यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परोपकारिता
हितोपदेश 10 : 12
12 घृणाले कलह उत्पन्न गराउँछ, तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्छ
हितोपदेश 17 : 9
9 चित्त दुखाइलाई ढाकछोप गर्नेले प्रेम बढ़ाउँछ, तर कुरा दोहोर्याउने जोसुकैले पनि घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।
मत्ती 5 : 24
24 तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ।
मत्ती 6 : 15
15 तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।
मत्ती 7 : 5
5 ए ढोंगी, पहिले आफ्नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्नेछौ।
लूका 6 : 42
42 तिमी आफ्नो आँखामा भएको मूढ़ा देख्दैनौ भने, आफ्नो भाइलाई ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को मलाई निकाल्न देऊ’ भनी तिमी कसरी भन्न सक्छौ? ए कपटी, पहिला आफ्नै आँखाबाट मूढ़ा निकाल, र तब तिमीले भाइको आँखामा भएको छेस्को निकाल्नलाई छर्लङ्गै देख्न सक्छौ।
मत्ती 18 : 35
35 “तिमीहरूले आफ्नो भाइलाई आफ्नो हृदयदेखि क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्यसै गर्नुहुनेछ।”
लूका 17 : 4
4 यदि तिम्रो भाइले दिनमा सात पल्ट तिम्रो विरुद्धमा अपराध गर्यो, र सातै पल्ट तिमीकहाँ फर्किआएर ‘म पछुतो गर्छु’ भन्यो भने, तिमीले त्यसलाई क्षमा गर्नू।”
यूहन्ना 7 : 24
24 मुख हेरेर होइन, तर ठीक किसिमले इन्साफ गर।”
रोमी 14 : 23
23 तर कसैले शङ्का गरेर केही खायो भने त्यो दोषी ठहर्छ, किनकि उसले विश्वाससाथ खाएको छैन। विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो।
१ कोरिन्थी 4 : 5
5 यसकारण तोकिएको समयभन्दा अघि न्याय नगर, प्रभु आउञ्जेल पर्ख। उहाँले अँध्यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ। तब हरेक मानिसले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ।
१ कोरिन्थी 10 : 33
33 जसरी म पनि मैले गर्ने सबै काममा सबै मानिसहरूलाई प्रसन्न राख्ने कोसिस गर्दछु, म आफ्नै होइन, तर धेरैको हित खोज्दछु, ताकि तिनीहरूको उद्धार होस्।
१ कोरिन्थी 13 : 13
13 अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।
१ कोरिन्थी 16 : 14
14 जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्।
गलाती 6 : 1
1 भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ।
एफिसी 4 : 32
32 जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।
कलस्सी 3 : 14
14 यी सबैभन्दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ।
१ तिमोथी 1 : 5
5 हाम्रो आज्ञाको लक्ष्य प्रेम हो, जो शुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासबाट आउँछ।
१ तिमोथी 4 : 12
12 जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।
२ तिमोथी 2 : 22
22 यसकारण जवानीका अभिलाषाहरू त्याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख।
याकूब 2 : 13
13 किनकि जुन मानिसले कृपा गरेको छैन, त्यसको न्याय कृपाविना नै हुन्छ। कृपा न्यायमाथि विजयी हुन्छ।
याकूब 4 : 12
12 व्यवस्था दिने र न्यायकर्ता त एउटै हुनुहुन्छ, जसले बचाउन र नाश गर्न पनि सक्नुहुन्छ। तर आफ्नो छिमेकीलाई दोष लाउने तिमीहरू को हौ?
१ पत्रुस 3 : 9
9 खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्यसको सट्टामा आशिष् दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष् प्राप्त गर्न सक।
Leave a Reply