परिवार टुट्यो

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परिवार टुट्यो

मत्ती 8 : 20 – 23
20 येशूले तिनलाई भन्‍नुभयो, “स्‍यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड़ हुन्‍छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्‍काउने ठाउँ पनि छैन।”
21 उहाँका चेलाहरूमध्‍ये अर्को एक जनाले भन्‍यो, “प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्‌ने अनुमति दिनुहोस्‌।”
22 तर येशूले तिनलाई भन्‍नुभयो, “मेरो पछि आऊ, मुर्दाले नै तिनका आफ्‍ना मुर्दा गाडून्‌।”
23 उहाँ डुङ्गामा चढ्‌नुभएपछि उहाँका चेलाहरू उहाँको पछि लागे।

लूका 14 : 26
26 “यदि कोही मकहाँ आउँछ, र आफ्‍ना बुबा, आमा, पत्‍नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्‍नै प्राणलाई समेत तुच्‍छ ठान्‍दैन भने, त्‍यो मेरो चेला हुन सक्‍दैन।

एफिसी 6 : 10 – 18
10 अब अन्‍त्‍यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्‍यमा बलवान्‌ होओ।
11 दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर।
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।
13 यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ।
14 यसकारण आफ्‍ना कम्‍मर सत्‍यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,
15 र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।
16 साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ।
17 मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।
18 सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।

प्रकाश 21 : 4
4 उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *