परी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परी

हिब्रू 13 : 2
2 परदेशीहरूको अतिथि-सत्‍कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्‍वर्गदूतहरूको सत्‍कार गरेका छन्‌।

प्रेरित 5 : 19
19 तर प्रभुका एउटा दूतले राती झ्‍यालखानका ढोकाहरू खोलिदिए, र तिनीहरूलाई बाहिर ल्‍याएर भने,

प्रेरित 8 : 26
26 त्‍यसपछि प्रभुका एउटा दूतले फिलिपलाई भने, “उठेर दक्षिणतिर यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ। त्‍यहाँ मरुभूमिको बाटो छ।”

भजनसंग्रह 103 : 20
20 हे उहाँका स्‍वर्गदूतहरू हो, उहाँको वचन पालन गर्ने शक्तिशाली जन हो, परमप्रभुको प्रशंसा गर।

प्रेरित 27 : 23
23 किनभने जुन परमेश्‍वरको म हुँ, र जसको आराधना म गर्दछु, उहाँका एक दूत आज राती मेरो छेउमा खड़ा भए।

यहूदा 1 : 9
9 तर प्रधान दूत मिखाएलले पनि मोशाका लाशको विषयमा दियाबलससँग विवाद गर्दा त्‍यसलाई निन्‍दापूर्ण दोष लाउन साहस नगरी “प्रभुले तँलाई हप्‍काऊन्” भनेथे।

हिब्रू 1 : 14
14 के ती सबै स्‍वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्‍माहरू होइनन्‌?

भजनसंग्रह 91 : 11
11 किनकि उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।

प्रकाश 19 : 10
10 अनि तिनलाई दण्‍डवत्‌ गर्न म तिनको पाउमा घोप्‍टो परें। तर तिनले मलाई भने, “तिमीले मलाई यसो गर्नुहुँदैन। म येशूको गवाही कायम राख्‍ने तिम्रा भाइहरूको र तिम्रो सङ्गी-दास मात्र हुँ। परमेश्‍वरलाई दण्‍डवत्‌ गर! किनकि येशूको गवाही अगमवाणीको आत्‍मा हो।

यहूदा 1 : 6
6 आफ्‍नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्‍थान त्‍याग्‍ने स्‍वर्गदूतहरूलाई उहाँले पातालको अन्‍धकारमा न्‍यायको त्‍यस ठूलो दिनसम्‍म अनन्‍त बन्‍धनमा राख्‍नुभएको छ,

हिब्रू 12 : 22
22 तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्‍वरको सहर, स्‍वर्गीय यरूशलेममा, र असंख्‍य स्‍वर्गदूतहरूको आनन्‍द-उत्‍सवमा आएका छौ।

मत्ती 24 : 36
36 “तर त्‍यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले।

मत्ती 24 : 31
31 उसले आफ्‍ना स्‍वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्‍म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्‌।

न्यायकर्ताहरू 13 : 6
6 ती स्‍त्री गएर आफ्‍ना पतिलाई यसो भनेर बताइदिइन्, “परमेश्‍वरका एक जना मानिस मकहाँ आए। तिनको मोहड़ा परमेश्‍वरका दूतको झैँ थियो, र हेर्नमा अति भययोग्‍य थियो। तिनी कहाँबाट आएका हुन्‌ भनी मैले तिनलाई सोधिनँ, र तिनले पनि मलाई आफ्‍नो नाउँ बताएनन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *