्ना परमेश्वरको भोजन चढ़ाउने गर्दछन्। तिनीहरू तिमीहरूका निम्ति पवित्र होऊन्, किनकि तिमीहरूलाई पवित्र बनाउने म, परमप्रभु, पवित्र छु।
लेवीहरू 22 : 9
9 “‘पूजाहारीहरूले मेरा आज्ञाहरू पालन गरून्, नत्रता तिनीहरूले मेरा आज्ञा घृणा गरेको कारण तिनीहरू दोषी भएर मर्लान्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ।
प्रस्थान 29 : 37
37 सात दिनसम्म तैंले वेदीको निम्ति प्रायश्चित गर्दैरहनू, र त्यसलाई पवित्र पार्नू। यसरी वेदी महा पवित्र हुनेछ। जे-जेले त्यो वेदी छोला त्यो पवित्र हुनेछ।”
प्रस्थान 30 : 29
29 यसरी यिनीहरूलाई पवित्र गर्नू, र ती अति पवित्र होऊन्। जुन चीजले तिनीहरूलाई छुन्छ त्यो पवित्र हुनेछ।”
प्रस्थान 29 : 43
43 इस्राएलीहरूसित म त्यहीँ नै भेट गर्नेछु, र त्यो पाल मेरो महिमाले पवित्र हुनेछ।
प्रस्थान 40 : 35
35 अनि मोशा भेट हुने पालमा पस्न सकेनन्, किनकि त्यो बादल त्यसमा बसिरह्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो।
प्रस्थान 31 : 13
13 “तैंले इस्राएलीहरूलाई यसो पनि भन्नू: तिमीहरूले निश्चय मेरा शबाथहरू मान्नू। तिमीहरू र मेरो बीचमा यो एउटा चिन्ह हुनेछ, कि म, परमप्रभु नै, तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाओ।”
प्रस्थान 33 : 16
16 तपाईं हामीसितै नगएसम्म म र तपाईंका यी मानिसहरूले तपाईंको निगाह पाएका छौं भनेर हामीले कसरी जान्ने? अरू के कुराले म र तपाईंका मानिसहरू पृथ्वीका सारा मानिसहरूदेखि भिन्नै हुन्छौं?”
लेवीहरू 21 : 23
23 तर त्यसमा खोट भएकोले त्यसले पर्दा र वेदीको नजिक आएर मेरो पवित्रस्थान अपवित्र नपारोस्। तिनीहरूलाई पवित्र पार्ने परमप्रभु म नै हुँ’।”
यर्मिया 1 : 5
5 “मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरें।”
इजकिएल 37 : 28
28 तब जाति-जातिहरूले यो जान्नेछन्, कि म परमप्रभुले नै इस्राएललाई पवित्र बनाउँछु, जब मेरो वासस्थान तिनीहरूका बीचमा सदासर्वदा रहिरहन्छ’।”
यूहन्ना 17 : 17
17 तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्य हो।
यूहन्ना 17 : 19
19 तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु, ताकि तिनीहरू पनि सत्यतामा पवित्र होऊन्।
प्रेरित 26 : 18
18 कि तिमीले तिनीहरूका आँखा खोलिदेऊ, र तिनीहरू अन्धकारबाट ज्योतितर्फ, र शैतानको शक्तिबाट परमेश्वरतर्फ फर्कून्। यसरी तिनीहरूले पापको क्षमा पाउनेछन् र ममाथिको विश्वासद्वारा पवित्र भएकाहरूको स्थान तिनीहरूले पनि पाउनेछन्।’
Leave a Reply